eNepal

दश बर्ष पुरानो मायाँ अस्ट्रेलीएन पिआरवालाले एकै छिणमा तुहाई दिन्छ

रिता र सन्दिप (नाम परिबर्तन) काठमाण्डौमा बस्थे। रिताको घरनै काठमाण्डौ तर सन्दिपको घर भने पुर्व बेलबारी। दुबै काठमाण्डौको एक उत्कृष्ठ बिधालयमा पढ्थे। आजकालका केटा कटीको लभ पर्नलाई कुनै महाभारत गर्नै पर्दैन।उबेला जस्तो बर्षौको मेहीनेत र परिश्रम पनि गर्न पर्दैन। हात हातमा स्मार्ट फोन भएपछि खासै पापड पनि बेलि राख्नु पर्दैन। 

उबेला जसो लव गर्नलाई कुनै उमेर हुनु पर्छ भन्ने मान्यता पनि बिस्तारै दुर हुँदै गएको छ। रिलेसनसिपमा बस्नु भनेको साधारण जस्तै हुन थालेको छ। बरु साथी बनाईएन भने चाँही साधुरामको सँज्ञा पाईन्छ तर जोडी बनेर नारीएर हिड्नु त एकदम साधारण हुन थालेको छ। 

रिता र सन्दिपको भेट स्कुलमा भयो। सात कक्षामा भेट भयो। दुबैमा मन परापर भयो। मायाँमा फस्न कुनै औसी पुर्णै कुर्नै परेन। छ महिनामा मायाँ झाङ्गिएर लटरम्मै फलि सकेको थियो। सन्दिपको घर काठमाण्डौ बाहीर भए पनि उसलाई दिदीसँग फ्लाट लिएर राखि दिएको थियो। दश कक्षा सम्म पुग्दा उनीहरु बिहे गर्ने पक्का पक्कीमा पुगि सकेका थिए तर बिचमा तगारो थियो अभिभाबक। अभिभावकको अगाडी आफ्ना छोरा छोरी सानै लाग्छन् तर तिनै साना छोरा छोरीले बित्यास पारेको पत्तै हुँदैन।

दुबैले राजी खुसीका साथ बार्ह सकेर बिहे गर्ने निधो गर्छन्। एउटै बिषय लिएर कलेज भर्ना गर्छन्। रिता हुनेखाने घरानाकी छोरी हुन्छे तर सन्दीप पनि राम्रै घरानाको छोरो हुन्छ। मात्र उ काठमाण्डौ बाहिरको हुन्छ। 

एकाएक समयले कोल्टे फेर्छ। पढाई सकिदै गर्दा घरमा छोरा छोरीलाई आफ्नो भविस्यको बारे बा आमाले चिन्ता व्यक्त गर्न थाल्छन्। कित जागीर खाएस कि त बिदेश जाएस। प्राए सबैको बा आमाले यस्तै सोच्छन् होला। सन्दिपको घरमा पनि कच्कच गर्न सुरु गर्छन्। साथीहरु सबै अस्ट्रेलीया गएकाले उसलाई पनि त्यतै तिरको भुत चडि रहेको हुन्छ। एक चोटी रितालाई सोध्छ। रिता हिच्किचाउँछे। करियर बनाउने बेला कताको बिदेश जाने होर भन्दै सम्झाउन थाल्छे। कति सम्झाउँछ। सँगै जाउँ मिलेर पढौ। डिग्री सकौ अनि आएर धुमधाम बिहे गरौला। तर रिता यतै पढ्ने कुरामा अडिग हुन्छे। कति प्रयास गर्छ सँगै लैजानलाई। तर उसको प्रयास बिफल हुन्छ। अन्तत: एक्लै अस्ट्रेलीयाको लागि सबै कागजपत्र मिलाएर आवेदन दिन्छ। भिषाको प्रतिक्षामा हुन्छ सन्दिप।

यता रिताको घरमा बिहेको कुरो लिएर कुटुम्ब आउँछन्। बार्ह सकेकी छोरी हुर्केकी छोरीनै सम्झन्छन् बा आमा। न रितालेनै सन्दिपको बारे मुख खोल्न सक्छिन्। राम्रै कुटुम्ब पाए बिहे गर्ने सुरमा हुन्छन् रिताका अभिभावक। पहिलो गाँसमै ढुङ्गा खोज्दा देउता मिले जस्तै हुन्छ। अस्ट्रेलीयाको पिआर वालाको कुरा चल्छ। बिहे गरेर कागज बनाएर उतै लैजाने भने पछि बा आमाले नाई कसरी भनुन्। आजकाल केटो कस्तो छ, बानी व्यहोरा, चालचलन, रहन सहन। बिगत कस्तो थियो। कतै बदमासी पो थियो कि। अहँ केही सोधिन्न अस्ट्रेलीयाको पिआरवाला भने पछि हजारौ अबगुण छन् भने पनि छायाँमा पर्छ।

सुरुमा त रिता पनि अन्कानाएकी थिई। तर रात भरि सोची होला अब सन्दिपसँग गयो भने पुरै स्क्राचबाट सुरु गर्न पर्यो जिवनलाई।  काम गर्न पर्यो। कलेज सक्न पर्यो। पिआर पाउने कहिले हो कहिले। फेरी के ठेगान आँखा झिमीक्क गर्दा ईमिग्रेसनको नियममा आउने फेरबदलले कति बर्ष त्यहि पिआरको लागि ढाड सेकाउन पर्ने हो। यता मुखमा आएको आहारालाई कसरी छोड्ने। हातमा छ पिआर। 

अन्तत: दश बर्षको प्रेम, सँगै जिउने मर्ने बाचा, सुख दुख दुवैलाई सहर्ष स्विकार्ने कसम सबैलाई आभुती दिदै राम्रोसँग नदेखेको, कस्तो चालचलन अतोपत्तो नभएको पिआरवालासँग बिवाह गर्न राजी हुन्छे र सन्दिपलाई साईड लगाउँछे। सन्दिप पनि जिवनको मिठो पुराना यादलाई भुलाउँदै भिषाको प्रतिक्षामा हुन्छ। यता रिताको बिवाह हुन्छ उता सन्दिपको बिधार्थी भिषा लाग्छ। उता रिता पिआरवाली हुन्छे। सन्दिप भविस्यको लागि सङ्घर्ष गरि रहेको हुन्छ।

यसरी आजकाल कैयौका गहिरो मायाँ पिआरवालाको मिठो गफमा छिनभरमै तुही रहेका छन् एक्कै चोटा पिआरवाली बन्ने सपनामा। 

नोट: कसैको यथार्थसँग मेलखान गएमा केबल सम्योग मात्र सम्झनु होला।

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Manoj Poudyal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

Manoj Poudyal