मुम्बईमा सोनम कपुरको विवाहको चर्चा छ भने न्युयोर्कमा दीपिका पादुकोणको लुकको चर्चा छ। दीपिकाले न्युयोर्कको मेट गाला २०१८ मा आफ्नो सौन्यर्दले सबैलाई मोहित पारिन्। उनी रातो रङको गाउनमा देखिएकी थिइन्।
उनको यो पहिरनलाई निकै मन पराइएको छ। यसअघि पनि दीपिका भेट गालाको हिस्सा भइसकेकी छन्। यद्यपी यसअघि उनको लुकको खासै चर्चा भएको थिएन। तर यो पटक उनले आफ्नो बोल्ड र ब्युटिफूल अन्दाजले सबै आलोचकको मुख बन्द गराउन सकिन्।
दीपिकाले लगाएको सो गाउन निकै राम्रो गरी डिजाइन गरिएको छ। दीपिकाको साइड अफ शोल्डर गाउनलाई प्रबल गुरुङले डिजाइन गरेका हुन्। गाला इभेन्ट पछि दीपिका कान्स फिल्म फेस्टिवलमा सहभागी हुनेछिन्।