eNepal

सुन प्रकरणका नाइके गोरेकी पत्नीसँग महान्यायाधिक्ताको के साइनो ?

नेपाल सरकारकै बहालवाला महान्यायाधिवक्ताले फरार अभियुक्तसँग तस्बीर खिचेको पाइएको छ ।

बहुचर्चित साढे ३३ किलो सुन प्रकरणका मुख्य नाइके गोरे भनिने चुडामणि उप्रेतीकी पत्नी निरु खरेल (नर्वदा) ले महान्यायाधिवक्ता अग्नि खरेलसँगै रहेर खिचेको तस्बीर फेशबुकमा पोष्ट गरेकी छिन् । मुख्य अभियुक्त उप्रेतीकी पत्नी निरुलाई पनि प्रहरीले अभियुक्त सूचिमा राखेको छ ।

उनी पनि फरारको सूचिमा छिन् । पूर्व कानूनमन्त्रीसमेत रहेका महान्यायाधिवक्ता खरेलको घर र गोरेकी पत्नीको माइती घर झापा हुनु संयोग मात्र भएपनि निरुको माइती थर खरेल नै रहेकाले उनीहरुबीच नाता सम्बन्ध हुन सक्ने अड्कलबाजी गरिएको छ ।

मोरङको उर्लाबारीमा स्थायी घर भई हाल उनी काठमाडौंको गौरीघाटमा गोरेले किनेको घरमा बस्दै आएकी थिइन् । गोरेकी पत्नी नीरुको माइतीघर झापाको कमलगाउँपलिका–६ मा पर्छ । महान्यायाधिवक्ता खरेल भने गौरादह–महारानीझोडाका हुन् ।

भीआईपीहरुसँग सर्वसाधारणले फोटो खिच्नुलाई अनौठो नमानिएपनि महान्यायाधिक्ता खरेल र निरुको तस्बीर सामान्य परिघटना मात्र नहुने लख काट्न सकिन्छ । फोटो कहिले खिचिएको खुल्न सकेको छैन । यद्यपि शक्तिशाली ब्यक्तिको पँहुचमा रहेको जनाउ दिन सो तस्बीर फेसबुकमा पोष्ट गरेको सहजै अनुमान गर्न सकिन्छ ।

सर्वाधिक खोजीको सूचीमा रहिरहेकी निरुले फेसबुक अझैसम्म ‘डिएक्टीभ’ गरेकी छैनन् । उनले केही दिन अघिमात्र महान्यायाधिवक्ता खरेलसँगै खिचेको तस्बीर पोष्ट गरेकी हुन् । सो तस्बीर पोष्ट भएसँगै कानून कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेल्ने महान्यायाधिवक्ता खरेल पनि संदेहको घेरामा तानिएका छन् ।

संविधानको धारा १५८ मा महान्यायाधिक्ताको काम, कर्तव्य र अधिकारको व्यवस्था छ । त्यसमा उल्लेख छ, ‘महान्यायाधिवक्ता सरकारको मुख्य कानुनी सल्लाहकार हुनेछ । संवैधानिक एवं कानुनी विषयमा सरकार र तोकिएका अन्य अधिकारीलाई रायसल्लाह दिनु महान्यायाधिवक्ताको कर्तव्य हुनेछ ।

Related posts

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal