eNepal

के सरकार आफैले क्रिकेट स्टेडियम बनाउन सक्दैन? सधै अरुको मुख ताक्ने हो सरकार

नेपालले एकदिवसिय मान्यता पाएपछि अन्तराष्ट्रिय स्तरको क्रिकेट मैदानको आवश्यकता जताततै महसुस भएको छ । यहि अवस्थामा घुर्मुस सुन्तली फाउन्डेसनले आफ्नै पहलमा अन्तराष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउने भनेर नाम पनि तोकिसकेको छन–गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट मैदान । जसका लागि उनिहरुलाई सहयोग हस्तान्तरणपनि सुरु भइसकेको छ । निजी क्षेत्रले बनाएपनि नेपाललाई सुविधासम्पन्न क्रिकेट मैदानको आवश्यकता हो । तर के यो सम्भव छ त भन्ने प्रश्न आफैमा छ ।

यता सरकारले पनि धुर्मुस सुन्तली फाउन्डेसनलाई राम्रो काम भन्दै सहयोग गर्ने भन्ने समाचार बाहिर आएपछि सोसियल मिडियामा नेपाल सरकारको निकै आलोचना नभएको होइन । तर नयाँ पुर्वाधार बनाउन जति समय लाग्छ त्यो बेलासम्म भनिएको पुर्वाधार सकिएला त भन्ने अर्को प्रशंग छ ।

तर नेपालमा जतिपनि क्रिकेट पुर्वाधार छन तिनीहरुको अवस्था निकै टिठ लाग्दो अवस्थामा रहेका छन । अन्तराष्ट्रिय मैदान चाहियो भन्ने समर्थकको विमानस्थलको नारा धरैको काममा अझै पनि गन्जिरहेको होला । नेपालमा देशभरका पुर्वाधारको त कुरा छोडौ अन्तराष्ट्रिय भनिएको किर्तीपुर क्रिकेट मैदान नै लाजमर्दो अवस्थामा छ ।

 भनिने हो भने किर्तीपुर मैदानमा धरै अन्तराष्ट्रिय खेलहरु भएका छन, तर अरु विकल्पमा मैदान नभएपछि । घरेलु प्रतियोगिता सबै यहि मैदानमा हुने त्यसमा पनि अफसिजनमा यसको उचित सम्रक्षण नुहने, यतिसम्मकी किर्तीपुुर मैदानको बाहिरी भाग (आउटफिल्ड) नै निकै मर्मत गर्ने बेला भएको छ भने पिचलाई पनि नयाँ बनाउनु पर्ने अवस्था छ । यतिमात्र होइन मैदानमा नयाँ घाँसलाई उमारेर स्वरुप नै परिवर्तन गर्ने बेला भएको छ ।

मैदान अन्तराष्ट्रिय स्तरको भन्ने तर मैदानमा बिजुलीको लाई नभएको ४ बर्ष भइसक्यो । पानीका लागि दुई बर्ष अगाडीमात्र बोरीङ गरिएको थियो । यसमा कप्तान पारस खड्का भन्छन, अलिकती लगानी थप गरेमा यो मैदानको अवस्था निकै राम्रो हुने थियो ।

किर्तीपुर मात्र होइन पुल्चोक इन्जिनियरीङ मैदानमा पनि एसीसी स्तरका प्रतियोगिता नभएका होइनन् । तर अहिले यो मैदान पुर्णरुपमा घाँसे मैदान भएको छ ।

