eNepal

मेरो काठमाण्डौ एकदिन स्मार्ट सिटी पक्कै बन्नेछ

व्हा काठमाण्डौ म तिमीलाई चुम्न तिम्रो आकाशमा छिरी सके। तिमीलाई म प्लेनको झ्यालबाट तन्कि तन्कि हेरी रहेको छु। जताततै हरियाली अनि मनमोहक सुन्दर र शान्त देख्दैछु। न कोलाहल पाएँ न धुवाँ र धुलोको मुस्लो। न कसैको मुखमा माक्सनै छ। 

पाँच वर्ष अगाडी तिमीलाई भेट्न आउँदा मैलै तिम्रो रुप देखेर अब धेरै दिन तिमी बाँच्दिनौ जस्तो लागेको थियो।टिबीको अन्तिम कस्टबाट ग्रसीत छौ जस्तो लागेको थियो।एयरपोर्टको दुर्दशा देख्दा यिनै ठाउँका कर्मचारी देखी देश हाक्ने नेताहरु सबै बिदेश जाँदा हुन् कम्सेकम आफुले देखेको कुरा त केही भएपनि लागु गर्न पर्छ नि जस्तो लागेको थियो। बिदेशी पर्यटकलाई वास्ता नगरेको देख्दा उनीहरुले हामीलाई बिदेशमा त्यस्तै बेवास्ता गर्दा कस्तो हुन्छ मैले त्यो आभास गर्न सकेको थिए।

एयरपोर्टबाट बाहिर निस्कदै गर्दा ट्याक्सिवाला दाईले लगेज तानेको देख्दा डाका मार्न बसेका कि यात्रुलाई सहज गन्तब्य सम्म पुर्याउन भनेर बाझेको थिए।अहिले त एयरपोर्टमा कर्मचारीको दिमाग पनि स्मार्ट भएछ। सभ्य भए छन्। पाहुनालाई कसरि सत्कार गर्न पर्छ मगजमा घुसाएछन्। 

एयरपोर्टको ट्याक्सीवाला देखीको सेण्डीकेट प्रथा पनि हटेछ। सहज र आरामदायी उठेको मिटरमा गन्तब्य सम्म यात्रुलाई पुर्याउन आतुर रहेछन् ट्याक्सी चालकहरु।

हरेकको हातमा ग्याजेट र स्मार्ट फोन रहेछन्। ईन्टरनेटले धपक्कै छोपेको रहेछ काठमाणडौलाई। पहिला आउँदा एउटा फोटो फेशबुकमा हाल्न कैयौ समय लाग्थ्यो आज त हाली सक्दा झ्याप्प फेशबुकमा गएर बस्यो।

घर जाने बाटाहरु पनि फराकिला भएछन्। बाटाका दुबै तिर रुखहरु रोपेर झन् हरियाली देखिएछ। पहिला त गाडी चलाउनेहरु पनि मान्छेनै मारौला जसरी गाडी चलाउँथे। त पहिला कि म पहिला, ट्या ट्या र टु टुको हर्नको आबाज नि नसुनिने रहेछ। घर सम्म पुगीने हो की होईन पशुपतीनाथलाई पुकार्दै जान पर्थ्यो। आज त लाईनबद्द भएर ट्राफीक लाईटको अनुसार हुईकिने भएछन्। बिचरा ट्राफीक दाई धुलाम्य भएर मुख सुकेको मलिन अनुहारमा न्वारन देखीको बल लगाएर सिट्टी फुकेर हातले यता जा र उता जा भनेर ईशारा गर्थे। ति निला जर्सी लगाएका दाई पनि नजिकको क्याफेमा कफी चुस्की मार्दै छेउमा मुस्ताङ गाडी पार्क गरेर नियम मिच्छन् कि भनेर क्यामरा लिएर बसेका रहेछन्।

घरमा पुरै पानीको ब्यबस्था भएछ। पहिला आउँदा धाराको पानी छान्दा खै के हो पहेलो लेदो भएको पानीमा सिक्सिको मान्दै नुहाएको थिएँ। यस पाली त मेलम्चीको पानी छ्यालब्याल भएछ। तातो र चिसो दुबै आउने भएछ। तरुनीले जिस्काए जस्तो झिलिक् झिलीक डिस्को मार्ने बत्ती पनि अनबरत आउने भएछ। 

रत्नपार्क र ठमेलमा दिउँशै आफ्नो शरीरको मोलमोलाई गर्नेहरुलाई बैधानिक दिएर ब्यबस्थित बनाएर राखेछौ। रेडलाईट बनाएर अब लुकीछिपी होटेल लज र पार्कमा खेलेआम हुने देह ब्यापारलाई ब्यबस्थित बनाईएको रहेछ।

ट्याक्सी भन्दा अगाडी सार्बजनीक यातायात आउने भएछन्। एउटा सिमीत ठाउँ बनाईको रहेछ चड्ने र झर्ने ठाउँ। उ त्यो घरमा है दाई भन्न पर्थ्यो। अलिकति अगाडी रोक्दा नि बिचरा नमज्जाले गाली खान्थेउ। त्यो निमीट्यान्न भएछ।

ठाउँ ठाउँमा चर्पी बनेछन्। यसो रुखको आड गाडीको पछाडी, झाडी खोज्न जान नपर्ने भएछ। फोहरमैलाको शहि ब्यबस्थापन भएछ।

घरको खोपीमा बत्तीको बिल ल्याएर हुलाकी दाई गए। लौ है आमा म बिल तिरेर आउँछु, आमाले भन्नु भयो अब गएर लाईन बस्न पर्दैन यि यो एपमा गएर पैसा हाल्दिदा हुन्छ।झनै दङ्ग परे।अनलाईन पेमेन्टको सुबीधा भएछ।

भक्तपुरबाट रत्नपार्क पुग्न ठ्याक्कै पन्द्र मिनेट लाग्यो। पहिला आउदा दुई घण्टा लागेको थियो। त्यो पनि रुपनै नचिनीने भएर धुलोले। मुखमा हरबखत माक्स लगाउनु पर्थ्यो। आज म स्मार्ट सिटीमा प्रकृतीको मिठो स्वच्छ हावा खाँदै काठमाण्डो स्मार्ट सिटी घुम्दैछु।

जोडले हर्न बज्यो झ्ल्यास्स बिउँझिए। भर्खरै दुर्घटना भएर मान्छेको घटनास्थलमै मृत्यु भएछ। हैट के देख्न पर्यो भन्दै त्यहाबाट उन्मुक्ती पाउन साथीलाई बाईकमा बोलाए तर जाममा फसेर उ आउन दुई घण्टा लाग्यो। त्यो बेला सम्म धुलो र धुवाले मेरो घाँटी दुख्न थालि सकेको थियो। हस्पीटल जचाउन भनेर गएको त्यहाँ झन् बिजोग देखे। त्यहाँको बिजोग देख्न नसकेर घर आएँ अनि नून पानीले कुल्ला गरे र लामो सास फेरेर सम्झे मेरो सहर एक दिन अवस्य स्मार्ट सिटी बन्नेछ। 

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349