१. यो भारतीय सरकारी कम्पनी सतलजले निर्माण गर्न लाग्दै छ | यो आयोजना सोलुखुम्बु जिल्लामा हुने छ | आयोजना ५ वर्षमा सम्पन्न गर्ने भन्ने लक्ष्य छ | तिब्बत बाट हिउ पग्लेर आउने पानीको बहावले हिउँदमा पनि उत्तिकै बिजुली निकाल्न सकिनेछ |
२. यो अत्यन्तै सस्तो आयोजना भएकाले भारत यसमा लगानी गर्न तम्सिएको हो | यसबाट भारतले सप्तकोशीमा बाँध बनाएर आफ्नो लागि चाहिने जति पानी लैजान चाहन्छ | र राष्ट्रवाद ओलीको पानी जहाज चलाउने सपना तेही बाँधमा पुरा गर्दिने छ भारतले !
३. भारतमा आगमी २०५० सम्ममा पानीको माग १४ सय २२ अर्ब घनमिटर पानीको माग हुनेछ | बढ्दो जनसंख्यालाई ध्यानमा राखेर भारतले नेपालका खोलानालाबाट पानी लगेर तेस्को परिपूर्ति गर्न चाहन्छ | पहिला महाकाली बेचे अहिले अरुण र सप्तकोशी बेचेर जहाज चलाएर बस्ने भए ओली !
४. १४ ओटा हिमनदी र १६ ओटा नदिको पानीलाई एकै ठाउँमा बाँध बनाएर भारतले आफ्ना विभिन्न प्रान्तमा लैजान चाहेको छ |
५. मात्र १०४ अर्ब रुपैयाँ लगानीमा भारतले बनाउने यो आयोजनाबाट ९०० मेघावाट बिजुली उत्पादन हुनेछ र भारतले नेपाललाई जम्मा १९७ मेघावाट मात्र बिजुली दिने छ | र त्यो १९७ मेघावाट बिजुली पनि नेपालले प्रतिमेघावट ५० लाख रुपैयाँको दरले किन्नु पर्नेछ |
६. आयोजनाको बेला रड,सिमेन्ट लगायतका सबै सामग्री भारतबाट ल्याउनेछ र नेपालले थप ५० प्रतिशत भन्सार छुट पनि दिनेछ | यति सम्म कि भारतले आयोजना निर्माणको बेला कामदार पनि भारत बाटै ल्याउनेछ नेपालको एकजनाले नि काम गर्न पाउने छैन |
ल हेर्नोस् नेपालले नै आफैं बनाउन सक्ने यस्ता आयोजनाहरु नेपाल आफैंले नबआएर नेपाली ईन्जियर सिप र प्रविधिको प्रयोग नगरिकन भारतलाई यति महत्वपूर्ण बिद्युत आयोजना सुम्पेर भारतीय प्रभुलाई बुझाएर केको राष्ट्रवाद ?
अरुण तेस्रो आयोजना ओली र मोदीले संयुक्त रुपमा रिमोट चलाएर शिलान्यास गर्ने भनिएको छ | सच्चा देशभक्ति नेपालीहरुले औला उठाउने बेला भएको छ |
साभार