eNepal

दीपक मनाङे कारागार चलान

गुण्डा नाइकेका रुपमा चिनिएका प्रदेश ४ का सांसद दीपक मनाङे कारागार चलान भएका छन् । बिहीबार बेलुकी काठमाडौंको स्वयम्भूबाट पक्राउ परेका उनलाई शुक्रबार डिल्लीबजार कारागार चलान गर्न अदालतले आदेश सुनाएको हो । 

गएको माघ महिनामा ज्यान मार्ने उद्योगमा उनलाई ५ वर्ष जेल सजाय सुनाइएको थियो ।  काठमाडौं प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक मोहन थापाका अनुसार उनले २ वर्षको सजाय भोगिसकेकाले अब ३ वर्ष उनी जेलमा रहनेछन् । 

२०७८ साल वैशाख ६ गतेसम्म उनी जेलमा रहने थापाले बताउनुभयो । अर्का गुण्डा नाइके चक्रे मिलनमाथि आक्रमण गरेपछि उनी ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका थिए ।  

Related posts

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal