eNepal

रोमारियो साउ पाउलो भन्छन् सफल हुन ‘पर्याप्त सेक्स’ चाहिन्छ

फुटबलको कुम्भमेला मानिने विश्वकप अर्को महिनाबाट रूसमा सुरु हुँदैछ। विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिताको सबभन्दा सफल टोली ब्राजिलका २१ वर्षे फरवार्ड ग्याब्रियल जिसस आफूलाई कसरी प्रमाणित गर्ने भनेर चिन्तित होलान्। तर ब्राजिलका विश्वकप विजेता स्टार रोमारियो सफलताको सूत्र लक्ष्य, एकाग्रता र पर्याप्त सेक्स भएको जिससले बुझून् भन्ने चाहन्छन्। 

१९९४ मा ब्राजिलले विश्वकपको उपाधि उचाल्दा आफूले टोलीलाई गरेको योगदानको चर्चा गर्ने क्रममा रोमारियोले तिनै सूत्रलाई मुख्य कारकका रुपमा व्याख्या गरे। अमेरिकामा सम्पन्न विश्वकपमा ब्राजिलले उपाधि जित्दा रोमारियोले ५ गोल गरेका थिए। प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित रोमारियोले त्यही वर्ष फिफा वर्ष खेलाडीको अवार्ड पनि जितेका थिए।

‘मेरो सुझावको एउटा महत्वपूर्ण पक्ष पर्याप्त सेक्स हो। यसले तपाईको दिनलाई पुनर्ताजगी दिनेछ। पक्कै पनि खेलमा एकाग्रमा हुनु आवश्यक छ,’ खेलजीवनपछि सिनेटर बनेका रोमारियोले बुधबार म्यानचेस्टर सिटीका फरवार्ड जिससबारे भने, ‘मलाई थाहा छ, उनी अहिले आफ्नो प्रदर्शन सुधार्दै ब्राजिलको टोलीमा स्थान बनाउने बारे सोचिरहेका छन्। उनी रूस जानेछन् र गोल गर्नेछन्। त्यो महत्वपूर्ण पक्ष हो।’

ब्राजिलका सुपरस्टार रोमारियो रसिक व्याक्तित्वका रूपमा परिचित छन्। उनी ब्राजिलबाट चौथो धेरै गोल गर्ने खेलाडी हुन्। रोमारियो अझै नेइमारभन्दा २ गोलले अगाडि रहेका छन्। तथापि उनले दुईवटा विश्वकपमात्र खेलेका थिए। १९९० मा उनले आधा खेलमात्र खेले २४ वर्षको उपाधि खडेरी मेट्दै ब्राजिलले चौथो पटक उपाधि उचाल्दा रोमारियो टोलीका स्टार खेलाडी थिए।

‘विश्वकप अरुभन्दा नितान्त फरक प्रतियोगिता हो। जसमा तपाईले सबै समस्यालाई थाती राखेर सतप्रतिशत खेलमा केन्द्रित हुनुपर्छ। अन्यथा तपाईले आफ्नो तर्फबाट शतप्रतिशत दिन सक्नुहुन्न,’ रोमारियोले थपे। फुटबल छोडेपछि राजनीतिमा लागेका ५२ वर्षे रोमारियो २०१० मा ब्राजिलको चेम्बर अफ डेपुटिजमा विजयी भएका थिए। २०१५ सम्म सिनेटर रहेका रोमारियो रियो दि जेनेरियो राज्यको गभर्नर बन्ने तयारीमा छन्। 

साभार

Related posts

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

Manoj Poudyal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349