eNepal

अन्तर्राष्ट्रिय उडान रातिको समयमा सार्न पाईलटहरुको माग

देशकै एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको समय साढे २ घण्टाले बढाउने तयारीसँगै थपिने समयमा उडान र अवतरणको व्यवस्था मिलाउन हवाईसेवा प्रदायक कम्पनीहरूलाई आग्रह गरिएको अधिकारीहरूले बताएका छन्।

समय थपिएसँगै विमानहरूको अवतरण र उडानमा हुने गरेको ढिलाइ क्रमशः कम हुँदै जाने अपेक्षा गरिएको छ।

विमान चालकहरूले चाहिँ अन्तर्राष्ट्रिय उडानहरूलाई रातिको समयमा नसारिए थपिएको समयको औचित्य नहुने बताएका छन्।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरेर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दैनिक ४ सय पटक विमानले अवतरण र उडान गर्ने गरेका छन्।

‘विमानस्थल विस्तारको काम सन् २०१९ भित्र’

प्रक्रिया

उक्त चापका कारण अवतरण र उडान गर्न लामो समय लाग्ने गरेको छ।

अवतरणका लागी आकाशमै कुर्नुपर्ने समय लम्बिँदै गएको गुनासो बढ्दै गएका बेला साढे १८ घण्टासम्म सञ्चालन हुँदै आएको विमानस्थललाई २१ घण्टासम्म सञ्चालन गर्ने निर्णय भएको हो।

त्यसका लागि अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा प्रदायक कम्पनी तथा कतिपय राष्ट्रिय हवाईसेवा प्रदायक कम्पनीलाई थपिएको समयमा उडान सार्न भनिएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताए।

अन्तर्राष्ट्रिय उडानलाई सार्नुभयो भने अवतरणका लागि कुर्नुपर्दैन, तपाईँहरूलाई सहज हुन्छ, अन्य प्रक्रियामा पनि सघाउछौँ भनेर भनेका छौँ। आन्तरिक उडानको ७० प्रतिशतलाई पनि राति लैजाने गरी काम गरिरहेका छौँ।

राजकुमार क्षेत्री, महाप्रबन्धक, त्रिभुवन विमानस्थल

उनले भने, “अन्तर्राष्ट्रिय उडानलाई सार्नुभयो भने अवतरणका लागि कुर्नुपर्दैन, तपाईँहरूलाई सहज हुन्छ, अन्य प्रक्रियामा पनि सघाउछौँ भनेर भनेका छौँ। आन्तरिक उडानको ७० प्रतिशतलाई पनि राति लैजाने गरी काम गरिरहेका छौँ।”

आन्तरिक उडानमा पनि विराटनगर, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थल हाल रात्रिकालीन उडान गर्न सक्ने अवस्थामा रहेको र भद्रपुर एवं जनकपुर विमानस्थललाई पनि रात्रिकालीन उडान गर्न मिल्ने बताउन लागिएको महाप्रबन्धक क्षेत्रीले बताए।

व्यवस्थापन

जसबाट अवतरण र उडानमा हुने गरेको ढिलाइ क्रमशः हट्दै जाने उनको विश्वास छ।

तर अन्तर्राष्ट्रिय विमान सेवाहरूको उडानलाई राति सार्न सके मात्रै थपिएको समयको उपयोग हुन सक्ने यति एयरका विमानचालक रवि कंसाकार बताउँछन्।

उनले भने, “हामी आन्तरिक उडान गर्नेहरू सूर्योदय र सूर्यास्तको समयलाई नै लक्षित गरिरहेका हुन्छौँ। दिनमा आउने त्यत्रो अन्तर्राष्ट्रिय उडानलाई हालको समयबाट रातिको समयमा लैजानुपर्छ। त्यो नभई त उपाय नै छैन।”

थप समय विमानस्थल सञ्चालनका लागि आवश्यक पर्ने जनशक्तिको व्यवस्थापन मिलाउने काम भइरहेको र सुरक्षा, अध्यागमन, भन्सार जस्ता निकायलाई पनि जनशक्ति व्यवस्थापन गर्न मन्त्रायमार्फत भनिएको छ।

हालको योजना अनुसार काम भएमा जेठ ७ गतेदेखि २१ घण्टा विमानस्थल सञ्चालन हुने र धावनमार्गको सुधार सकिए लगत्तै चौबीसै घण्टा सञ्चालनमा ल्याउने विमानस्थल व्यवस्थापन पक्षको योजना छ। (बीबीसीबाट)

 

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349