eNepal

विदेश बस्ने नेपालीलाई इमेलबाटै पुलिस रिपोर्ट उपलब्ध गराईने

विदेशमा रहेका नेपालीहरुका लागी आवश्यक परेमा प्रहरी चारित्रिक प्रमाणपत्र इमेलबाटै उपलब्ध गराइने भएको छ । प्रहरी प्रधान कार्यालयले सोमबार प्रेस विज्ञप्ती जारी गर्दै विदेशमा रहेका नेपालीहरुका लागी आवश्यक पुलिस रिपोर्ट इमेलमार्फत आवेदन दर्ता गरेर इमेल माफर्तनै विदेशमा उपलब्ध गराउने जानकारी दिएको छ ।

प्रहरी प्रवक्ता (डिआईजी) मनोज नेउपानेद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘विदेशमा आवश्यक पर्ने प्रहरी चारीत्रिक प्रमाण–पत्र सहज रुपमा उपलब्ध गराउन प्रहरी प्रधान कार्यालय चालचलन शाखाको इमेल [email protected]  मार्फत आवश्यक कागजात सहित आवेदन दर्ता गरी सम्बन्धित ब्यक्तिको इमेल मार्फत नै प्रहरी चालचलनको प्रमाण–पत्र विदेशमा नै उपलब्ध गराउने गरी इमेल सेवा सञ्चालन गरिएको छ ।’

त्यस्तै, प्रहरी प्रधान कार्यालयले पुलिस रिपोर्टको फारम संकलन गर्नका लागि काठमाडौं उपत्यकामा दुईवटा केन्द्र थप गरेको छ । प्रहरी प्रवक्ता मनोज नेउपानेका अनुसार अब महानगरीय प्रहरी वृत्त कालिमाटी र महानगरीय प्रहरी वृत्त गौशालामा पनि पुलिस रिपोर्टका लागी फारम बुझाउन र रिपोर्ट लिन सकिनेछ ।

 यसअघि काठमाडौं उपत्याकाका चार स्थान महानगरीय प्रहरी कार्यालय रानिपोखरी, महानगरीय प्रहरी परिसर ललितपुर, महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट पुलिस रिपोर्टको फारम संकलन र वितरण हुँदै आएको थियो ।

उपत्यका बाहिर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर, ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडा, ४ नम्बर प्रदेश प्रहरी कार्यालय पोखरा, संघीय प्रहरी ईकाइ कार्यालय नेपालगञ्ज र संघीय प्रहरी इकाई कार्यालय धनगढीबाट पुलिस रिपोर्ट वितरण हुँदै आएको थियो ।

साभार: रातो पाटी

 

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349