eNepal

अस्ट्रेलीयामा केटाले कोठा पाउनु काठमाण्डौमा झापाली र स्याङ्जालीले पाउन भन्दा गार्हो

अस्ट्रेलीयामा केटाहरुले कोठा नपाउनुको मुख्य कारण।यो तलको फोटो हेर्नु होस् अनि सोच्नु होस् यो मान्छे बस्ने कोठा कि सुङ्गुर बस्ने कोठा। नेपाली हामी सबैलाई रमाईलो गर्नु मन लाग्छ तर रमाईलो गर्ने बहानामा रात भरी होहल्ला गर्ने, अर्को कोठामा सुतेकालाई डिस्टर्ब गर्ने, मध्य रातमा आएर किचेनमा भाँडा ड्याङ ड्याङ पार्ने, फ्रिजको फ्रोजन मासु मार हाने जसरी काट्ने, प्राय जसो कोही न कोही लिएर आएर रमाईलो गर्ने, जाँड खाएर कोठामै वाक्नै, ट्वाईलेट जाँदा घरमा केटी मान्छे पनि छन् भन्ने नसोची जताततै मुत्र बिश्राम गर्ने, खाना पकाएर खाएका भाँडा तिन दिन सम्म सिङ्कमा राख्ने ताकि घरमा नोकर छन्। फ्रिजको सामान मन परि चलाई दिने, रातीको काम छ तर दिउँसो घरमै हो भने दिउँसै खाना नपकाई मध्यरातमा एककेस बियर ल्याएर होहल्ला गर्ने।

अरुको भोली बिहानै काम छ भनेर नसोचीकन ठुलो म्युजीक बजाएर डिस्टर्ब गर्ने। जुत्ता र मोझा सहि ठाउँमा नराख्ने, डुङ्डुङ्ती गनाउने मोझा यत्रतत्र राख्ने।आफै सोच्नु होस् यो बिदेश हो। सबैलाई थकाई लाग्छ, सबैलाई रमाईलो गर्न मन लाग्छ, सरसफाई सबैलाई चाहिन्छ। कोहीले पनि घरलाई सुङ्गुरको खोर जस्तो बनाउन चहाँदैन। फेरी घर पनि कसैको हुन्न। पछि घर सफा गर्ने बेला गाँडबाट पसिना छुट्छ, कोठामा बस्ने त आउँछन् जान्छन्। पछि लिएको बेला जस्तो सहिसलामतमा घर रियलस्टेटलाई जिम्मा लगाएन भने बोन्डबाट पैसा कटाउँछ र नराम्रो हिस्ट्री बन्छ। अव सबैले सोचौ घर वा कोठा भनेको कसैकौ निजी बस्तु हैन। सबैले सफा गर्नु पर्छ र यसबारे कमसेकम सबैले थोरै बिवेक प्रयोग गरौं।

चुरोट पिउन बर्जीत गरिए पनि कोठा भित्रै चरोट पिउने अर्को कारण हो। दिनको बिस डलरको चुरोट किन्न कुनै कन्जुसाई गर्दैनन्।

जाँड खाएर होहल्ला गर्ने अर्को कारण हो कोठा नपाउने। छुट्टी भयो जाड खाऔ, अल्छि लाग्यो जाडनै खाउँ। साथीहरुलाई बोलाएको छ जाँडनै खाउँ। यो सोचिन्न कि घरमा अरु पधि बस्दै छन्। भोली अरु कोठामा बस्नेको काम छ मत्लब छैन। लिभीङ रुममा बस्यो, चुलोमा पकायो सितन अनि खायो गफ लायो। अरु कोठामा बस्नेलाई डिस्टर्ब। अनि त्यहि पिरले पनि कोठा दिन मन गर्दैन।

राती अबेर आउने। कहिलै दुईतिन दिननै नआउने। कहाँ छु कता छु खबर नगर्ने। त्यस्तै परे हप्ता दिननै हराउने। कोठामा बसे पछि आफ्नो पनि अभिभारा हुन्छ। सरसफाई देखी घरको रेखदेख गर्ने। तर ह्या बालै भएन कोठामा बस्ने त हो भनेर बेवास्ता गर्ने। मन नलागे सरि हाल्ने त हो भनेर नानाभातीका काम गरेर घर लिएकालाई तनाब दिने।

घर लिदा जस्तो स्थितीमा थियो त्यहि अवस्थामा घर हुन पर्छ तर भित्ताका वालहरुको रङनै उप्किने गरेर स्टिकर टाँस्ने, चुरोट र आईरनले कार्पेटनै डडाउने अनि सर्ने बेला यति त हो भन्दै भाँजो थापेर हिड्ने।

Related posts

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

Manoj Poudyal

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

लकडाउनको कारण डेन्टल नर्सको जागीर गए पछि जन्मियो “लुमन्ती”

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349