नेप्ले ईभेन्ट्सले आयोजना गरेको मिट एन्ड ग्रीट तक्मे बुडाको साथमा हिजो सम्पन्न भएको छ।बिग बेली रेस्टुरेन्टमा आयोजीत सो कार्यक्रममा विस्सन् बिक्रम राईले आफ्ना दर्शकहरुलाई करिब ४० मिनेट जति हँसाएर भरपुर मनोरन्जन दिएका थिए।अभिनय,गायन, नृत्य र रङ्ग मण्चमा उत्तीकै सशक्त अभिनय गर्नमा माहीर तक्मे बुढा मेरी बास्सैसँग आबद्द थिए। कमेडी किङ् भनेर चिनीने तक्मे बुढा हँसाउन पाए जति घण्टा पनि हँसाउन सक्ने खुबी भएका कलाकार हुन। थुप्रै नेपाली चलचीत्रहरुमा अभिनय गरिसकेका तक्मे बुढाको रातो घर अहिले अस्ट्रेलीयाका बिभीन्न शहरहरुमा प्रदर्सन र प्रवर्दनका लागि उनी आएका हुन। आफ्नै होम प्रोडक्सनमा बनेको रातो घर निर्देसक सुरज शुव्वा नाल्बोद्वारा निर्देशीत चलचीत्र हो।
नेपाला चलचीत्रहरुको बिकास सँग सँगै बिभीन्न देशमा छरिएर रहनु भएका नेपालीहरुले गरेर अहिले नेपाली मुभीले राम्रो व्यापार गर्ने गरेको छ।अहिले अस्ट्रेलीयामा प्राय हप्ता पिच्छै नेपाली मुभीहरु लाग्ने गरेको देखीएको छ जुन सकारात्मक कुरा हो।दर्शकको उपस्थिती पनि उल्लेखनीय रहने गरेको छ। रातो घर आगामी १४ मेको दिन मेल्बोर्नमा प्रदर्शन हुँदैछ।यस लगत्तै हाउ फन्नी र जङ्गे प्रदर्शन हुने भएका छन्।