eNepal

फ्यानहरु पनि कस्ता कस्ता, मायाँको साटो प्रियङ्कालाई दिन्छन् उल्टै धम्कि

अहिलेकी चलेकी नायिका प्रियंका कार्की आफु बस्दै आएको ज्ञानेश्वरस्थित पुख्र्यौली घर छोड्ने तयारीमा छिन् । उनीसँगै उनको सबै परिवार त्यहाँबाट अन्त सर्न लागेका हुन् ।

घर साँघुरो भएको महसुस गरेर बिगत २-३ वर्षदेखि घर साँगुरो भएको महसुस गर्दै घर खोज्ने क्रम निरन्तर चलिरहेको थियो। तर पछिल्लो समय फ्यानहरु घरमै आएर हैरान बनाएपछि यथासिघ्र सर्नुपर्ने अवस्था आएको छ।

‘प्रियंकाले चाहेजस्तो घर भेटिइसकेको भए पनि त्यो कुन ठाउँमा हो भन्ने भन्ने खुलाउन मानिनन् ।

‘अब त म चेतिसकेँ, आफ्नो घरको एड्रेस सार्वजनिक गर्दिन,’ उनले भनिन् ।

उनलाई भेट्न भन्दै धेरै अपरिचित व्यक्तिहरु घरमै आउने गरेका छन् । तीमध्ये एक जनाले त हदै गरे । आफूलाई फ्यान बताउने ती व्यक्ति बारम्बार घरमा आएपछि प्रियंकाका बाबुले आइन्दा नआउन सम्झाए । तर, उनले टेरेनन् ।

करिब एक महिना अगाडि उनी एउटा चिठी नै बोकेर आए । त्यो चिठी प्रियंकाको घरमा काम गर्ने दिदीलाई छोडेर गए । चिठी खोलेर हेर्दा त्यहाँ चेतावनीयुक्त सन्देश रहेछ ।

प्रियंकालाई सम्बोधन गर्दै उनले चिठीमा लेखेका छन्, ‘म तिमिीलाई धेरै माया गर्छु । तर, मैले पटक-पटक प्रयास गर्दा पनि तिमीले भेट गर्न चाहिनौ । अब यसको नतिजा राम्रो हुनेछैन ।’

सो चिठी पढेर प्रियंका र उनको परिवार चिन्तित बनेका छन् । पछि उनले दुख दिन सक्ने बुझेर बाबुले कमल पोखरी प्रहरीलाई स्ट्यान्डबाई राखेको प्रियंकाले बताइन् ।

‘म आफ्ना फ्यानसँग भेट्न अनिच्छुक होइन, तर ती व्यक्तिको इन्टेनसन गलत देखियो,’ प्रियंकाले भनिन्, ‘भेट्ने नाममा फ्यानहरु घरमै आएको पनि त ठिक होइन नी ।’

उनले अब सामान वा कार्ड डेलिभरीको लागि आफ्नो एड्रेस दिन छोडेको बताइन् ।

‘कि बुवाको अफिसको एड्रेस दिन्छु कि मेगा बैंक (रविना देशराजको अफिस) मा पठाइदिनुस भन्छु,’ उनले भनिन् ।

साभार: अनलाईन खबर

Related posts

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

Manoj Poudyal

लोक दोहोरी “खोलीको पानीमा” मेल्बर्न निवासी अन्जु अधिकारीको अभिनय

Manoj Poudyal

नायक पल शाहविरुद्ध नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा जाहेरी दर्ता

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349