eNepal

आत्मविश्वास जगाउने यी ३ सूत्र

आत्मविश्वासले मानिसमा जादुमय प्रभाव पार्न सक्छ । अध्ययनहरुका अनुसार आत्मविश्वास र सफलता तथा कार्यक्षमताबीच नजिकको सम्बन्ध छ । यसैकारणले पनि हामीले देख्ने गरेका सफल मानिसहरु आत्मविश्वासले भरिएका हुन्छन् । वास्तवमा, आत्मविश्वास यस्तो चिज हो जुन जोकोहीले पनि आफुमा विकास र वृद्धि गर्दै लान सक्छौँ । गज्जबको कुरा के छ भने विज्ञानले आत्मविश्वास कसरी बढाउन सकिन्छ भनेर वैज्ञानिक तरिका अन्वेषण समेत गरिसकेको छ । 

लेखकद्वय क्याटी केय तथा क्लेयर सिपम्यानद्वारा लिखित “द कन्फिडेन्स कोड” नामक किताबमा मानिसहरुले आत्मविश्वास कसरी बढाउन सक्छन् भनेर गरेको खोजीको व्याख्या गरिएको छ । उनीहरुको अनुसन्धानअुनसार आत्मविश्वास इच्छिक हुने गरेको वा हाम्रो इच्छामा भर पर्ने देखियो । हाम्रो अथक प्रयासले हामीले हाम्रो आत्मविश्वास बढाउन सक्छौँ । तर यो दौरानमा हामी पूरा सिद्ध वा पर्पेmक्ट बन्ने प्रयासबाट आपूmलाई जोगाउनुपर्छ र ठक्कर खानका लागि पनि तयार रहनुपर्छ ।

यसका लागि त्रुटिपूर्ण नै सही, तर केही कदम लिनुहोस् । असफल बन्नुहोस् । त्यो असफलताले सिकाएको पाठबाट फेरी अर्को कदम लिनुहोस् । आपूmलाई विश्वास नबढेसम्म र आपूmप्रति गर्व राख्न नसकुञ्जेलसम्म यही विधि दोहो¥याउनुहोस् । आत्मविश्वास जगाउने केही सूत्रहरु यसप्रकार छन् । 

१. आत्मविश्वासी मानिसहरुको वरिपरि रहने गर्नुहोस् ।

एण्जेला डकवर्थका अत्यधिक विक्रि भएको किताब ग्रिटमा व्याख्या गरिएअनुसार आपूmलाई चाहिने कुनै पनि बानी वा गुणको विकास गर्नका लागि त्यस्तै बानी वा गुण भएका मानिसहरुको संगत गर्नुपर्छ । 

कुनै समूहमा आफुलाई भिजाउन सक्नु भनेको साँच्चै नै शक्तिशाली कुरा हो । मनोविज्ञानमा आधारित अनुसन्धान अनुसार पनि कोही पनि व्यक्तिले आफुभन्दा भिन्दै तरिकाले सोच्ने वा काम गर्ने समूहबाट थाहै नपाई तुरुन्तै ती बानीव्यवहार टिपिसकेका हुन्छन् । यसकारण आत्मविश्वासिलो हुन सकिरहुनभएको छैन भने आत्मविश्वासिला मानिसहरुको संगतमा बस्ने गर्नुहोस् । यसो गर्दा तपाईँले उनीहरु सफल हुन प्रयोग गर्ने विचारको अनुसरण गर्ने मात्र होइन, उनीहरु सरह उनीहरुको बानी पनि सिक्नुहुनेछ । यस्ता मानिसहरु सकारात्मक हुने र अरुलाई पनि प्रोत्साहित गर्ने हुँदा आफुमा पटक्कै विश्वास जगाउन नसकेका मानिसहरुले पनि उनीहरुको साथले धेरै कुरा सिक्न सक्नेछन् र आत्मविश्वासी बन्दै जान सक्छन् । 

२. निरन्तर मिहिनेत गर्नुहोस् ।

सफल उद्यमी, नेता, कलाकार वा प्रस्तोता जो भएपनि उनीहरु आत्मविश्वासी र सफल हुनुको कारण भनेकै उनीहरु निरन्तर आफ्नो कार्यमा लागिपर्छन् । आफ्नो सीप सुधारका लागि उनीहरु रातदिन निरन्तर मिहिनेत गर्छन् । मञ्चमा धमाका मच्चाउने कलाकार होस् वा खेलमैदानमा जादु देखाउने खेलाडी वा करौँडौ कमाउने उद्यमी नै किन नुहन् उनीहरु यसै सफल भएका हुँदैनन् । उनीहरु आफ्नो कार्यमा सिपालु हुनुमा उनीहरुले मिहिनेतमै कैयौँ समय बिताएका हुन्छन् । उनीहरु यसै नामी भएका पक्कै होइनन् । आफ्नो सन्तुष्टि हुने गरी काम गर्ने ताकत आफुमा भएपछि मात्र आफुमा आत्मविश्वास बढ्ने हो । आफुमा कुशलता नल्याइकनै सोचेरै मात्र आत्मविश्वासीलो बन्न सकिन्न । योजनाबद्ध कार्य गर्नाले मात्र यसको प्रतिफल आउँछ । याद राख्नुहोस् है व्यस्त हुनु मात्र मिहिनेत गर्नु होइन, आफुले गरेको कामको प्रतिफल मापन गर्न पनि सक्नुपर्छ । 

