eNepal

अस्ट्रेलीयामा मुखले ठिक्क पार्ने मात्र धेरै भेटिए (तितो यथार्थ)

बिनय आफ्नै काकाको छोरा यानिकी दाई र भाउजु छन् भनेर ठुलो आशा लिएर अस्ट्रेलीया आयो। हुन त नेपाल छँदानै अस्ट्रेलीया आउने कुरो थाहा पाए पछि घरमा बा आमालाई मिठो गफ नदिएका होईनन्। बा आमा पिर चिन्ता लिनै पर्दैन हामी छौ नि भाईलाई रेखदेख गर्ने। पिर नगरिस्यो हामीसँगै राख्छौ कामको लागि पनि बुझि दिई हाल्छौ। खासै सामानपनि ल्याउन नलगाई स्योस्। यतै सबै सस्तोमा हामी लगेर किनी दिई हाल्छौ। यत्ति मिठा गफ थिए कि लाग्थ्यो मैले दाई भाउजु चाँहि पाएको रहेछु। एकदमै ख्याल गर्ने हुनु हुँदो रहेछ। बिदेशमा त कसैको बाल दिदैन भन्थे सब हावा रहेछ। लौ ढुक्क भइयो दाई भाउजु भए पछि हामीलाई पनि भन्दै आमा बा पनि सन्तोक मान्नु भएको थियो। 

जसोतसो एयरपोर्ट चाहि आउनु भयो त्यो पनि डेढ घण्टा अवेर जवकि बिनयले आफ्नो टिकट अनि प्लेन ल्याण्ड हुने समय तालिका सबै पठाएको थियो। डेढ घण्टा जति अपरिचीत र बिरानो ठाउँमा एक्लै टोलाएर बसे पछि हतार हतार गर्दै हेरन भाई ढिला भयो भाउजुको काम थियो। काममा लिन गएर आईपुग्दा ढिला भयो। आत्ति न त आत्तिएनौ नि। के गर्नु आत्तिए भनेर पनि हुने केही त थिएन। 

हतार हतार गरेर वहाँको कोठामा लैजानु भयो। लिभीङ रुममा लगेज थन्काउन लगाएर लौ भाई जौ बैक खाता पनि खोलौ अनि ट्रेन चड्ने कसरि त्यो पनि सिकाई दिन्छु। मैले एक ठाउँमा कोठा भन्देको छु। भोली देखि त्यहि बस्नु। केही पर्यो भने हामी छँदैछौ नि। 

बिनयलाई चौध घण्टाको प्लेनको यात्रा प्लनको धङ्धङीले छोडेको थिएन। प्लेनमा टुच्च खाएको खाने कुराले पेट के भरिन्थ्यो र। भोक त लागेको थियो। सोचेको थियो दाई भाउजुले खाना पकाउनु भएको होला। गएर पहिला खाना खान्छु। अनि थकाई मारेर भोली देखि के के हो बुझ्ने कुरा सबै बुझ्छु। 

दाईले हतार हतार जाउँ नत्र मलाई काममा जान ढिला हुन्छ भन्दै हतार हतार गरेर बैंक लैजानु भयो। खाता खोल्दिनु भयो। बैकमा पैसा जम्मा गर्न लगाउनु भयो र भन्नु भयो भाई छसय चाँही मलाई दिई राख। तिम्रो रुमको रेन्ट र बोन्ड मैले हाल्देको थिए। कोठा भाडा तिनसय पर्छ। भोली म लगेर छोड्दिन्छु। 

अलिक दिन मसँग पुरानो म्याट्रेस छ त्यहिमा सुत्नु। स्प्रिङचाहि गएको छ। दुईजनाले स्येर गर्न पर्छ रुम। खाना एक्लै खाएनि भयो वा साथीसँग मिलेर खाए नि भयो।बिलहरु आउँदा सबैले भाग लगाएर तिर्न पर्छ। 

बिनय अक्क न बक्क भयो। के कहाँ कसो केही मेसो नभएको बिचरा  दाई र भाउजु देखेर तिन छक्क पर्यो। 

सबै कुरालाई मुन्टो हल्लाउँदै हुन्छको ईसारामा चुप भएर दाईले जे भन्छन् त्यहि गर्यो। केही खानलाई चाँहिने सामान किनाई दिएर दाई काम तिर हुँईकिए भन्दै म आउन राती हुन्छ खाना खाएर सुत्नु। भोली बिहान लगेर तेरो रुममा छोडी दिन्छु भन्दै आफ्नो बाटो तताए।

