eNepal

खै त नेता ज्यु यहि हो नयाँ नेपाल !

हुन त तपाईहरु ठुला बडा एउटा गरीमामय पद धारण गरेर बस्नु भएकाहरुलाई मेरो यो कुरा सामान्य लाग्न सक्छ तर गरिबीका रेखा मुनी बसेका ९० प्रतिसत जनताको लागि जटिल कुरा हुन सक्छ। कुरो बडाई चडाई गर्दीन, बिसयगत कुरो तिरै छिर्छु। नेपाल भनेको काठमाण्डौ मात्र होईन, देशको ८० प्रतीसत मानिस काठमाण्डौ बाहिर बस्छन् जो अहिले पनि गरीवीको रेखा मुनी छन्। ठुला ठला प्राईभेट हस्पीटलपनि नखुलेका भने होईनन् तर यी हस्पीटलहरु गरिबको पहुँच भन्दा धेरै परका हुन्छन्।

nepal_waving_flag_640रोग र बिमारले के गरिब के धनि कहिल्यै भन्दैन। होला हुने खाने र पैसाका पहुँच हुनेले महङ्गा महङ्गा अस्पतालमा जचाउँलान् , सेवा सुबीधा लिदाँ हुन्। तपाईहरु नेता भनौदाहरु गरिबको कर चुसेर साधारण स्वास्थ्यमा गडबड भयो भने अमेरीका र लण्डन जानुहुन्छ त्यो पनि जम्बो टोली बोकेर।देसको ढुकुटीमा मोज गर्नुहुन्छ।एउटा गरीबले बर्ष भरि दुःख गरेर जोगाएर ल्याएको जाबो एउटा टेलीभीजनमा तेती धेरै कर लगाउनु हुन्छ अनि बिधार्थीले आफु पढेर जोगाएर पठाएको रकमको रेमीट्यान्सले पेट भर्नु हुन्छ।

धन्य हुनुहुन्छ माननिय ज्युहरु गरिबको खुन र पसीनामा होली खेल्न पल्किनु भएका तपाईहरु।

नेता ज्यु तपाईलाई सुन्दा अचम्म नलाग्ला तर म जस्ता लाखौ देश भक्तहरुलाई अचम्म लाग्नु स्वभावीक हो।कुरो बाजुराको हो ,२२ बर्षकी बसन्ती श्रेस्ठ अत्याधिक रक्तश्रापका कारण अस्पताल आउँदा असपतालमा रगतको अभाव हुन्छ, ८ महिनाकि गर्भवती बसन्तीको लागि रक्तसंचार बैंक जाँदा रगत हुन्न।अत्याधिक रक्तश्राबको कारण पेटको बच्चालाई बचाउन सकिन्न।आमालाई त कसैगरि पनि बचाउनको लागि हार गुहार गर्दा कोही नभेटे पछि डाक्टर स्वयमले रगत दिन्छन् र अरु स्वास्थ्यकर्मीलाई रगत दिन प्रोत्साहन गर्छन।त्यसले नि नपुगे पछि आर्मीको गुल्मसँग मद्दत माग्छन र पाँच जना सैनीकले रगत दिन्छन र अन्त्यमा मृत्युको मुखबाट फर्किन्छीन्।

बसन्ती श्रेस्ठ त भाग्यमनी भईन पेटको बच्चालाई गुमाउँदा गमाउँदै पनि आफु बच्न सफल भईन्।डाक्टर र स्वास्थयकर्मी अनि सैनीकहरुको मानबीय गुणको कारणले। यो त एउटा केवल उधाहरण मात्र हो। यस्ता घटना जसलाई म त जघन्य अपराध सरह मान्दछु र यस्ता घटना घटाउने नीति नियम र देशको शासण सत्ता चलाएर बस्ने सबैलाई ठान्दछु। डेढलाख तिरेर हेलीकप्टरमा शैर गरेर रीबन काट्दै सिलन्यास अनि उद्घाटन गर्न चाँहि तछाड मछाड गर्नु हुन्छ अनि मुख्य समाचारको हेडलाईन बन्दैमा दङ्ग पर्नु हुन्छ तर हर बखत मृत्यसैयामा छट्पटाउने ती दुरदराजका गरीब जनताको स्वास्थ्यमा किन खेलबाड गर्छौ।

कोही स्लाईन पानीको अभावमा , कोही औषधीको अभावमा, कोही अस्पतालको लापरबाही त कोही सहि रोग पत्ता नलागेर मृत्य भएका समाचार आउँछन्। यति मात्र नभएर नक्कली डाक्टरको बिग्बिगी अनि अपरिपक्क डाक्टरको कारण दिनहुँ जसो मृत्युका खबर नआएका पनि होइनन्।

ए मन्त्री ज्यू , सरकार, राजनितीज्ञ, स्वास्थ्य बिभाग अनि सरोकारवालाहरु किन मानिसको अतिनै आवश्यकिय बस्तु स्वास्थ्य सेवामा यति धेरै लापारवाही गर्छौ? स्लाईन पानीको अभावमा कसैको मृत्यु हुन्छ भने यो दोष पिडीतको कि सरकारको, अप्रेसनको गल्तीले हात भाँचिदा कोहीको मृत्यु हुन्छ भने यो गल्ती कस्को।के को आधारमा डाक्टरको पगडी दिएका छो, पैसा वा योग्यता र अनभव! किन यस्तो जटील बिषयमा गहन भएर सोच्दैनौ।के जनता भनेका तिम्रा बलीका बोका मात्र हुन। चाहिने बेला उचालेर जिन्दाबाद र मुर्दाबादका नारा लगाएर झण्डा बोकेर हिड्न अभिप्रेरीत गर्ने अनि नचाँहिदा कुकुर मरे भन्दा पनि निच भनेर हेप्ने। मैले भर्खरै मात्र समाचार पढे कि काठमाण्डौका रगत बैंकमा रगतका पोकाहरू कुहिरहेका छन् रे तर हुम्ला, जम्ला, बाजुरा र कालीकोटमा खुन नपाएर कैयौ मानिसहरु अकालमा ज्यान गुमाई रहेका छन्। यस्तो किन भईरहेछ। के तिमीले देखेको नेपाल भनेको काठमाण्डौ मात्र हो।देसको त रगत चुसेर कङ्काल बनाईसक्यौ अब गरीब जनताको खुनमा पनि आँखा लगाउछौं। धिक्कार छ तिमीलाई।

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Manoj Poudyal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

Manoj Poudyal