eNepal

एउटा बिधार्थीको अस्ट्रेलीयामा कमाई यस्तो छ, बास्तबिकता यहि हो

एउटा बिधार्थीले बिस देखी पच्चिस लाख लगानी गरेको हुन्छ अस्ट्रेलीया आएर पढ्नको निम्ती। कसैको पनि घरमा खन्खन्ती बिसलाख रुपयाँ क्यास हुँदैन अपबाद बाहेक। यताउता आफन्त, साथीभाईलाई गुहार्नै पर्छ। यदि नगुहार्ने हो भने बैंक जिन्दाबाद छदै छ। बैंकले धितो राखेपछि पत्ताई हाल्छ। खैर जे होस् कम्तीमा पनि पन्द्र लाखको ऋण थाप्लोमा भिरेर एउटा बिधार्थी उच्च शिक्षा अध्ययन गर्ने बहानामा होस वा सङ्कल्पमा ठुलो सपना बोकेर अस्ट्रेलीया छिर्छ।

अस्ट्रेलीया छिरेसँग बस्ने टुङ्गो लगाउनु पर्छ। धेरैले नेपालबाट च्यानल मिलाई सकेका हुन्छन्। कतिका आफन्त हुन्छन् अनि कतिका साथीभाईहरु। आएको केही दिन हप्ता तिनै आफन्त साथीभाईका घरमा कोही बैठकरुममा त कोही साथीसँगै कोठामा सेयर गरेर बस्छन्। कोठा एक्लै लिएर बस्नलाई महङ्गो पर्छ त्यसैले भरिसक कोही साथीसँग सेयरिङमा बस्छन्। कोठाको भाडा कम्तिमा पनि छसय पर्छ आजको समयमा यदि तपाई अस्ट्रेलीयाको मेल्बोर्नमा बस्नु हुन्छ भने। यो पैसा ठाउँ हेरेर बिभीन्न स्टेटमा फरक हुन्छ र तिर्ने तरिका पनि फरक छ। कतै मासिक तिर्न पर्छ त कतै हप्ताको तिर्न पर्छ।

कोठामात्रै भएर भएन ओच्छ्यान चाहियो। धेरैलाई थाहा हुँदैन सस्तोमा पनि सेकेण्ड ह्याणड म्याट्रेस पाईन्छ। महङ्गो पैसा हालेर किन्छन्। तर कामदाम नभईकन किन महङ्गो किन्ने। सस्तोमा सेल्भेसन स्टोर, डिमीज अनि च्यारिटीको लागि खोलीएका पसलमा सस्तोमा सामानहरु पाईन्छ। भन्दिने र सल्लाह दिने मान्छे भएन भने पनि अस्ट्रेलीयाको सुरुवातीको बसाई महङ्गो पर्न सक्छ। खाने कुरा देखि भाँडा बर्तन सबै सस्तोमा पनि पाईन्छ तर थाहा नहुन सक्छ। कोल्समा चार डलरमा पर्ने टमटर ठाउँठाउँमा खोलीएका खुल्ला तरकारी पसलमा दुई डलरमा पनि पाउँछ। यथार्थ बुझाई दिने मान्छे भएन भने पनि महङ्गाईमा परिन्छ। फेरी कोही छैन ह्या गएर केही दिन लज व व्याकपेकरमा बस्छु भन्नु भयो भने नेपालबाट ल्याएको पैसा उत्तिखेरै स्वाहा नहोला भन्न सकिन्न।

एउटा बिधार्थीले बैधानीक रुपमा हप्ताको बिस घण्टा काम गर्न पाउँछ। तर धेरैले त्यो भन्दा बढिनै काम गरेका हुन्छन्। कतिले क्यासमा पनि गर्छन्। तर सरकारी निती र नियममा परिबर्तन हुँदै जाँदा ट्याक्समा बढि काम गर्न पनि डर हुँदै गएको छ। क्यासमा मात्र काम गरेमा पनि डर हुन्छ र बिधार्थी भिषामा ट्याक्समा  बढि काम गरेमा पनि डर हुन्छ। आजकाल धेरै ट्याक्समा कामगर्ने हरुलाई ईमिग्रेसनले चेतावनीको पत्र पठाउन थालेको सुन्नमा आएको छ। बिचार गरेर काम गर्नै पर्छ।

प्रायले आजकाल आउँदै एक बर्षको कलेजको फि तिरेर आउँछन् जुन एकदमै राम्रो कुरा हो। कमसेकम त्यो एक बर्ष कलेजको फिको तनाब कम हुन्छ। तर बेलैमा अर्को बर्षको फि जोह गर्न तिर लागेन भने मिलिक्क बित्ने अस्ट्रेलीयाको समय गएको पत्तो नपाईकन कलेजको फि बुझाउने दिन आउँछ। सेमेस्टरको दस हजार देखी माथी हुन सक्छ। त्यो जोह गर्नलाई धेरै बिधार्थीलाई गार्हो हुने गरेको छ। नसकेर कतिले त नेपालबाट पनि मगाएर तिरि रहेका हुन्छन्। यदि नेपालबाट पेल्न सक्नेका लागि त खासै गार्हो नहोला तर नसक्नेको लागि भने ठुलै कसरत गर्न पर्छ। 

