साहित्य क्षेत्रको संसारकै सबैभन्दा सम्मानित पुरस्कारको रुप हेरिएको नोबेल पुरस्कार यो वर्षका लागि रद्द गरिएको छ। नोबेल पुरस्कार प्रदान गर्ने संस्था स्विडिस एकेडेमीले यो वर्षको साहित्य क्षेत्रको नोबेल पुरस्कार रद्द गर्ने घोषणा गरेको हो।
१९०१ देखि सुरु भएको नोबेल पुरस्कारको यो नै अहिलेसम्मको सबैभन्दा ठूलो घटना हो। एकेडेमीका केही सदस्यले पुरस्कारलाई निरन्तरता दिनुपर्ने मत राखेका छन् भने कही सदस्यहरूले एकेडेमीले यस्तो अवस्थामा पुरस्कालाई निरन्तरता दिन नहुने तर्क गरेका छन्।
पछिल्लो समय स्विडिस एकेडेमीमाथिको आलोचना चुलिएको छ। संस्थाकी पूर्वसदस्यका पति फ्रांसीसी फोटोग्राफर ज्यां क्लाउड अर्नाल्टमाथि कथित यौन शोषणको आरोप लागेको छ। गतवर्षको नोबेम्बरमा मिटु क्याम्पेनको प्रेरणाले १८ महिलाहरूले अर्नाल्टमाथि यौन शोषण र उत्पीडनको आरोप लगाएका थिए। यद्यपी अर्नाल्टले सबै आरोप अस्वीकार गर्दै आएका छन्।
संस्थाले अर्नाल्टकी श्रीमतीलाई संस्थाबाट पदमुक्त गर्ने निर्णयमा भोट गरेको थियो। त्यसलगत्तै पदीय दुरुपयोग गरेको आरोप र नोबेल पुरस्कार विजेताको नाम चुहावटको विषयलाई लिएर एकेडमी दुई ध्रुवमा बाँडिएको थियो। त्यसपछि राजीनामा दिने क्रम सुरु भयो जसमा एकेडेमीकी प्रमुख प्रोफेसर सारा डेनियसको नाम पनि समावेश थियो।
अब के हुन्छ?
अहिले एकेडेमीमा ११ सदस्य मात्रै रहेका छन्, जसमा केरस्टिन एकम्यान १९८९बाट निष्क्रिय छन्।
एकेडेमीले सन् २०१८ को विजेताको नाम २०१९ का विजेतासँगै घोषण गर्ने निर्णय गरेको बिबिसी हिन्दीले जनाएको छ।
यद्यपि, पुरस्कार प्रदान गर्ने कार्य रोकिएको यो पहिलोपटक भने होइन। १९३६ मा पुरस्कार दिइएको थिएन, तर त्यो वर्षको पुरस्कार एक वर्षपछि इयुगेन ओनिलका दिइएको थियो।