eNepal

मेरो बिगत् र मैले बिताएको तीन बर्ष आई. एस.टी

 

जिन्दगीका सात घुम्ती पार गर्दै जाँदा एस्तो बिन्दुमा म पुगे जुन ठाउँले मलाई एउटा जिन्दगीको परिचय दिलायो। नजिकबाट जिन्दगीलाई आत्मसाथ गर्ने मौका दियो। साँच्चै भन्नु पर्दा मलाई परिपक्क युवा बनायो। हो आज म मेरो आफ्नो कथा जहाँ जिन्दगीका केही उल्लेखनीय र महत्वपुर्ण समय मैले बिताएको छु, कति रमाईला पल अनि तिता मिठा अनुभबहरु समेट्ने जमर्को गर्दैछु।

“एस.एल.सीको परिक्षाको नजिक हुँदा यो कलिलो हातले बाबालाई दाग बत्ति दिनु परेको थियो। जबकि म मरेको मान्छे भनेपछि एकदम डराउने मान्छे अनि पशुपतिको दर्शन गर्न जानु पर्यो भने बागमती यानिकी आर्यघाट तिर मेरो आँखा हत्पत् पर्दैन थियो।बाटामा लाश देखें भने कति दिन सम्म एक्लै हिड्न डर मान्थे।तेस्तो काँतरले १६ बर्षको उमेरमा बागमतीको किनारमा बाबाको सद्गगद्ग गर्नु परेको थियो”

image

साच्चै भन्नु पर्दा कझा १२ सम्म मान्छे परिपक्क हुन्छन् या हुन्नन्, त्यो तिनीहरुको घर परिवार अनि सामाजिक रहनसहनले फलक पार्छ तर मेरो कथा अलि फरक र भिन्न छ। एस.एल.सीको परिक्षाको नजिक हुँदा यो कलिलो हातले बाबालाई दाग बत्ति दिनु परेको थियो। जबकि म मरेको मान्छे भनेपछि एकदम डराउने मान्छे अनि पशुपतिको दर्शन गर्न जानु पर्यो भने बागमती यानिकी आर्यघाट तिर मेरो आँखा हत्पत् पर्दैन थियो।बाटामा लाश देखें भने कति दिन सम्म एक्लै हिड्न डर मान्थे।तेस्तो काँतरले १६ बर्षको उमेरमा बागमतीको किनारमा बाबाको सद्गगद्ग गर्नु परेको थियो। लाग्छ अाज बाबा भईदिएको भए मेरो खुसी अनि प्रगती देखेर कति रमाउनु हुन्थ्यो होला।के गर्नु मान्छेको आयु अाफ्नो बशमा हुन्न रहेछ। अनि कता कता लाग्छ राम्रा मान्छेलाई पनि भगवानले चाँडै लैजाँदा रहेछन्। आयो टप्प टिप्यो टारेर टर्दैन त्यो। के गर्नु जिन्दगीको पाङ्ग्रालाई अगाडी बढाउनु पर्ने नै रहेछ जस्तो बज्रपात भए पनि।यो बारेमा बिस्तृत रुपमा मेरो आत्मकथामा भबिस्यमा सबिस्तार लेख्नेछु।

image
आज म यस्तो काल खन्डको बारेमा लेख्दैछु जहाँ मैले जिन्दगीमा सिक्न पर्ने केहि महत्वपूर्ण कुराहरु सितायो र म लगाएत मेरा धेरै साथीलाई एक स्वाभलम्बी बनायो। तेहि घटना अनि परिघटनाको सेरोफेरोमा रहेर आ.एस.टीको तिन बर्ष लेख्दैछु।
१२ पास भए पछि के पढ्ने भनेर द्वबीदा भईरहेको थियो। कोहि सि ए पढ भन्थे कोही आई.टी पढ भन्थे।मान्छेहरु पिच्छे बिभीन्न कुराहरु हुन्थे।सबैको कुरा सुनेर निर्णय लिनु पर्ने बाध्यत्मक परिस्थीति खडा भयो। त्यस पछि मेरो नजिकको दीदिको माध्यमबाट अरु बिषयलाई पन्सायर त्यो बेलाको जल्दो बल्दो बिषय होटल म्यानेजमेनट पढ्न बहुचर्चीत नेयाथममा परिक्षा दिए। जम्मा चलिस जनाको कोटा थियो र पनि मेरो नाम निस्कियो तर कारण बस त्याहाँ पढ्न असमर्थ भए अनि डिल्ली बजार स्थीत ईनटरनेस्नल स्कुल अफ् टुरिजम् एन्ड् होटल म्यानेजमेन्टमा मेरो लागि ढोका खुल्ला भयो।

