eNepal

प्रधानमन्त्री केपी ओलीलाई एक वेरोजगार युवकको पत्र

लक्ष्मी पौडेल “अनुरागी” चामुण्डा विन्द्रासैनि नगरपालीका १ भोर्लेनी दैलेख।

हाल: विरेन्द्रनगर नगरपालिका १ बाङ्गेसिमल सुर्खेत।

मिति:२०७४/११/०५

—–

श्रीमान प्रधानमन्त्री (के पी शर्मा ओली) ज्यु

अभिवादन ! तथा नमस्कार।

संघिय नेपालको प्रथम प्रधानमन्त्री र नेपालको ४१ औ प्रधानमन्त्री हुनुभएछ, कसरी दिउँ म हजुरलाई बधाई का दुई शव्दहरु …… । सर्वप्रथम त मेरो व्यक्तीगत तर्फवाट हार्दिक बधाई टक्रयाउन चाहान्छु।

एउटा सर्वसाधारण जनताको नाताले तपाई जस्तो राष्ट्रनायक, राष्ट्रचालक गरिविले भरिएको दुःखी सन्ततिको देश नेपालले प्रधानमन्त्रीको रुपमा पाउनु एउटा सौभाग्य ठानेको छु। म एउटा सर्वसाधारण किसान मजदुरको सन्तानले तपाईसँग प्रत्यक्ष रुपमा भेट्न ,बोल्न ,कुरा गर्न ,फोन गर्न र पत्र लेख्न असम्भव र कल्पनाविहिन छ। मैले सुनेको इतिहासको पानामा नेपालको संघिय गणतान्त्रातमक प्रथम प्रधानमन्त्रीमा तपाईको नाम रहिसकेको छ।

यसो त तपाई दोस्रो पटक र नेपालको ४१औ प्रधानमन्त्री भईसक्नुभएको छ। हुन त एक सर्वसाधारणको कुरा श्रीमानले वास्ता नगर्नुहोला, तर तपाई यो देशको चालक भएकोले पनि व्यस्त समयका बावजुत यो मेरो सुझावपत्र हैन हौसलापत्रको रुपमा लिई पढिदिनुहुने छ भन्ने पुर्ण आशा लिएको छु र विनम्रता पनि टक्रयाउन चाहान्छु। सवैका ओठमा मुस्कानले भरिएको देखेँ सवैका आँखामा खुःसीका आँसु झरेको देखेँ , बुढा बावाले कानमा रेडियो लगाएर सुन्दै हुनुहुन्थ्यो बुढीआमाले सुःखसंग मर्न पाईने भो भन्दै हुनुहुन्थ्यो ,आमाबाबाले पनि सन्तानको सुख देख्न पाईने भो भन्दै हुनुहुन्थ्यो कारण तपाईलाई प्रधानमन्त्री पाउँदा। श्रीमान हाम्रो देश नेपाल एउटा रेल हो या बस हो भने तपाई चालक हो भने हामी नेपाली यात्रु हौ भने हाम्रो जिवन यात्रा हो, तपाईकै हातमा हुनेछ अबको केहि बर्ष हाम्रो यात्राको दिशा निर्धारण। संसारको कुनैपनि मान्छेका आ-आफ्ना शत्रु र विरोधी हुन्छन रे , तर मलाई लाग्छ तपाईका शत्रु बिरलै होलान। मैले देखेको तपाईका शत्रु र बिरोधिहरु पनि तपाईका गुणहान गाउँदै हिडेका छन। श्रीमान राष्ट्रनायक ज्यु, म तपाईलाई नेपालको राष्ट्रनायक र राष्ट्रचालकले सम्वोधन गर्छु है ?

म एउटा देशप्रेमी सर्वसाधारण विद्यार्थी हुँ त्यसैले म तपाईका देशप्रतिका सवै योजना , सपना र उद्देश्य पुर्ण र उत्साहाजनक रुपमा सहमति र समर्थन गर्न चाहान्छु। जहिलेदेखी मैले तपाईलाई चिन्न थालेँ त्यहिले देखि नै मेरा राष्ट्रप्रेमका सपना पुरा गर्ने हिम्मत तपाईमा अवश्य पनि होला जस्तो लागेको थियो। म एउटा सर्वसाधारण विद्यार्थी कुनैपनी पार्टी र राजनितिक दलतर्फ समर्पित छैन, र हुन पनि चाहान्न। यसअघि भएका दुईवटैनिर्वाचनमा मैले आफ्नो मताधिकार प्रयोग गरेँ। भरसक मैले सहि र योग्य व्यक्ति छान्ने प्रयास गरेको थिएँ, मैले तपाईवाट यो पनि सिकेको छु। निर्वाचनमा मैले कुन नेता र दललाई भोट दिएँ भनेर खुलाउन आवश्यक ठान्दिन। तपाईले पनि मलाई एउटा शुभचिन्तक सम्झिनुहोला। मलाई मेरी नेपाल आमाको चिन्ता सँधै सँधै लागिरहन्छ। मैले मेरो नेपाल आमाप्रति देखेका सवै सपना मेरोलागि सायद असम्भव छन। तर तपाईमा अधिकार प्राप्त छ कि मेरा सपना पुरा गर्न सक्ने। मेरा लागि भने यि सवै “आकाशको फल ,आँखा तडि मर ” जस्तै छन। हाम्रा पुर्खा , वावुबाजे ले सहेको दुःख कष्ट देन र योगदान को बारेमा मलाई भन्दा तपाई लाई धेरै जानकारी होला। हालको परिस्थितिमा पनि हाम्रो युवा पिढिका समस्याहरु केहि मात्रामा मलाई जानकारी छ। भन्छन “अचानोको पिर खुकुरीलाई के थाहा ” । बिचरा खुकुरीले त सोच्छ होला मैले अचानोको सेवा गर्छु भनेर, तर पिर अचानोलाई मात्र थाहा हुन्छ। श्रीमान, मैले तपाईलाई अपमान गरेको नसम्झनुहोल ।

