eNepal

छोरा छोरी बिग्रीए अस्ट्रेलीया र अमेरीका पठाई दिनु होस्

घरमा ढल्या सिन्को नउठाउने, कोठामा आमाले लगेर दिएको चियाको कपले टेबलनै नधान्ला जस्तो हुँदा सम्म किचेन सम्म ति जुठा कप आउँदैन थिए। कति कपमा तर तैरिएर ढुसीनै पलाई सकेको हुन्थ्यो तर त्यसको कुनै मतलबनै थिएन। 

कतै जान परयो हस्याङ र फस्याङ गर्दै उठ्यो। ओच्छ्यान मिलाउनु त त्यस्तै हिजो खोलेर फालेका लुगा समेत भुई भरि बगरेल्ती छरिएका हुन्थे। मजा गनाएर कोठो छिरी सक्नु हुने थिएन। कहाँबाट रुम स्प्रे ल्याएको कुन्नी। त्यहि छर्यो बस्यो। परैबाट ह्वास्स गनाउँ थियो। हिड्दा सिलीक्क परेर जेल लगाएर चिटीक्क परेर हिड्यो। आमाले जसो तसो समय निकालेर मिलाएर दराजमा राख्देको लुगा झिक्यो छ्यालब्याल पार्यो अनि ढोका ड्याङ्ग पारेर घरनै थर्काएर हिड्यो।

पैसा भईन्जेल बाउको अगाडी नाक मुख नदेखायो अनि जब खल्ती रित्तीदै जान्छ अनि कुकुरले हड्डी ढुक्या जस्तो कुरेर भए पनि पैसाको लागि बाउलाई चाप्लुसी लगायो। खाएको थाल त्यस्तै परे टेबुलमै छोडेर उठ्यो। बालाई लाग्थ्यो यसले जिन्दगी कसरी गुजारा चलाउला। के ईलम गरेर खाला। म उमेरले छाट्ठी नाग्नै लाग्दा त काम नगरी एक दिन बस्न सक्दिन। यत्तिकै खट्दा त जहिले अभाब र अपुगनै हुन्छ। यता टाल्यो अर्को तिर चुई सक्छ। टाल्दा टाल्दा टाउकाको रौ सबै झरे र पनि एक दिन आरामले बस्न सकेको छैन। 

यि लाठेहरु आफुले खाएको थाल सम्म सफा नगरी बस्ने, पैसा सकियो भनेर घुर्की लगाएर दालेर खान पल्केका झन् बिदेश गएर के गर्ने हुन्। अर्काको देशमा अर्कैको हैकममा चल्न पर्दा के हालत हुने हो। बिदेश त जान्छु भन्छन् तर बिदेश गएर आफुलाई कसरी सुधार्ने हुन् कुन्नी। यस्तै पिरले सधा चिन्तीत बनाउँ थियो बाबुलाई। 

नभन्दै तिरोभरो गरेर छोरो बिदेश गयो। दुई बर्षमा पढाई सक्यो छोरोले। फोनमा कुरा हुन्थ्यो। कहिले काममा छु भन्थ्यो, कहिले कलेज त कहिले ट्रेनमा घर फर्कदै छु भनथ्यो। आँखाले नदेखे पछि पिर हुने। मनमा सङ्का र उपसङ्काका काला बादल मडारिन्थे। कस्तो ठाउँमा होला, के गर्दै होला, भोकभोकै पो छ कि। 

छोरोको ग्रेजुएसन् आयो। छोरोले ग्रेजुएसनमा बोलायो। बा आमा उत्साहित भएर अस्ट्रेलीया आउन राजी भए। राजीपनि किन नहुन् छोरोको पौरख हेर्न पाउँदा। नभन्दै बा आमाको भिषा लाग्यो। अस्ट्रेलीया आए। छोरो गाडी लिएर एयरपोर्ट पुग्यो। बा आमा दङ्ग परे। आफ्नै गाडीमा छोरो बा आमालाई लिन गएकोमा हर्षित भए। घरमा लगेर राख्यो। बा आमालाई खसीको मासु रायोको साग अनि कालो दाल मन पर्छ भनेर त्यहि पकाएर राखेको रहेछ। बा आमा छोरोले पकाएको खाना पहिलो चोटी खाँदै थिए। हैन यो तैले पकाएको हो। मुसुक्क हाँस्दै मुन्टो मात्र हल्लायो। बा आमा आउने भएर कोठापनि सफा बनाएछ। आफु लिभीङ् रुममा सुत्ने बन्दोबस्त मिलाएर बा आमालाई कोठामा सुताएछ। कतिखेर के खानु हुन्छ सबै मन पर्ने खानाहरु फ्रिजमा टनाटन राखेको रहेछ। 

भाँडाहरु पनि ट्याकटुक धोएर राख्ने।छोरोको  काम गराई देखेर बा आमा दङ्ग थिए। 

बा आमा आउने भएकोले काममा पनि छुट्टी मिलाएको रहेछ। समयको सहि ब्यवस्थापन गर्न सिकेको देखेर बा आमा मख्ख थिए। छोरो यस्तो होला भन्ने कत्ति पनि सोचेका थिएनन्। अर्थ ब्यबस्थापन, समय ब्यबस्थापन, भविश्य प्रतिको चिन्ता, आमा बा प्रतिको आफ्नो दायित्व, काम प्रतिको लगाब यि सबै कुरालाई मिलाएको देखेर बा आमा खास्खास खुस्खुस गर्दै थिए। अनि भन्दै थिए छोरा छोरीलाई सुधार्नु छ भने चाँही अस्ट्रेलीया र अमेरीका पठाउन पर्नेछ। समयले सबै पाठ सिकाएर सहि बाटोमा हिडाउने रहेछ। उसमा यस्तो परिबर्तन होला भन्ने कहिलै सोचिएन तर आज उ धेरै सुध्रिएछ।बिचार गर्नु होस् यदि छोरा छोरीलाई सुधार्नु छ भने पक्कै अस्ट्रेलीया पठाई दिनु होस्। आफै बाध्यता र परिस्थितीले सुध्रिने छन् फरकनै पर्दैन।

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Manoj Poudyal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349