image

“सायद पृष्ठभूमी जे जस्तो भएपनि हामी बिचमा अरु केहि तत्व र बिशेश्ता थियो होला जसले हामीलाई एक बनायो। हाम्रो कुरा मिल्थ्यो कहिले फन्टुस भएर पागल जस्तो हाँसीयो पनि अनि कहिले गम्भिर भएर दुख र सुख साटियो पनि”

पुर्ब सङ्खुवासभा र भोजपुर देखि पश्चीम् धनगढी र बुटवलका साथीहरु एकै साथ भेट भयौ। सबै साथीहरुको आ आफ्नै पृष्ठ भुमी, आफ्नै जिवन शैली अनि आफ्नै व्यथा र परिस्थीति।सायद पृष्ठभूमी जे जस्तो भएपनि हामी बिचमा अरु केहि तत्व र बिशेश्ता थियो होला जसले हामीलाई एक बनायो। हाम्रो कुरा मिल्थ्यो कहिले फन्टुस भएर पागल जस्तो हाँसीयो पनि अनि कहिले गम्भिर भएर दुख र सुख साटियो पनि। कलेजले गर्ने फ्रेसरहरुको स्वागतमा बेस्ट मिस्टर फ्रेसर र बेस्ट मिसेस फ्रेसरमा सहभागी हुँदाको पल एउटा अबिस्मरणीय भएर मेरो मनमा बसिरहेको छ। स्टेजमा दौरा सुरुवाल लगाएर सान्सानी तिमी हिर्काउँला लौरीले भन्ने बोलको गीतमा नाच्दा अनि साथीहरुको हुटिङ अहिले पनि कानमा गुन्जीरहेको भान हुन्छ। अनि मेरो फेभरेट सर फ्रन्ट अफिस विषय पढाउनु हन्थ्यो उँहाले मिस्टर फ्रेसरमा मेरो नाम लिदाँ म जति खुसि भएँ त्यो भन्दा बढि खुसी मेरा साथीहरु भएका थिए। मेरो लागि सबै साथी सरोबर थिए तर साथीहरुमा पनि बेस्ट साथीहरु जसको नाम मैले छुटाउन हुन्न-योरजङ्ग, दिनेश,समित, खेम, असिताभ र टेक।यीसँग म अलि बडि नजिक थिएँ जसलाई मेरो हरेक कुरा सुनाउँने गर्थे। कहिले एक प्लेट मोमो र फ्राईड राईस हामी ५ जना बाँडेर पनि खान्थ्यौ अनि साथीको दिदिको घरमा बसेर कति रात सँगै बस्थ्यौ बिशेष गरेर परिक्षाको समयमा।

“जिन्दगीमा ग्रुमिङ र एटिच्युडले कति ठुलो प्रभाव पार्छ मैले तेहि स्कुलबाट सिके। अक्ष भनौ भने सम्झना म्यामको कडा निर्देसनले नै यो निखरता ल्याएको हो,त्यसमा म गौरव साथ भन्न सक्छु- यु आर द बेस्ट म्याम्”

image

हस्पिटालीटी बिषय पढेको भएर होला म आफ्नो ड्रेसमा आफूलाई कुनै ठूलो होटेलको म्यानेजर ठान्थे र त्यसमा निखार थप्ने काम कलेजको बाताबरणले गरायो।जिन्दगीमा ग्रुमिङ र एटिच्युडले कति ठुलो प्रभाव पार्छ मैले तेहि स्कुलबाट सिके। अक्ष भनौ भने सम्झना म्यामको कडा निर्देसनले नै यो निखरता ल्याएको हो,त्यसमा म गौरव साथ भन्न सक्छु- यु आर द बेस्ट म्याम्। ढकाल सरको सकरात्मक सोच अनि आश्वासन मेरोलागि प्रेरणाको स्रोत बन्यो।अनि भक्त सरको मुस्कान र सहानुभुतीले थप उर्जा थप्ने काम गर्यो। सन्तोश सर जो हामी सामु हुनुहुन्न,वहाँको व्यक्तित्व पनि हाम्रोलागि प्रेरणाको स्रोत वन्यो।

