eNepal

सांसद्को प्रश्नः के मोदीको सुरक्षा नेपाली सुरक्षाकर्मीले गर्न सक्दैन ?

भारतीय सुरक्षाकर्मी नेपाल आएको प्रशंग राष्ट्रिय सभामा प्रवेश गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो सुरक्षाको भारतबाटै कमाण्डो आएको प्रशंगले संसद्मा प्रवेश पाएको हो ।

राष्ट्रियसभाका सदस्यहरुले बिहीबारको बैठकमा मोदीको नेपाल भ्रमण, सुरक्षा संवेदनशीलता र सीमा सुरक्षाको विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै सदस्यहरुले मोदीको सुरक्षाका लागि भन्दै नेपाल आएको ठुलो संख्याको भारतीय सुरक्षाकर्मीको आवश्यकता, सीमा सुरक्षा लगायतमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

राष्ट्रियसभा सदस्य उदया शर्मा पौडेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भोली हुन लागेको नेपालको भ्रमणका लागि सुरक्षा दिन भन्दै ठुलो संख्यामा सुरक्षाकर्मी नेपाल आएको विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराइन् । के हामीले भारतीय प्रधानमन्त्री र उनीसँगै आउने पाहुनाको सुरक्षाको प्रत्याभुति दिन सक्दैनौ ? भनी गृह र रक्षा मन्त्रालयको ध्यानाकर्षण गराइन् ।

राष्ट्रियसभा सदस्य विनादेवी रानाले कालापानी र सुस्ता सिमा क्षेत्रको विषयमा समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग कुरा गर्न आग्रह गरिन् ।

त्यस्तै तारादेवी भट्टले कंञ्चनपुर जिल्लाको पुर्नवास नगरपालिका ९ मा भारतीय सुरक्षाकर्मीले महत्वपुर्ण सम्पदालाई आफ्नो कब्जामा लिई स्थानीयलाई दुख दिने गरेको भन्दै भारतीय ज्यादती विरुद्ध तत्काल एक्सन लिन सरकारको ध्यानाकर्षण गराइन् ।केन्द्रबिन्दु बाट

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349