अष्ट्रेलियाका वैज्ञानिक डा. डेभिड गुडअलले अब जिउनको लागि कुनै ईच्छ्या नरहेको भन्दै १०४ वर्षको उमेरमा स्विटजरल्याण्डमा स्वेच्छिक मृत्युवरण गरेका छन्। इच्छा मृत्युको क्षेत्रमा क्रियाशील संस्था एक्जिट इन्टरनेशनलले गुडअललाई मृत्युवरणमा सहयोग गरेको हो। अमेरिकी सञ्चारमाध्यम सिएनएनसँगको कुराकानीमा वैज्ञानिक गुडअलले आफू अब बाँचेर केही दिन नसक्ने र आफैलाई भार हुने अवस्थामा रहेकाले जीवन समाप्त गर्ने निर्णय गरेको बताएका हुन्
इकोलोजीका प्रख्यात वैज्ञानिक डेभिड लन्डनमा जन्मिएका भएपनि अस्ट्रेलिया बस्दै आएका थिए।सम्मानजनक मृत्युका लागि घर छोडेको केही दिनमा नै उनले मृत्युवरण गरेका हुन् । हालै मात्रै इकोलोजी सम्बन्धि एक पुस्तक प्रकाशन गरेका उनी अष्ट्रेलियाको पर्थस्थित कोठामा एक्लै बस्दै आएका थिए।