image
साच्चै भन्नु हो भने त्यो तिन बर्ष हाम्रो जिन्दगीको टर्निङ पोईन्ट नै भयो। हरेक क्रियाकलाप त्यो कलेजका रमाईला र यादगार छन् वाईन् टेस्टीङ देखि फुड प्रोडक्सन अनि थिम् रेस्टुरेन्ट देखि हाउसकिपीङको ट्रेनीङ। सोल्टी र याक एन यतिमा गरेको वेट्रीङ जून कला हामीले सिक्यौ जसले गर्दा हामीलाई सन्सारको कुनै पनि कुनामा भोकै बस्नु परेन यो स्वम् मैले अनि मेरा साथीहरुले भोगेको बास्तवीक यथार्थ हो।

image
साथीहरुसँग नगरकोट जाँदा मनोजको लागि दुध लैजान नबिर्से है भनेको सम्झिदाँ अहिले नि हाँसो लाएर आउँछ। कारण म बियर पिउँदिन थिए। साथीहरु खुब मजाक बनाउँ थिए तर तेही मजाक कति रमाईलो हुन्थ्यो अनि रात भरि नसुती एकले अर्काको खिल्ली उडाउँदा सहि रमाईलो लाग्थ्यो। नेपालको एक मुख्य पर्यटन स्थल पोखरा अनि घान्द्रुक जाने अबसर कलेजले मिलाएको थियो। टुरिस्ट बसमा त्रिसुलीको किनारै किनार मनकामना माईलाई टाढैबाट ढोगेर आदिकवि भानुभक्तको जन्म स्थल तनहुँ हुँदै सुन्दर नगरी पोखरा पुग्दा जो कोहीको मन पनि वहा हुन्छ। यता खैरेले साना माटा का थुम्कालाई माउन्टेन भन्दा साला हाम्रो देश नेपालका आकाश चुम्ने पहाड अनि जति खेर पनि पाहुनाको स्वागत गर्न तम्तयार माछापुच्छ्रे र अन्नपूर्ण लाई देखाएर ला हेर भनेर देखाउन मन लाग्छ।

“गुरुङ गाउँ घलेक र मुघिया लुङ्गीमा सजिएका गुरुङसेनी अनि लट्ठै बनाउने मन्द मुस्कानमा स्याउ जस्तै राता रसिला गाला। कसको नजर नजाला र त्यसमा पनि उरेन्ठाउला केटा अनि त्यो उत्ताउलो उमेर।गुरुङ बहिनीहरुले रोधी जमाको अनि माला हातमा बोकेर तान्दै गलामा माला लगाएर सालै ज्युको भाकामा नाच्न कसलाई पो मन नलाग्ला र तेस माथि गाउँको सुद्द छ्याङले लट्ठ साथीहरु। रात गएको पत्तै पाएनन्”

image

गुरुङ गाउँ घलेक र मुघिया लुङ्गीमा सजिएका गुरुङसेनी अनि लट्ठै बनाउने मन्द मुस्कानमा स्याउ जस्तै राता रसिला गाला। कसको नजर नजाला र त्यसमा पनि उरेन्ठाउला केटा अनि त्यो उत्ताउलो उमेर।गुरुङ बहिनीहरुले रोधी जमाको अनि माला हातमा बोकेर तान्दै गलामा माला लगाएर सालै ज्युको भाकामा नाच्न कसलाई पो मन नलाग्ला र तेस माथि गाउँको सुद्द छ्याङले लट्ठ साथीहरु। रात गएको पत्तै पाएनन्।यसरी मनमा मिठो याद समेट्दै त्यहाँबाट बिधाई भएर आफ्नो पढाईलाई निरन्तरता दिदै गईयो।

