eNepal

बेलायतको स्थानीय चुनावमा तीन नेपाली विजयी

बेलायतमा बिहिबार सम्पन्न स्थानीय निकाय निर्वाचनमा नेपाली मूलका तीन जना काउन्सिलर निर्वाचित भएका छन्।  लक्ष्य गुरुङ, विष्णु गुरूङ र चित्र राना काउन्सिलर निर्वाचित भएका हुन्।

निर्वाचित हुने तीनै जना भूतपूर्व गोर्खा हुन्। यस पटकको निर्वाचनमा प्रतिस्पर्धा गरेका अन्य केही नेपाली भने पराजित भए।

यसपटक लण्डनसहितका विभिन्न काउन्सिलबाट आधा दर्जन बढी नेपाली काउन्सिलरको चुनावी मैदानमा थिए ।

निर्वाचित भएकामध्ये  विष्णु गुरुङ र चित्र राना दोस्रोपटक काउन्सिलरमा निर्वाचित भएका हुन् भने लक्ष्य गुरुङ पहिलोपटक काउन्सिलर बनेका हुन् ।

लक्ष्य गुरुङ लण्डन बार्नेट काउन्सिलको हेल वार्डबाट सत्तारुढ कन्जरभेटिभ पार्टीको तर्फबाट काउन्सिलर बनेका हुन्।

काउन्सिलर विष्णुबहादुर गुरुङ लण्डनको हन्स्लो काउन्सिलको हानवर्थ वडाबाट गुरुङ विजयी भएका हुन् ।

त्यस्तै, वकिङबाट निर्वाचित रिटायर्ड मेजर राना कञ्जरभेटिभ पार्टीको उम्मेदवार थिए। उनले ९ सय ३० मत प्राप्त गरी जित हात पारेका हुन्। उनका निटकतम प्रतिद्धन्द्धीले ९ सय २० मत प्राप्त गरेका थिए।

यसपटक काउन्सिलर पदमा निर्वाचन लडेका अरु केही नेपाली उम्मेदवार भने पराजित भए। हार्ट डिस्टीक काउन्सिलको निर्वाचनमा ब्ल्याकवाटर एण्ड हवलो क्षेत्रमा उम्मेदवारी दिएकी लिला सेलिङ माबो, इलिङ काउन्सिलको होबेइन वडामा कञ्जरभेटिभ पार्टीको तर्फबाट उमेद्वार बनेका सुरेन्द्र ढुंगाना, लन्डन बरो अफ बार्नेटको मिल हिल वार्डमा लेबर पार्टीबाट उम्मेदवारी दिएका कमलबहादुर गुरुङ, हन्स्लोको फेल्थाम नर्थमा कन्जरभेटिभ पार्टीका तर्फबाट काउन्सिलरका उम्मेदवार आनन्द राईलगायत पराजित बने।

साभारःसेतो पाटी

Related posts

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal