eNepal

जो नेपाल बदल्न लागिपरेका छन्

चैत २८ गते म्याग्दीको आकाशमा एउटा ड्रोन उड्यो। सबैले माथि फर्केर हेरे, धेरैलाई कौतुहल भयो कहाँको फोटो खिच्न आयो यो? तर यो ड्रोन अरु भन्दा फरक थियो, तलपट्टि प्लस लेखिएको बाकस ड्रोनमा झुण्डिएको थियो।

यो ड्रोनलाई राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले म्याग्दिको नागीबाट उडाएका थिए, रोम्चेसम्म। सामाजिक अभियन्ता पुनको राष्ट्रिय आविष्कार केन्द्रले स्वचालित मानवरहित मेडिकल ड्रोनको सफल परीक्षण गरेको छ।

यातायातको सुविधा नपुगेको ठाउँमा सरुवा रोग नियन्त्रणको औषधि पुर्‍याउन पनि घण्टौँ लाग्छ, यस्तो ठाउँमा अब मेडिकल ड्रोनले औषधि पुर्‍याउनेछ। परीक्षण सफल भएको छ, अब चाँडै नै मेडिकल ड्रोनले यातायात सुविधा नपुगेको स्वास्थ्य चौकीमा जहाँ सरकारले तोकेको औषधिको कोटा सकिएपछि औषधि पुर्‍याउँछ।

यसले नागरिकको घण्टौँ हिँडेर औषधि लिनुपर्ने समस्या समाधान गर्नेछ। पुनका अनुसार अबको ४ महिनामा यसले नियमित काम गर्ने छ। अहिले आधा काम मात्र सकिएको छ, अब विभिन्न किसिमका वातावरणमा, उचाइमा यसको परीक्षण गर्न बाँकी छ। अहिले ७ हजार ५ सय फिटमा परीक्षण गरिएको यो ड्रोन अब १० हजार फिट उचाइसम्म पुग्ने गरी परिक्षण गरिने छ।

मेडिकल ड्रोन २० जना नेपालमा बसेका इन्जिनियर र ७ जना विदेशमा बसेका नेपाली इन्जिनियरको टोलीले निर्माण गरेको हो। यो प्रयास देशलाई सहयोग गर्ने रहेको उनी बताउँछन्। ‘संविधानले दिएको अधिकार नागरिकलाई दिलाउन सरकारलाई सहयोग गर्न खोज्दैछु,’ उनी थप्छन्, ‘यसको प्राविधिक काम हामीले पूरा गर्ने, कार्यान्वयन गर्ने काम सरकारको हो।’

मिडियामा धेरै आइरहनुहुन्छ भन्दा उनले हाँस्दै भने, ‘मेरो उद्देश्य मिडियामा आउनु होइन, सायद मेरो कामलाई नागरिकले रुचाइदिएर मिडियामा छाएको हुनसक्छु।’

हुन पनि उनका प्रतिज्ञाहरु सबैको मन छुने नै छन्। विदेशमा भएका नेपाली वैज्ञानिकलाई नेपालमा काम गर्ने वातावरण बनाउने, राष्ट्रिय आविष्कार केन्द्रको निर्माण गर्ने। राष्ट्रिय आविष्कार केन्द्रको काम धेरैओटा दिमागलाई एकै ठाउँमा जम्मा गर्नुपनि हो। यसमा व्यवस्थापकीय पक्ष र आर्थिक पक्ष धेरै अफ्ठ्यारो छ।

आविष्कार केन्द्रले भर्खरै मेडिकल ड्रोन बनायो, केन्द्रले सामाखुसीमा यार्सा गुम्बा खेती गर्ने प्रयोगशाला बनाइरहेको छ। यस्तै पानीमा भएको फोहोर छान्ने र किटाणु मार्ने फिल्टर बनाइरहेको छ, यो पनि दुर्गम गाउँ घर, विद्यालय लक्षित हुनेछ। साथै अहिलेका स्थानीय निकायका जनप्रतिनिधिसँग आफ्नो क्षेत्रमा प्रविधिको विकास गरी विकासतिर लम्कने बाटो खोजी गरिरहेका छन्। विशेषगरी कृषिमा सहजीकरण गर्ने र प्रविधिको सहयोगमा व्यवसायिक खेती प्रणालीको विकास गर्ने विषयमा महावीर लागिपरेका छन्।

सामाजिक अभियन्ता पुनको कामलाई आलोचना गर्नेहरुको पनि कमी छैन। उनलाई महादान अभियान चलाउँदा पैसा कुम्ल्याएर जान्छ भने, नेपालमा आविष्कार सम्भवै छैन पनि भने, पैसा र समयको बरर्बादी नै हो भनेर दुरुत्साहन पनि गरे। यस्ता टिप्पणीले पुनलाई अझै शक्तिशाली बनायो। आफ्नो आलोचनाको बारेमा बताइरहँदा उनको अनुहारमा एक किसिमको चमक थियो। पुन काम सफल हुने कडी आफ्नो काममा अरुले गर्ने आलोचनालाई मान्छन्। उनलाई यसले सकारात्मक उर्जा दिन्छ। उनी भन्छन्, ‘जति खुट्टा तान्ने मान्छे भेटिए, उती कामलाई पुरा गर्ने जाँगर चल्छ।’

उनले आफ्नो कामबाट थुप्रै पदक प्राप्त गरेका छन्, जसमध्यको एक म्यागासेसे पुरस्कार हो। उनले यसलाई बिक्रीमा राखेका छन्। उनी भन्छन्, ‘ती पदक मेरा भित्तामा सजिएका थिए, अनुत्पादक रुपमा। जुन कुरा मैले पहिला नै पाइसके, त्यसलाई कसैले होइन भन्न सक्दैन। यसलाई बेचेमा केही अनुसन्धानलाई सहयोग पुग्ने र यसले राष्ट्रलाई सहयोग गर्छ भनेरमात्रै बेच्न लागेको हो।’

उनी २५ वर्षदेखि यही काममा झुम्मिरहेका छन्। मनमा नै आविष्कार केन्द्र छ यसैमा साधना गरिरहेका छन्। बेला बेला बाधा व्यवधान पनि आइरहेका छन्, पैसा मात्र समस्या देख्दैनन् उनी। बाधा भनेको काम गर्ने मान्छे नेपालमा नहुनु हो। अर्को कानुनी व्यवस्थासँग राम्रो नीति नभएको पनि उनको कामको लागि समस्या हो।

ठमेलमा नेपाल कलेक्सन क्याफे छ, ६ वर्ष अगाडि खोलिएको थियो। बाहिर सिसामा ‘महावीर दाइको रेष्टुरेन्ट’ लेखिएको छ। उनी साँझ ५ बजेतिर त्यही क्याफेमा ल्यापटपमा घोत्लिरहेका भेटिन्छन्।

साभार: देश सन्चार

Related posts

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

Manoj Poudyal

नायक पल शाहविरुद्ध नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा जाहेरी दर्ता

Manoj Poudyal

चर्चित लोकगायक तथा कलाकार जयनन्द लामाको निधन

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349