image
समय बित्दै गयो कलेजका २ बर्षहरु कहिले परीक्षा,कहिले गल्छीको पिक्नीक अनि कहिले नमो बुद्द गर्दैमा बित्यो। १ बर्ष ईन्टन्शीपको दीनहरु नजिकिदै मनमा बिभीन्न प्रश्नहरु उब्जीरहेको हुन्थ्यो।सबैको मनमा कौतहलता थियो।कहाँ परिने कस्तो ठाउँमा परिने होला भनेर। सौभाग्य वश हामी प्राय सबै मलेसीयाको गेन्टीङ हाईल्याण्ड रिसोर्टको जाने पक्का भयो।केही सपिङ अनि प्याकीङ गरेर जिवनमा हरेक चिज पहिलो चोटी गर्नमा यी हात अनि पाउहरु लालायीत थिए। पहिलो अन्तर्रास्ट्रीय देश,अन्तर्रास्ट्रीय उडान एक प्रकारको मनमा काउकुती लागेको थियो। एकले अर्कालाई हेर्दै मख्ख अनि दङ्ग पर्दै कहिले प्लेनका झ्यालबाट बाहिर निहाल्दै बादल माथी लुकामारी खेल्दै नेपालको धोजाबाहक विमान नेपाल बायु सेवाबाट लगभग ४ घन्टाको अन्तरालमा हामी क्वालालम्पुर पुग्यौ। तेस पछि हाम्रो जिन्दगीको अर्को पाटो शुरु भयो।केही समयको गाडीको यात्रा पछि हामी त्यो रिसोर्टमा पुग्यौ। चीसो ठाउँ पहाडको बिचमा रहेको रिसोर्ट साँच्चै ज्यादैनै मनमोहक र रमणीय थियो। भाषा पनि नबुजिने जिन्दगीमा मसाई बिदेस भनेको यहि रहेछ जस्तो लाग्यो। ठुलो अपार्टमेन्टमा साथीहरुसँग बस्नु पर्ने,समयमा काममा जान पर्ने,खान पर्ने अनि सुत्न पर्ने। यो बारेमा स बिस्तार पछि लेख्ने छु।धेरै खुसीका अनुभब अनि केहि तीता अनुभवलाई सङ्घाली म एक वर्षको ईन्टन्शीपलाई छोट्याएर नेपाल फर्के।

“कोही मेनेजर त कोही आफ्नो व्यावसायका संचालक र कोही सफल उद्दमी भएर आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन्”

image

जिवन रमाईलोसँगै दौडी रहेको छ। म जस्तै धेरै साथीहरु आफ्नो छुट्टै पहिचान बनाउँदै छन्। कोही मेनेजर त कोही आफ्नो व्यावसायका संचालक र कोही सफल उद्दमी भएर आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन्। कतिको प्रेम सफल भएर बैबाहीक जिवन पनि शुरुवात भइसक्यो। मैले यो लेखी रहँदा पनि एक जोडी सुमन र नैनाको बिवाह भईरहेको थियो। प्रेममा कति सम्म त्याग र बलिदान हुन्छ,त्यसको ज्वलन्त उदाहरण बनेर बिबाह गरे। उनिहरुलाई बैबाहीक जिवनको मूरी मूरी शुभकामना। कोही साथीहरुको मायाले पूर्णता पाएन आ आफ्नो व्यक्तीगत कारणहरु होलान, म त्यो गहिराईसम्म जान पनि चाहिन।

image
जे जस्तो होस त्यो तीन वर्ष म लगाएत सबै साथीहरुको लागि एक अबिस्मरणीय बनेर रहिरहने छ।कलेज व्यवस्थापन् र हामीलाई सही बाटो देखाईदिने गुरुहरुलाई मनको अन्तस्करणबाट दस हात जोडेर नमस्कार।पछि बिस्तृत रुपमा गहिराईमा गएर मेरो आतम कथा लिएर आउने बाचा गर्दै अहिलेलाई बिदा लिन्छु र ठूलो स्वरमा गर् साथ भन्छु- वि आर द बेस्ट दोस्रो ब्याच आई.एस.टी

image

image

Related posts

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

नायक पल शाहविरुद्ध नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा जाहेरी दर्ता

Manoj Poudyal

चर्चित लोकगायक तथा कलाकार जयनन्द लामाको निधन

Manoj Poudyal