अब कुरा गरौ मुलपानी मैदानको एक दशक भन्दा बढी समय देखि चर्चामा रहेको मुलुकपानीको माथिल्लो मैदान बल्ल खेल्न योग्यमात्र भएको छ । केही रकम खर्च गरेमा यो मैदानमा भविष्यमा राम्रा प्रतियोगिता पनि आयोजना गर्न सकिने अवस्थामा पुगेको छ । एशियाली सेन्टर क्रिकेट एकेडेमी बनाउने भनिए पनि आन्तरिक विवादका कारण त्यो योजना खोसिएको थियो । पछि नेपाल क्रिकेट संघ क्यानको तत्कालिन नेतृत्वले राष्ट्रिय क्रिकेट एकेडेमीका लागि भन्दै काम शुरु गरेको थियो । जुन समय एशियाली क्रिकेट परिषद् एसीसीले तीन र नेपाल सरकारले चार गरि सात करोड रुपैयामा लगानी गरेको थियो ।

यो मैदानमा निकै धरै काण्डहरु भए । कहिले बालुवा ओसारपसारमा विवाद त कहिले पर्खाल र तारजाली लगाउनेमा । तर जेहोस खेलाडी र कामगर्ने इच्छाशक्ति भएका ब्यक्तिको पहलमा बल्ल यो मैदान खेल्न योग्य भएको हो ।

काठमाडौमा मात्र होइन देशबाहिरका आठ स्थान क्रिकेट मैदान छन । तर सबै जिर्ण अवस्थामा । योजना अनुसार सबै ठाँउमा अहिले सम्म मैदान पूर्ण प्रयोगमा आउनु पर्ने हो । तर सबै स्थानमा योजनाले पूर्णता नपाएको मात्र होइन, बनेका केही संरचना पनि मक्किन थालेका छन् ।

तीन बर्ष अगाडी नै काम सक्ने भनेर झापा पनि क्रिकेट मैदानको काम भयो । तर पदाधिकारी परिवर्तनसँगै झापाको क्रिकेट मैदान निमार्ण कार्य अलपत्र छ । मेची क्याम्पसको मैदान क्यानले २५ बर्षका लागि भाडामा लिइ दश लाख रुपैया खर्च समेत गरेको थियो । तर अहिले क्याम्पसले नै सम्झौता रद्द गर्ने अवस्थामा पुगेको छ ।

मोरङको वैद्यनाथमा पनि क्रिकेट मैदान अझै बजेको पर्खाईमा रहेको छ । सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता ताका यो मैदानमा क्रिकेट खेल आयोजना भएको थियो । तर धुलाम्य मैदानमा । ढेड करोड रुपैयाँजति रकम यो मैदानमा सकिएको छ । तर अझैपनि पुर्णता पाउन सकेको छैन ।

 मुलपानि पछि धेरै रकम खर्च भएको भैरहवा स्थित मैदानको हालत पनि उस्तै छ । भैरहवाको मैदानमा एक ब्लकमा खेलाडी बस्ने स्थान बनेको छ । तर मैदानको वरिपरी पेभेलियन बनाउने भनेर यसै आर्थिक बर्षमा १ करोड ५० लाख रुपैयाँ विनियोजन भएकोमा फ्रिज भएको थियो ।

वीरगञ्जमा लाखौ रुपैयाँ खर्च भइसकेको छ । यहि मैदानबाट क्रिकेट सुरुगरेका आरिफ शेख हाल राष्ट्रिय टिममा छन तर उनि आफै अहिले मैदानमा पुग्दा टिठ मान्छन । कारण मैदानको हालत दिनदिनै जिर्ण बन्दै गएको छ । रकम खर्च गरेर लगाइएको तारजाली पनि भत्किएको छ भने मैदानमा गाइबस्तू गएर बसेका हुन्छन ।

मुलुकका अन्य स्थानको तुलनामा पोखरामा भने काम केही छिटो भएको थियो दुई बर्ष अगाडीसम्म । तर उचित बजेट नुहँदा पोखराको मैदान पनि जस्ताको त्यस्तै छ । देशभरका मैदानलाई एकिन योजना बनाएर फेरीपनि लगानी गरेमा नेपालमा देखिने गरिनै राम्रा मैदान तयार हुनेछन । तर त्यसका लागि सबैपक्षहरु मिलेर अगाडी बढ्ने की ?

साभारः क्रिकनेपाल

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349