प्रख्यात न्युरो सर्जन डा. उपेन्द्र देवकोटालाई नेपाल ल्याइएको छ ।बेलायतस्थित किङ्स कलेज हस्पिटलमा पाँच महिना लामो उपचारपछि देवकोटालाई नेपाल ल्याइएको हो ।
देबकोटाले बाँकी उपचार नेपालमै गराउने इच्छा देखाएपछि उनलाई तीन दिनअघि नेपाल ल्याइएको हो । अस्पतालद्वारा जारी विज्ञप्तिमा अहिले उनको स्वास्थ्य स्थिति स्थिर रहेको र बाँसबारीस्थित न्यूरो अस्पतालमा सघन रुपमा चलिरहेको भनिएको छ ।