आफ्नो कामको व्यस्तताको बाबजुद पनि दर्शकहरु हलसम्म आएर लोक सङ्गीतमा धित मरुन्जेल कनै थकानको महसुस नगरीकन नाँच्नुले के प्रस्ट पार्छ भने हामी जन्मेको माटो, हुर्केको बाटो अनि हाम्रो रगतको कण कणमा नेपाली लोक गीत सङ्गीत, त्यही मादलका ताल, बाँसुरीका मन्त्रमुग्ध सुरीला धुनहरु! हाम्रै गाम बेंशीमा घन्कीने रोधी, दोहोरी, मारूनी, सोरठी, टप्का, बेठीसँग नजिक भएर पो होकी?
“लाग्छ आजकाल ठेट गाउँवेशीमा घन्कने सालै ज्यु र हाक्पारे अनि देउडा र काठे, सबै हराउँदै गएका छन्। आधुनीक बाजा अनि पुराना गीतका रिमीक्सहरुले जून ठेट भाका गाउँमा गाइन्छ, ती भाकाहरु लोपोन्मुख हँदै गएको पाईन्छ”
लाग्छ आजकाल ठेट गाउँवेशीमा घन्कने सालै ज्यु र हाक्पारे अनि देउडा र काठे, सबै हराउँदै गएका छन्। आधुनीक बाजा अनि पुराना गीतका रिमीक्सहरुले जून ठेट भाका गाउँमा गाइन्छ, ती भाकाहरु लोपोन्मुख हँदै गएको पाईन्छ। बिरलै पाईने यस्ता भाकाहरुमा श्रस्टाहरु मीलन लामा, पशुपती शर्मा, पुरुस्वत्तम न्यैपाने जस्ता सर्जकहरुले केही हद सम्म जोगाउने प्रयास गरेको देखिन्छ।
के लोक सङ्गीतलाई ज्युदो राख्ने हाम्रो अभिभारा होईन?
आजको युवा पुस्ता जो लोक गीत सङ्गीत भनेपछि त्यती अभिरुची राख्दैनन्। र्याप र झ्यापमा रमाउने युवा पुस्तालाई यो सिकाउन अनिबार्य छ कि हाम्रो मौलीक गीत र सङ्गीत भनेको नेपाली लोक गीत हो। होईन भने भोलीको पुस्ताले बिर्सेर जानेछन् र भन्नेछन् लोक सङ्गीत हाम्रा बाजे बराजेले गाउने गीत हो रे भनेर केवल कितावका पानाहरुमा पढ्नेमात्र छन्। हामी आजको युवा पुस्ता जसले धर्मराज थापा, राम थापा, डेजी बराईली,प्रेम राजा महतका गीत सुनेर नाँचेर आज यहाँ आईपुग्यौ। के लोक सङ्गीतलाई ज्युदो राख्ने हाम्रो अभिभारा होईन।साईली रिमै चौंरी गाई झर्यो रिमई मधुबनैमा, ठोक न मादल ठोक, कटर कटरमा तिम्रो सुहाँउदो ज्वाई आयो मोटरमा, ह ह माले ह ह, आमाले सोधालीन् नी खै छोरो भन्लीन् जस्ता कालजयी गीत सुनेर हुर्केका हामीमा लोक सङ्गीतको भुत रगतका कण कणमा भएर पनि हुन सक्छ।कतै झ्याउरे भाका या भनौ पुर्वेली लोक भाका वा पश्चिमे लोक भाका जे बजि हाले नि कि त गुन्गुनाउँन थाल्छौ कि त कम्मर भाच्न थाल्छौं।“यस्ता गीत सङ्गीतहरको संरक्षण र सम्वर्धन प्रती आजका युवा सचेत हुनु एकदम जरुरी छ”
आज भन्दा १० वर्ष अगाडीको समय थियो श्रस्टाहरुले गीतका चक्का बेचेर खाने अनि पैसा कमाउने माध्यम् थियो तर बिज्ञान र ईन्टरनेटमा आएको परिबर्तनले श्रस्टालाई गीतका सिडी र अडीयो क्यासेट बेचेर खान पुग्ने दीन गएका छन् जसको कारण धेरै गायक गायिका हराई पनि सके भने कोही कोही आफ्नो ईच्छाशक्ती मार्न नसकेर फाट्ट फुट्ट निकालीपनि रहेका छन्।
“केही महिना यता मात्रै आस्ट्रेलीयामा भएका बिभीन्न कार्यक्रमहरु अनि कलाकारहरुको उपस्थीतीले कलाकारहरुमा अार्थीक सँकट केही हद सम्म टरेको जस्तो लाग्छ”
आज बिदेशमा हुने बिभीन्न ईभेन्टसहरुले आयोजना गर्ने कार्यक्रमहरुले नेपाली कलाकारको आर्थीक स्तरमा केही भएपनि टेवा पुर्याउनमा मद्दत गरेको देखिन्छ। केही महिना यता मात्रै आस्ट्रेलीयामा भएका बिभीन्न कार्यक्रमहरु अनि कलाकारहरुको उपस्थीतीले कलाकारहरुमा अार्थीक सँकट केही हद सम्म टरेको जस्तो लाग्छ।कलाकारको आर्थीक स्तरमा सुधार ल्याउनमा बिदेश स्थीत ईभेन्टस कम्पनीहरुको कामलाई कलाकारहरु स्वयंले पनि मुक्तकण्ठले प्रचारप्रसार गरेको पाईन्छ। साथ साथै दर्शक दिर्घाहरुको बाक्लो उपस्थीतिले पनि कलाकारमा नयाँ गीत सृजना गर्ने आत्मबल बडेको देखिन्छ।
त्यसैले हाम्रा बाउ बाजेले हामीलाई सिकाएर दिएको लोक सङ्गीत अनि कला र सँस्कृती हामीले हाम्रा सन्तानलाई सिकाउन एकदम जरुरी छ। यसको लागि हामी आजको युवाको प्रमुख भुमीका रहन्छ। बिशेष गरेर बिदेसमा बस्नु हुने नेपालीहरुले कुनै नेपाली कला सँस्कृती झुल्कने खालका कार्यक्रमहरु छन् भने लगेर सिकाउने अनि बुझाउने बानी बसाउन जरुरी छ। होइन भने हामी पछिको पीढीले केबल दन्त्य कथामा पढ्ने छन् अनि नेपाली बाजा मादल, बिनायो, मुर्चुङ्गा केबल म्युजीयममा मात्र देख्नेछन्।