१ वीर अस्पताल क्यान्टिन
वीर अस्पतालको क्यान्टिनले ग्राहकलाई सादा खाना जम्मा ७० रुपैयाँमा खुवाउदै आएको छ । यसैगरी ग्राहकले चिकेन खाना ११० रुपैयाँमा खान पाउने छन् । यहाँको खाना तथा क्यान्टिन सफा र व्यवस्थित छ ।
२ सिभिल अस्पताल क्यान्टिन
सस्तो र सफाखानाका लागि वानेश्वरस्थित सिभिल अस्पतालको क्यान्टिन सबैको लागि राम्रो स्थान रहेको छ । यहाँ सादाखाना ८५, अम्लेट खाना १२५ र चिकेन खाना १५५ रुपैयाँमा खान पाइने होटलको सूचना बोर्डमा उल्लेख गरिएको छ । पर्याप्त ठाउँ भएकाले किचन सफा रहेको छ ।
३ श्री दोलखा दिव्य गेष्ट हाउस एण्ड भोजनालय
काठमाडौंको व्यापारिक क्षेत्र महाबौद्धमा रहेको यस होटलले होटलले सादा खाना ७० र चिकेन खाना १०० रुपैयाँमा खुवाउँदै आएको छ । यसबाहेक ग्राहकले रुची अनुसारका खाना खान सक्दछन् ।
४ विद्युतप्राधिकरणको क्यान्टिन
मानिसहरुको अत्याधिक चाप हुने काठमाडौंको रत्नपार्कस्थित विद्युत प्राधिकरणको क्यान्टिन सबैकालागि सस्तो खाना पाइने स्थानमध्येको एक स्थान हो । क्यान्टिनले जम्मा ७५ रुपैयाँमा सादा खाना खुवाउँदै आएको छ । ग्राहकले सादा खानामा दही खाए भने १ सय रुपैयाँ लाग्नेछ । यसैगरी क्यान्टिनले चिकेन खानालाई एक सय र मटन खानालाई १ सय २५ रुपैयाँमा उपलब्ध गराउँदै आएको छ ।
५ ए टु जेड
काठमाडौंको बत्तीसपुतलीमा रहेको ए टु जेड होटल पनि सुलभ मूल्यमा सफा र मीठो खाना दिन्छ। यहाँ सादा खानाको मात्र ८० रुपैयाँ पर्छ।