विदेशमा काम गर्न जाने नेपालीको संख्या घटेको छ।
२०७३ सालमा भन्दा २०७४ सालमा ३५ हजार ५ सय ४० जना कम नेपाली कामको लागि विदेश गएका वैदेशिक रोजगार विभागले जनाएको छ ।
२०७४ सालमा ३ लाख ४२ हजार ४३ जना नेपाली म्यानपावर कम्पनीमार्फत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका वैदेशिक रोजगार विभागका महानिर्देशक भुवनप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार २०७३ सालमा ३ लाख ७७ हजार ५ सय ८३ जना संस्थागत स्वीकृति लिएर विदेशमा काम गर्न गएका थिए।
गएको ५ वर्षदेखि वैदेशिक रोजगारीमा जानेको संख्या निरन्तर घटिरहेको छ।
खाडीका देशमा देखिएको समस्यापछि विकल्पमा नेपालीको रोजाइ मलेसिया बन्न थालेको छ। पछिल्लो समय खाडीका देश साउदी र कतारमा समस्या देखिएपछि ती देश जाने नेपालीको संख्या घटेको छ।