eNepal

मोदी जनकपुरभन्दा पहिले कोशी ब्यारेज आउने, यस्तो छ परिवर्तित भ्रमण तालिका…

आफ्नो नेपाल भ्रमणलाई लिएर नेपाली जनता तथा सामाजिक सञ्जालमा आएका प्रतिकृयालाई मध्य नजर राख्दै प्रधानमन्त्री मोदीको भ्रमण तालिका परिवर्तन गरिएको छ । यस अघि जनकपुरमा झर्ने कार्यक्रमलाई परिवर्तन गर्दै उनि पटनाबाट सोझै कोशी ब्यारेजमा उत्रिने भएका छन् । प्रश्तुत भ्रमण तालिका : )

२८ बैसाख २०७५

बिहान

१०.०० बजे : ईण्डियन एयरफोर्सको हेलिकप्टरबाट लहानमा उत्रिने ।

१०.३०  बजे : मधेश आन्दोलनका पीडित मधेशी–पहाडी समुदायलाई संबोधन गर्ने ।

११.०० बजे : कैलास एयरको हेलिकप्टरमा चढेर सोझै कोशी ब्यारेजको ताण्डव हेर्ने ।

१२ं.०० बजे : कोशी  पीडितलाई भेट्ने र एकपक्षिय दादागिरीको अन्त्य भएको घोषणा गर्ने ।

१.०० बजे  : जोगबनीमा निर्माण हुने ‘नाकाबन्दी स्मारक’ शिलन्यास गर्ने ।

१.२० बजे :  बिराटनगरस्थित आफ्नो वाणिज्य कार्यालय बन्द भएको जानकारी दिने ।

१.४५ बजे : चतारामा पुगी  हिंसा भड्काउने काममा नलाग्न सन्त-महन्तलाई सुझाव दिने ।

दिउँसो

२.०० बजे  : कन्याममा चिया-चमेना गर्ने ।

२.५० बजे  : माने भञ्ज्याङ् पुगेर मिचिएको सिमा फिर्ता भएको पत्रमा हस्ताक्षर गर्ने ।

३.०० बजे :  भारतको मिरिकमा नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीको आमसभामा उपस्थित हुने ।

३.३० बजे  : पानीट्यांकी भन्सार पुगेर नेपाली कन्टेनर चालकलाई दुख नदिन निर्देशन गर्ने ।

४.३० बजे :  बिरगञ्जमा अन्तरदेसिय आपराधिक गतिबिधि समाप्त गर्ने संकल्प गर्ने ।

 

बेलुका

६.०० बजे : काठमाण्डौ आगमन तथा तिनकुनेमा ‘क्षमा स्तम्भ’को शिलन्यास गर्ने ।

६.३० बजे  : पशुपति नाथ जाने र ‘क्षमापुजा’मा सहभागी हुने ।

७.०० बजे :  भारतीय दुताबास पुग्ने र नेपाली जनताका नाममा संबोधन गर्दै ‘नाकाबन्दी गलत भएको’ औपचारिक स्वीकार गर्ने ।

