युबाहरु देश विकासका समबाहक हुन् भने मुग्लानमा फाँसीको सजाय किन कुर्दै हार गुहार गर्नु पर्ने !
सर्व प्रथम नेपाल सरकारका प्रधानमन्त्री ज्यु केपि ओलि,नमस्कार।
नेपालको राजनितिक करिब २५ वर्ष यता शक्ति केन्द्रमा रहनु भएको पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ज्यु नमसकार। २००७ सालबाट स्थापित नेपालको पहिलो राजनितिक दलका नेता तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा ज्यु नमस्कार।।।
चरम गरिबी र राजनितिक असफलताबाट ग्रसित बेरोजगार युबा पुस्ताको भबिस्य आज बिकाराल दिशातिर गएको दिशाबोध हुँदैछ। कसलाइ रहर हुन्छ आफू जन्मेको जन्मभूमी छोडेर मुगलान जाने,कसलाइ रहर हुन्छ र आफ्नो वन पाखा हरियाली डाँडा भञ्ज्याङ् झरनालाई चटक्क बिर्सेर पराई देशमा कसैको दासत्व स्वीकार गर्न,तोते बोली बोल्न सुरु गरेको गाउघर, साथीभाइ छोडेर,कसलाइ रहर हुन्छ होला र आफ्नो आमाको न्यानो काख बिर्सेर पराइको काखमा रमाउन ,कसलाइ रहर हुन्छ होला र जीवन सङ्गिनीको न्यास्रो अनुहार बनाउन, तोतेबोलीमा बाबा बाबा बोल्ने ती अबोध नानी बाबुलाई बिर्सेरखिन्न मन बनाउन, के तपाइहरुलाई जस्तै आफ्नो आफन्तजनहरुसँग रमाइलो गरेर बस्न मन हुदैन र हामी जस्ता सबै प्रदेशी युवाहरुलाई ?
तपाइहरु सामन्य बिरामी हुँदा राज्यकोषबाट लाखौ लिएर नेपालकै अस्पतालहरुलाई लत्याएर विदेशतिर उपचार गर्न जानु हुन्छ। आज साउदीमा २१ जना नेपालीहरुले ‘बलड मनि’को लागि हार गुहार गर्दा किन उच्च तहबात कदम चलिदैन ? के फाँसीको सजाय सुनाईएका यदि ‘बलड मनि’ बुझाउन सके रिहा हुने नेपालीहरुको ज्यानको माया देशको माया हुदैन र ? तिनै दलका उच्च नेतृत्वलाई मेरो चुनौतीपूर्ण प्रश्न आजकै मितिबाट नेपाल सरकारले र राजनेताको हैसियतमा रहनु हुने नेतागणहरुमा मेरो बिन्ती छ, हाल साउदीमै रहेका युवाहरुको संयुक्त उद्धार प्रयास कार्यमा नेपाल सरकारबाट आर्थिक सहयोग गर्न पहल गरियोस्।
नेपालमा रोजगारी नहुँदा विदेशमा श्रम बेच्न आउदा कोहि नेपाली फाँसीको भागिदार बन्छ भने नेपाल सरकारले उस्को उद्दारको गर्न पहल गर्नु पर्दैन ? त्यसो हो, भने अबको मिति बाट राज्यको ढुकुटीमा कोही पनि उच्च पदस्त नेता ज्यू उपचार गर्न विदेश नजानुस, आफ्नै पैसाले उपचार गर्नुस्। के गरिब भएकै कारण देश कुनै अवशर नहुँदा श्रम बेच्न मुग्लान छिरेको नेपाली र नेताहरु समान नेपाली नागरिक होइनन र ? जवाफ चाहियो सरकार।
गत शुक्रबार प्रकाशित समाचार महान् जनयुद्धका जनमुक्ति सेनाले साउदी जेलमा फाँसीको सजाय कुरेर बसेको समाचार मैले नै नेपालमा टेलि फोन गरेर विभिन्न अनलाइन न्यूज प्रकाशन गरेआएको थिएँ । अहिले यो पत्र पनि नेपालका वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, जनयुद्धका कमाण्डर प्रचण्ड, विप्लव जस्ता राष्ट्रभक्त नेता तथा व्यक्ति समक्ष पुगोस् भन्ने चाहान्छु। त्यसैले यो पत्रलाई जति सक्दो शेयर गरिदिनुहोला।
अहिले साउदीमा फाँसीको सजाय कुरेर बसेका नेपालीलाई नेपाल सरकार तथा नेपाललाई माया गर्ने राजनेता अनि नेपाली जनतालाई पहल गरिदिन अनुरोध छ। यदि यो विषयमा कुनै चासो दिइएन भने धन कमाउन आएका हामी देश नै फर्कन नपाई यतै अर्कैको हातबाट फाँसीमा लड़किएर मृत्यु बरण गर्नु पर्नेछ।
रुकुम भुमे ७ गुनाम हाल साउदी
सुबिन राज सेर्पाली