eNepal

अस्ट्रेलीयामा नेपाली माझ बड्दैछ लिभीङ टुगेदरको सम्बन्ध

मेनुका (नाम परिबर्तन) उच्च शिक्षा अध्ययन गर्न भनेर अस्ट्रेलीया आईन्। हेर्दा सुन्दा अनि सम्झदा व्हा क्या भव्य भने पनि अस्ट्रेलीयाको जिवन खासै व्हा टाईपको हुँदैन बिशेष गरेर शुरुका केही बर्षहरु। कलेज जानपर्ने बाध्यता, ढुक्क भएर काम गर्न नपाईने हप्ताको बिश घण्टे ईमिग्रेसनको निती, बस्नेको सँग, एक्लै बस्नलाई पुरै कोठाको भाडा तिर्न एकदमै गार्हो, साथी खोजौ कस्ता पर्छन् पर्छन्। टिमुर्केका साथी रुम पाट्नर पर्ने डर।

सवै भन्दा ठुलो डर कलेजको फी। बार्ह हप्तामा सिद्धीने कलेजको सेमेस्टरले लामो श्वास फेर्न नपाईकन अर्को सेमेस्टरको लागि पैसा जोहो गर्न पर्ने अर्को जटिल तनाब। एक्लै गर्छु सक्छु भनेर आफ्नो शरिरको कुनै बेवास्ता गरेर काम गर्यो तर समयसँग सँगै आएका बिभीन्न अबरोहहरु अनि बाधा र ब्यबधानहरुलाई टाल्दा टाल्दैमा कमाएको पैसा कहाँ जान्छ मेसोनै हुँदैन। 

केही गर्छु भनेर आएकी मेनुकाले आफ्नो बलबुतोले भ्याए सम्म जिन्दगीलाई सहज बनाउन कोसिस नगरेकी होईनन्। कलेज काम र घरको ब्यबस्थापन गर्दा गर्दै पनि अस्ट्रेलीयाको महङ्गी अनि आर्थीक भारलाई थेग्न नसके पछि कसैको साहारा लिन बाध्य भईन्। कोही रहरले लिभीङ टुगेदरमा बस्छन् त कोही बाध्यतामा परेपछि कसैको सहयोग मिल्छ भने किन यति धेरै तनाब लिनु भनेर पनि सँगै बस्छन्। 

मेनुका भन्छिन मन मिल्छ सहयोगी छ भने सँगै बस्दा केनै पो हुन्छ र। पढाईमा सहजता, आर्थीक भार कम, कुराहरु साट्दा मन हलुका हुने।भोली राम्रै भयो भने जिवननै सँगै बिताउन परे पनि ठिकै छ। मेनुका पनि एक्लै पढ्छु दुख गर्छु भनेर अस्ट्रेलीया आएकी केटी थिईन् जब जिवनलाई आफुले चाहेको जसरि अगाडी बढाउन मुश्किल ठानिन् अनि उसले अङ्गालीन लिभीङ टुगेदरको नाता। आज उसलाई कलेजको फि देखी अन्य समस्यामा धेरै हलुका भएको छ। बुज्ने र सहयोगी केटा भएकै कारण छिट्टै नेपाल गएर बिहे गर्ने तयारीमा छन्।

उनी भन्छिन् आफ्नो सहजताको लागि लिभीङ् टुगेदरमा बस्दा नराम्रो चाँही होईन। तर कस्तोसँग बस्ने त्यो चाँही बेलैमा बिचार गर्न सक्नु पर्छ। क्षणीक रमझमको पछि लाग्दा भोली बिचल्ली चाँही नहोस्। आर्थिक लाभ मानसिक तनाबमा कमी र जिवनशैलीमा राम्रो परिबर्तन हुन्छ भने बुझेर रिलेसनमा बस्दा राम्रोनै हुन्छ।

नोट: एक्लै नेपालबाट आउने बिशेष केटीहरु आजकाल लिभीङ् टुगेदरमा बस्ने गरेको पाईएको छ। यसको मुख्य कारण जस्तो नेपालमा हुँदा सोचेको हो अस्ट्रेलीया त्यो भन्दा धेरै फरक छ। आफ्नो आर्थिक हैसियत राम्रो छैन र भोली केही भएको खण्डमा नेपालबाट सहयोग गर्नलाई फेरी कुनै घडेरी वा घरनै धितो राख्न पर्न स्थिती सृजना हुन्छ भने दश चोटी सोचेर मात्र आउनु होस। 

Related posts

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

Manoj Poudyal

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

लकडाउनको कारण डेन्टल नर्सको जागीर गए पछि जन्मियो “लुमन्ती”

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349