७.३० बजे  : प्रधानमन्त्री केपी शर्मा ओलीसंग औपचारिक भेटघाट गर्ने ।

८.०० बजे : खुलमञ्चमा हुने ध्यान तथा सत्संग कार्यक्रममा सहभागी हुने ।

९.०० बजे  : सुत्ने ।

१०.०० बजे : निदाउने ।

रात्री

१०.१० बजे : नेपाली जनताको तर्फबाट अभिनन्दन खाएको सपना देख्ने ।

११.०० बजे : नाकाबन्दीको भूतले तर्साउने ।

१.०० बजे  : आत्तिएर उठ्ने र पुन: पशुपतिनाथसँग क्षमा माग्ने ।

२.०० बजे  : फेरी निदाउने ।

२.०० देखि ६.३० बजे सम्म मज्जाले घुर्ने ।

२० बैसाख २०७५

बिहान

७.०० बजे : स्वयम्भुको दर्शन गर्ने र स्वयम्बाट भूल भएको महसु गर्ने ।

८.०० बजे : भारतीय दुताबासका कर्मचारीलाई कुटनैतिक मर्यादामा रहन आदेश दिने ।

९.०० बजे : राष्ट्र्पति बिद्या भण्डारीसँग भेटघाट गर्ने र सञ्चो बिसञ्चो सोध्ने ।

१०.०० बजे : संयुक्त राष्ट्र् संघीय अधिकारीसँग भेटघाट गर्ने र भुपरिबेष्ठित राष्ट्र्को पारबहन अधिकार उप्रान्त हनन नगर्ने प्रतिबद्धता–पत्रमा हस्ताक्षर गर्ने ।

११.०० बजे : नाकाबन्दीको समयमा बाध्यात्मक हिसाबले काट्नु परेका रुखको ठाउँमा नयाँ रुख रोप्ने ।

 

दिउँसो

१२.०० बजे : लुम्बिनी प्रस्थान ।

१.०० बजे : मायादेवीको मन्दिरमा पुजा अर्चना गर्ने ।

१.३० बजे : बुद्धको जन्मथलो नेपाल नै भएकोले भ्रममा पर्न र पार्न अन्त्य भएको घोषणा गर्ने ।

२.०० बजे : कञ्चनपुर जिल्लासँग जोडिएको भारतीय सिमा सुरक्षा बलको सातो खाने 

२.३० बजे : सिमा सुरक्षा बलद्धारा नेपालभित्रै पसेर गोली हानी हत्या गरिएका गोविन्द गौतमको परिवारलाई भेट्ने र क्षमा माग्ने ।

४.०० बजे : राष्ट्रि्य सभागृहमा हुने साँस्कृतिक कार्यक्रम ‘साथीकालागि सलाम, शत्रुकालागि फलाम’ हेर्ने ।

५.०० बजे : प्रज्ञा भवनमा मिमिक्री आर्टिट मनोज गजुरेलको ‘मोदी अवतार हेर्ने’ र दिल्लीमा हुने कमेडी शोमा निमन्त्रणा दिने ।

 

बेलुका

६.०० बजे : रवि लामिछानेको कार्यक्रम ‘सिधा कुरा मोदीसँग’मा जाने र नेपाली जनताका सिधा प्रश्नको सिधै जवाफ दिने ।

७.०० बजे : भारतीय सेनामा कार्यरत गोरखा सिपाहींका परिवारलाई भेट्ने ।

७.१५ बजे : समान तलब, समान पेन्सन र समान सुबिधाको संझौतामा हस्ताक्षर गर्ने ।

७.३० बजे : प्रधानमन्त्रीको रात्री भोजमा सहभागी हुने ।

८.०० बजे : एयरपोर्ट तिर लाग्ने ।

९.०० बजे: काठमाण्डौको ट्रफिक जामको अनुभव लिने ।

१०.०० बजे : जहाज चढ्ने ।

१०.००-११.३० बजे : डेढ घण्टासम्म एयर ट्रफिकको कारण जहाजभित्रै होल्डमा बस्ने ।

११.३० बजे : सिमरा र भैरहवामा तुरुन्तै अन्तराष्ट्रि्य एयरपोर्ट बनाउनु पर्ने ट्विट गर्ने ।

१२.०० बजे : त्यसकालागि भारतले कुनै पनि अवरोध तथा बखेडा खडा नगर्ने कुरा ‘फेसबुक लाईभ’ मार्फत् देश दुनियाँलाई बताउने ।

१२.३० बजे : जहाजले टेक अफ लिने र भारतकालागि प्रस्थान गर्ने ।

रात्री

(पुनश्च: प्रधानमन्त्री केपी शर्मा ओली तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाली जनताका तर्फबाट सुझाइएको कार्यक्रम तालिका हो यो । भ्रमण यो तालिका अनुसार भएन भने त्यसको जिम्मेवारी मैले लिनेछैन ।)

साभार: गजुरियल डटकम

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

Manoj Poudyal

लोक दोहोरी “खोलीको पानीमा” मेल्बर्न निवासी अन्जु अधिकारीको अभिनय

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349