आउँदाको ऋण पनि अलि अलि घटाउनै पर्छ। नत्र घरगाउँले होईन अस्ट्रेलीया गएको यतिका महिना भयो के गर्छ हौ। काम गर्दैन कि क्या हो भनेर कुरा काटेको तिनै कानले सुन्न पर्छ। यसो अलिअलि गरेर जोह गरेको पैसा फलानोले लास्टै तनाब दिएका छन् हौ भनेर घरबाट फोन आउँछ अनि पठाउनै पर्यो।

चाडबाड आउँछन् आमाको मुख हेर्ने, बुबाको मुख हेर्ने, तिहार, दशै। भाई बहिनीलाई कहिले काँही खर्च त्यो पनि मिलाएर पठाउनै पर्यो। 

एउटा बिधार्थीले अक्सर महिनाको यति कमाउँछ ट्याक्समा

२० घण्टा काम @$१९ ले जम्मा महिनामा असि घण्टा काम गर्छ भने उसले $१४४० कमाउँछ।यो देखी बाहेक क्यासमा पनि काम गरेमा ल मानौ दुई हजार कमाउँछ। अब रिक्स लिएर दुई ठाउँमा ट्याक्समा काम गरेको छ भने अलिक बढि कमाउँला तर आजकाल त्यसरि काम गर्न पनि डरनै छ। धमाधम ईमिग्रेसनले चिट्ठी पठाउन थालेको छ। पहिलो चोटी चेतिवनी दिन्छ, यदि हेलचेक्राई गरेमा दोस्रो चोटी डिपोटनै हुने सम्भावना बढि हुन्छ। फेरी अर्को कुरा ट्याक्समा काम गर्दा पाईने सँचयकोष, बिमा लगाएत आय सँरक्षणका सुबिधा पनि पाउन सकिन्छ।

ट्रान्सपोर्टमा केही नभएको दुई सय डलर लाग्छ तर ठाउँ हेरर। कतै कम लाग्ला त कतै बढि। बत्ती पानी ग्याँस ईन्टरनेटको सरदर घरका सबै जनामा भाग लगाउदा एकजना एकसय पचास देखी दुई सय त्यो पनि ठाउँ र उपयोग अनुसार फरक हुन्छ।

आउने बित्तिकै काम होस् या नहोस् सवैलाई आईफओन र सामसुङ्का लेटेस्ट भर्सन लिन मन लाग्छ। पासपोर्ट र सिवई देखाएको भरमा दिईने फोन बोक्ने रहर सबैलाई हुन्छ। त्यसको लागि पनि हरेक महिना कम्तीमा सय डलर जति छुट्याउन पर्छ। खानलाई सरदर नेपालीले एकछाक मात्रै घरमा खान्छन्। मज्जाले मासु र भात खाए पनि एक महिनामा दुई सय डलर सकिन्छ। तर यो पनि जाँगर र सवाद अनि जिब्रो अनुसार फरक हुन्छ।

दारू अनि क्लबिङ गर्न बानी छ भने फरक हुन सक्छ खर्च। तर प्राय बिदेश आएपछि केही स्वतन्त्र भईन्छ र साथीहरुको लहलहैमा जान तत्पर हुन्छन् जसको खर्च केही नगर्ने साधुहरुको तुलनामा फरक पर्न सक्छ। 

यि त भए सामान्य र अनिबार्य खर्च र अहिलेको अस्ट्रेलीया सिनारियो। यदि घरबाट दुई बर्ष चुपचाप भएर कुनै समस्या नदेखाई कन निस्फिक्री पढन दिए खासै समस्या नहोला। धेरैले जसोतसो तिरोभरो गरेर आफै खर्च जुटाएर पनि आफ्नो अध्ययनलाई निरन्तर गरिरहेका छन्। केहीले नसकेर नेपालबाट पैसा मगाएर पनि पढि रहेका छन्। कति टिक्न नसकेर स्वदेश फर्किएका छन्। थोरै भाग्य पनि हो काम फ्याट्ट पाउँछन् गर्छन् जिउन सहज हुन्छ, कतिले महिनौ काम खोज्दा पनि पाएका हुँदैनन्। यो सब आफुमा भर पर्ने कुरा हो। यो बुझ्न पर्यो काम खोज्दै घर र ओच्छ्यान सम्म आउँदैन, आफैले मेहिनेत गर्नै पर्छ।

बिचार गर्नु होस्, फड्को मार्नु भन्दा अगाडी सोच्नुहोस्, सोध्नुहोस्। सकिन्छ ल्यापटप, मोबाईल फोन छ र राम्रै अवस्थामा छ भने ल्याएको राम्रो। आफ्नो हैसियत हेर्नु होस्। दश बर्ष अगाडीको भन्दा धेरै फरक भई सक्यो अस्ट्रेलीया। हामफालेर पछुताउनु नपरोस्। तर जोडीको मामला भने फरक हुन सक्छ। सबैको अस्ट्रेलीयाको यात्रा सुमधुर रहोस्। 

Related posts

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

Manoj Poudyal

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

लकडाउनको कारण डेन्टल नर्सको जागीर गए पछि जन्मियो “लुमन्ती”

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349