संविधानसभाको पहिलो निर्वाचन तिर म सानै थिएँ तर पनि म मा देशप्रेमले भने अङ्गालिसकेको थियो । त्यतिवेला सम्म मैले तपाको नाम सुनेको थिएँन। संविधानसभाकोदोस्रो निर्वाचनयता मैले कताकति झै तपाको नाम सुन्दै आएको थिएँ। मलाई तपाको फोटो देख्न त्यतिवेला असम्भव थियो तर रेडियोमा मैले तपाईको नाम आवाज सुन्ने गर्थेँ। संविधानसभाको दोस्रो निर्वाचन पछि तपाई तत्कालिन नेकपा एमाले को पार्टि अध्यक्ष्य वन्नुभयको थियो जस्तो लाग्छ। त्यतिवेला नै मेरो मनले तपाईलाई देशरो भावी चालकको रुपमा लिईसकोको थियो। किन किन म सानै उमेरमा मैले आफुलाई नेपाल आमाको सवैभन्दा मायाँ गर्ने पुत्र ठान्दँथे। तपाई आफ्नो जिवनको पहिलो पटक प्रधानमन्त्री हुनभयो तपाईले छोटो समयमै गरेका काम र देखेका सपना नेपाल आमाको लागि स्वर्ग थिए। भन्छन “नदेखेको सपना र नलियको उद्देश्य कहिल्यै पुरा हुदैन रे ” यो सवै तपाईको देशप्रेम र कर्तव्य थियो। मलाई तपाईको भषणमा नै विश्वास लाग्थ्यो कि तपाईमा पनि म मा जस्तै देशप्रेम छ भनेर ।

तपाई छटो समयमै प्रधानमन्त्री बाट राजिनामा दिने दिनको तपाईको भाषण सुनेको थिय त्यतिवेला मैले देशप्रेम महसुस गर्न पाएको थिएँ। र मेरा आँखा पनि रसाएका थिए। र मैले सोचेको थिएँ कि तपाई जस्तै देशप्रेमी प्रधानमन्त्री हामीले पाईराखौ भनेर। अनि तपाई फेरे पनि देशप्रेमी प्रधानमन्त्रीहुनुहुनेछ भनेर । 

आज मैले त्यो दिन पाएको छु , त्यसको श्रय म नेपाली आमावुवा दाजुभाई दिदिवहिनि हरुलाई दिन चाहान्छु। श्रीमान, तपाईको नाममा नेट ईन्टरनेटमा बिभिन्न उखान टुक्काहरु पाएँ तर सधैँ तिनलाई बेकार ठानिरहेँ। न विदेश जान सक्ने न त पढ्ने पैसा नै भएका युवाहरुले आज तपाईको नाम जपिरहेका छन । श्रीमान मैले सुनेको कहाँ बेरोजगार भत्ता त कतै सबै रोजगारयुक्त छन रे । यस्तै आशाको स्रोत मैले हजुरलाई नै रोजेको छु। तपाईका योजना हरु सबा त मलाई थाहा भएनन तर थाहा भएका सवै सहि र योग्य छन। अगाडिदेखी नै मैले तपाईलाई भेट्न चाहेपनि अवसर मिलेको थिएन र सम्भव पनि थियन। श्रीमान मेरो पत्रलाई अन्यथा नलिईदिनुहोला हतारका बावजुत मैले यो छोटो पत्रको प्रत्युत्तरको आशा गरिरहनेछु । मेरो प्यारो प्रदेश नं छ मा बिभिन्न बिकासका सम्भावना र अवसरहरुले हामिलाई वोलाईरहुन् ।

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

Manoj Poudyal

नायक पल शाहविरुद्ध नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा जाहेरी दर्ता

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349