विश्वकै सबैभन्दा वृद्ध नागरिक जापानीकी नवी तजिमाको ११७ वर्षको उमेरमा निधन भएको छ।
उनको जन्म जापानको अराकी भन्ने ठाउँमा भएको थियो भने फ्रेबुअरी २००२ बाट किकायन नामक नर्सिङ होममा बस्दै आएकी थिईन्। उनको नौ सन्तान रहेको जसमा सात छोरा र दुई छोरी रहेका छन्।उनका लगभग १६० सन्तान रहेका छन्।
दक्षिण जापानस्थित उनी बस्दै आएको नर्सीङ होममा शनिबार उनको निधन भएको सुसुमु योसीयुकी कार्यालयले पुष्टि गरेको छ। उनी जनवरीदेखि अस्पताल भर्ना थिइन्।तजिमाको जन्म सन् १९०० अगस्ट ४ मा भएको थियो।