समाजशास्त्री डान च्यामब्लिसले ओलम्पिक पौडीबाजहरुमा गरेको अध्ययनले पनि के देखाएको थियो भने, उत्कृष्टभन्दा उत्कृष्ट प्रदर्शनमा खेलाडीहरुले सानोभन्दा सानो कुरालाई पनि मध्यनजर गरेको पाइयो । उनीहरुले आफ्नो कामको सुष्म गतिविधिलाई पनि केलाएर त्यसमा सुधार ल्याउन दिनरात खट्ने गरेको पाइयो । यसकारण उनीहरुको कार्यशैलीलाई चमात्कारिक वा इश्वरीय मान्न पर्दैन, यो त उत्कृष्टताको लागि उनीहरुको लगनशीलताको फल हो । जब उत्कृष्ट गर्नुपर्ने बानी पर्छ, तब तपाईँ आफैमा आत्मविश्वासिलो बन्नुहुनेछ । यो बानी विकास गर्नका लागि एक मात्र उपाय भनेको आफ्नो कार्यमा निरन्तर लागिपर्ने हो । 

३. कुनै कार्यको महाहस्ती बन्न चाहनुहुन्छ भने असफलतासँग नडराउनुहोस् । 

कुनै पनि कार्यमा महाहस्ती बन्न असफल नभई अगाडि बढ्न सकिन्न । उत्कृष्ट परिणाम प्राप्तिका लागि तपार्इँले ठक्कर अवश्य पनि खानुहुनेछ । असफल हुन कोही पनि चाहन्नन् तर सफल हुनका लागि असफलतासँग डराउन हुन्न । असफलताले नै सफलताको रहस्य खुलाउँछ र सफलताले नै आत्मविश्वास बढाउँछ । तपार्इँ जति असफल हुनुभयो, त्यति नै बढी ज्ञान प्राप्त गर्न सक्नुहुनेछ । के गर्दा काम बन्छ र के गर्दा बन्दैन भनेर जान्नुहुन्छ । उत्कृष्टता हासिल गर्ने तरिका जति बढी थाहा पाउनुहुन्छ, उति नै तपार्इँको ज्ञान बढ्दै जान्छ र यसले तपार्इँमा आत्मविश्वास बढ्छ । जति धेरै प्रगति गर्दै जानुहुन्छ, उति नै तपाईँको आफुमाथिको विश्वास कसैले पनि तोड्न सक्दैन । 

१८ पटक सर्वोकृष्ट लेखक बनेका सेठ गोडिनले सर्वोत्कृष्ट किताबहरु निकाल्नुअघि १० वर्ष बुक प्याकेजरको रुपमा काम गरे, हरेक महिना एउटा किताब निकाले, १ सय २० वटा किताब निकाले जसमा धेरैजसो किताबले राम्रो बजार पाउन सकेन । यसले उनलाई पाठकमाझ कस्तो किताब लाने भन्नेबारे धेरै कुरा सिकाउन मद्दत गर्यो । त्यस्तै, जेम्स डाइसनले खर्बौँ डलर लगानीको भ्याकुम कम्पनी सञ्चालनमा ल्याउनुअघि १५ वर्षसम्म उनले ५ हजार नमुनामा काम गरेका थिए । उनका अनुसार हरेक असफलताले उनलाई समाधानको नजिक पुर्याउँदै लग्यो ।आफु जस्तो स्थानमा भएपनि तपार्इँ आत्मविश्वासी बन्न सक्नुहुनेछ । यसमा आफु उत्कृष्ट हुनका लागि आफुमा विकास गर्नुपर्ने कार्यक्षमताको पहिचान गर्न सक्नुपर्छ । त्यसपछि यसका लागि आवश्यक कार्य निरन्तर निर्वाह गर्नुपर्छ । आफुमा सिपको विकास हुँदै गएपछि, तपार्इँको आत्मविश्वास पनि बढ्दै जान्छ र सफल मानिसको रुपमा तपाइँले अरुमा प्रभाव पार्न सक्नुहुनेछ ।

Related posts

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

Manoj Poudyal

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349