eNepal

लघुकथा:सन्तान

बिहे गरेको बाह्रबर्ष सम्म पनि बच्चा नहुँदा राधाले सहनु पिडा सहिन्।सासुले”त बाँझी माईतिमा गएर बस्”भन्ने श्रीमानले अर्कि बिहे गर्छु त पोईला जा”भनेर कुटपिट गर्ने।गाउँलेहरु “निसन्तान लाई देखेर साहित परेन भनेर घोँचपेच गर्ने जनतन आफुलाई समालेर जिएकी राधालाई एक दिन जुम्ल्याहा छोरा जन्मिए।

घरपरिवार र श्रीमानले माफी माग्दै राधालाई निकै माया गर्न थाले।ईन्डियन आर्मीका जागिरे श्रीमान छुट्टीमा आएका थिए।दुई महिनाको छुट्टीमा रहुन्जेल राधाको निकै स्याहार गरेर उनी ईन्डिया फर्किए।गएको एक हप्तामा गोलि लागेर दल्जितको मृत्यु भयो।त्यो खबरले राधा निकै रोईन्।”बाउ टोकाहा सन्तान जन्माई भनेर सासू ससुराले फेरि उहि यातना दिन थाले।सुत्केरी शरीर यातना सहन नसकेर उनी छुट्टै बस्न थालिन्।

जनतन दुईछोरालाई हुर्काएर पढाईन् ,बढाईन् र जवान बनाईन्।

एक दिन राधा निकै बिरामी परिन्।अस्पतालमा जचाँउदा उनलाई पाठेघरको क्यान्सर भएको रहेछ।पहिलो अबस्था भएकोले अप्रेसन गरे ठिक हुने कुरा डाक्टरले जानाकारि गराए पछि उनको अप्रेसन गरियो।केही समय अस्पताल राखेर राधालाई घरमा ल्याईयो।आफू रोगी भएको र छोराहरु पनि जवान भैसकेकोले राधाले छोराहरुको बिहे गर्ने निधो गरिन्।कान्छो छोराले भर्खर बिहे नगर्ने भनेपछी जेठोको धुमधाम संग  बिहे गरिदिईन्।बुहारी आएपछि आफुले सुख पाँउला भन्ने ठुलो आसा गरेकी राधा अलि समय त छोरा बुहारी संग निकै खुसी रहिन्।

केही समय पछि राधालाई फेरि उहिरोग बल्झियो।उलाई घरमा भन्दा अस्पतालमा धेरै राख्नु पर्ने भयो।सेकाई र किम्बुथेरापि गर्न कहिले ईन्डिया त कहिले नेपाल गराउनु पर्ने हुँदा जेठो छोरा र बुहारी आजित थिए।बुहारी-“तिम्री आमालाई स्याहार गर्न मात्र बिहे गरेका हौ मलाई?क्यान्सर लागेपछि लामो समय बाँच्ने होइन।सम्पत्ति पनि सक्ने ज्यान पनि जाने हो।केही समय बाँचे पनि घर कान्छो कै नाउमा गरिन भने हामी कहाँ जाने हो सोँचेका छौ?”

“न कराउन आमाले सुन्नु होला”।

झ्याल बाट आएको आवाज राधा र कान्छो च्जोराले प्रष्ट सुने।आमालाई तनाब नहोस् भनेर कान्छो छोराले “आमा भोलि हामी ईन्डिया गएपछि निको नहुन्जरी नेपाल आउनु हुँदैन।जाँदा आउँदा खर्च र दुख पनि धेरै हुन्छ।यसपालि म मात्र लिएर जान्छु।उम अर्को कुरा नि आमा!हजुर लाई पुरै निको नहुजरि म बिहे गर्दिन हजुरको दुधको भारा तिर्नु छ मलाई।”

राधा छोराको कुराले जिउने हिम्मत गर्छीन्।

(कथा पनि पढ्ने बानी बसालौँ!हामिले नभोगे पनि आफ्ना र आफन्त ले भोगेका घटना संग मेल खान सक्छ।)

सानू पौडेल

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

Manoj Poudyal

नायक पल शाहविरुद्ध नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा जाहेरी दर्ता

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349