नेपालमा त बढो मिठो बोलीमा हामी छँदैछौ नि भाईको रेखदेख गर्ने। पिर नमान्नु है बा आमा भनेर बढो फुटानी लगाएका थिए। तर व्यबहारमा आकाश र जमिनको फरक रहेछ। नगर्ने नसक्नेले किन गफ दिनु। आफ्ना कुरा मनमानै राखेर गुपचुप टिभी हेरे। भाउजुले खान बनाईन् खाना खाएँ। खासै दोहोरो गफ पनि भएन। दाईले पाँच बर्ष अगाडी यतै भेटेर डिपेन्डेन्ट बनाएर अनि पछि नेपाल बिहे गरेर ल्याएका रहेछन् भाउजुलाई।खासै देखादेख पनि भएको थिएन। बोलचाल त्यहि अस्ट्रेलीया आउने बेलामा कुरा गर्दा हाई हेल्लो सम्म भएको थियो।

दाई राती कति खेर आए पत्तै पाईएन। बिनय त्यहि लिभीङ् रुममा सिङ्गल म्याट्रेस ओच्छ्याएर सुत्यो। सखारै दाईले लौ हिड भाई तेरो कोठा भन्दै उठाए अनि त्यहि सिङ्गल म्याट्रेस नेपालबाट ल्याएको लगेज गाडीमा हालेर हुईकाएर मेरो लगि भनिएको कोठामा ल्याई दिए। मेरो रुमपाट्नरसँग सानो चिनापर्ची पछि लौ भाई त बस्दै गर केही भयो भने फोन गर्नु भन्दै भोडाफोनको दुई डलरको सिम थमाएर बाटो लागे। साथीसँग भोडाफोनको सिम एक्टिभेट गर्न लगाएर नेपाल फोन गरे। केही भनिन बा आमालाई अनाहकमा चिन्ता लिनु हुन्छ भनेर। 

साथीसँगको सहयोगमा ट्रेन चडेर सिटी जान र आउने भएँ। एकदुई दिन पछि फोन गरे दाई काम बुझ्दिनु है यसो कतै पाईयो भने भनेर सम्झाएँ। ए भाई भई हाल्छ नि म बुझिदिउँला भनेर आश्वासन दिए। नेपालबाट ल्याएको पैसा भईन्जेल त खासै चिन्ता भएन। जब पैसाले ओरालो झर्दै गयो मन पोल्न थाल्यो। सुनेको थिएँ आफैले खोजेर भन्दा पनि कसैको रिफ्रेन्स लिएर वा कसैले भनिदियो भने काम छिट्टै पाईन्छ भनेर। मन आत्तिएर आउँथियो र दाईलाई फोन लगाउँथे। कहिले फोन लाग्दैन थियो त कहिले फोननै उठ्दैन थियो। र पनि अत्तेस लागे पछि आफ्नै मान्छेलाई त सम्झिदो रहेछ। तिनै दाईलाई फोन गर्थे। उठाएर उल्टै भन्थे अझै काम पाएको छैन। आफु पनि खोज। मैले अव चिने जानेको ठाउँमा भनेकै छु। अव खै कहिले बोलाउँछ। अहँ दाईको मुखबाट भाई तलाई कस्तो छ। बस्ने ठाउँ गार्हो सार्हो के छ कहिलै सुनिएन। फोन गर्दा पनि भाई म अहिले काममा छु राख म पछि गर्छु भन्थे तर पछि फोन कहिलै आएन। डराई डराई बिच्केलान् कि भन्दै आफै फोन गर्थे तर केबल सान्तावना मात्र पाउँथे तर सहयोगका शब्द भनेर कत्ति पनि ति मुखबाट पाईएन। दाई त व्यस्त छन् नारी त मनकारी हुन्छन् होला हाम्री आमा जस्तै त हुन नि तिनी भाउजु भनेर सोचेको थिएँ तर सबै हाम्रो आमा जस्ता कहाँ पो हुँदा रहेछन् र मनका गुणी। त्यो माथि पनि हेर्दै टुप्पाबाट पलाए जस्ति रहिछिन्। 

खैर केही छैन आमाले दुध दही र घ्यु खुवाएर हुर्काएका यि पाखुरा छँदैछ, कनिकुथी गरेर भएपनि बोडीङ स्कुल पढाएको टुटेफुटेको अङ्ग्रेजी छँदै छ। हार किन पो खाने हो र। त्यहि हो मान्छे चिन्नु हो चिनीयो। सबै मुखले ठिक्क पार्न मात्र रहेछन् गर्ने भनेको सबै आफैले रहेछ भन्दै मनलाई चित्त बुझाए अगाडीको यात्रामा लागे।

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Manoj Poudyal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

Manoj Poudyal