हिजो शक्रबारबाट प्रर्दशन भएको अभिनेत्री केकी अधिकारीद्धारा निर्मित तथा अभिनित चलचित्र कोहलपुर एक्सप्रेसले अपेक्षाकृत ब्यापार गर्न नसकेको समाचार प्राप्त भएको छ ।
हरेक निर्माताहरुले आफ्नो चलचित्र सुपरहिट हुने अनुमान लगाएका हुन्छन् । त्यस्तै केकीले पनि आफुले पहिलो पटक निर्माण गरेको यो चलचित्र सुपरहिट हुने अनुमान लगाएकी थिईन् । तर बिडम्बना उनको यो चलचित्रले सुपरहिट त टाढाको कुरा औसत ब्यापार गर्न पनि नसकेको चर्चा चलेको छ ।
चलचित्रका लागी शनिबार सुनौलो दिन हुने गर्दछ, त्यस माथी नेपाली चलचित्रले अली राम्रो सँग दर्शक पाउने भनेको एउटा शनिबार मात्रै हो । हिंजोबाट प्रर्दशन भएका सबै चलचित्रले हिंजो बेलुका देखी परेको वर्षाले गर्दा न्युनतम् दर्शक पनि पाउन नसकेको बताईएको छ ।
त्यसो त नेपाली चलचित्र क्षेत्रले केकीलाई अनलक्की हिरोईनको रुपमा पनि लिने गरेको पाईएको छ । उनले चलचित्रमा उत्कृष्ठ काम गर्दा गर्दै पनि उनका कुनै पनि चलचित्रले हलमा राम्रो सँग दर्शक पाउन नसकेको प्रसस्तै उदाहरण छन् ।
कोहलपुर एक्सप्रेसलाई बलिउडको चलचित्र मुम्बई एक्सप्रेसको कपि गरेको भनेर आरोप पनि लागीरहेको छ ।
विशाल भण्डारीले निर्देशन गरेको यो चलचित्रमा केकी सँगै प्रियंका कार्की,ऋचा शर्मा,बुद्धि तामाङ्ग,कुसाग्र भट्टराई लगायत कलाकारले अभिनय गरेका छन् ।