eNepal

बोर्डिङमा पढेकाले सरकारी जागिरमा आरक्षण कोटा नपाउने

अब सामुदायिक तथा सरकारी विद्यालयमा पढेकाले मात्रै निजामती सेवामा आरक्षण सुविधा लिन पाउने भएको छ । बोर्डिङ स्कुलमा पढेकालाई आरक्षण कोटामा बन्देज लगाउने गृहकार्य संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थालेको हो ।

अब बन्ने मस्यौदा अनुसार एक व्यक्तिले एक पदका लागि मात्रै आरक्षण कोटाको सुविधा पाउने संघीय मामिला मन्त्रालयका सहसचिव सुरेश अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार विभिन्न सुझावका आधारमा समावेशी र आरक्षण कोटामा पुनर्विचार गर्ने गरी संघीय निजामती ऐनको मस्यौदा बनाउने गृहकार्य थालिएको छ।

०६४ सालदेखि सरकारले विपन्न, गरिब तथा पछि परेका सबै पक्षको सार्थक सहभागिता वृद्धि गर्नका लागि निजामती सेवामा निश्चित कोटासहित आरक्षणको व्यवस्था लागू गर्दै आएको थियो।

तर, समाजमा पछि परेका जातजातिका पनि धनाढ्य वर्गले मात्रै यो सुविधा पाएको भन्दै पछि परेका जातजाति र समुदायका पनि विपन्नहरूले नै आरक्षण सुविधा पाउने व्यवस्थासहित सरकारले समावेशी प्रणालीमा सुधार गर्ने नीति ल्याउन लागेको हो।

 

Related posts

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal