म्याजीक क्रियुले आयोजना गरेको एक घण्टे जुम्बा र फ्रि स्टाईल नृत्य कार्यशाला हिजो सम्पन्न भएको छ। आफु भित्र लुकेर बसेको कलालाई प्रसफुटन् गर्नु पर्छ, लुकाएर राख्नु हुँदैन भन्ने मनसाय लिएर केही नयाँ गरौ भन्ने जोस जाँघर बोकेर यो टिमले गरेको पहिलो कार्यक्रम थियो। जति हेर्न मजा आउँछ अनि रमाईलो हुन्छ त्यो भन्दा फरक र सोचे भन्दा धेरै गार्हो गार्हो हुन्छ एउटा थिम बनाएर म्युजिकको तालमा नाँच्न भन्दै आफु भित्र केही गरौं भन्ने जोस जाँगर रहेको भएर यस फिल्डमा हाम् फालेको म्याजीक क्रियुका सम्योजक शुसान्त योन्जनले हामीलाई बताउनु भयो।
दस जना युवा भाई बहिनी रहनु भएको यो समुहले आगामी दिनहरुमा यसलाई अझ व्यवस्थित ढङ्गले परिमार्जीत गर्दै लैजाने योजना रहेको बताएका छन्। नृत्य एउटा कला मात्रै होईन शारिरीक तन्दरुस्ती अनि तनाब मुक्त हुने अचुक उपाय पनि हो। बिदेशमा आफ्नो पढाई,काम लगायत यावत बिषयहरुको तनाबबाट मुक्त पाउन केही समय भए पनि छुट्याएर सबैजना भेला भएर शारीरिक कसरत गरौ, नाँचौ, रमाईलो गरौं भन्ने हेतुले यो कार्यक्रम गरिएको थियो। सम्पुर्ण स्पोन्सर,मिडीया पाट्नर लगाए हिजो आएर हौसला दिनु हुने सबैलाई धेरै धेरै धन्यवाद दिदै आयोजकको तर्फबाट बोल्दै शुसान्त योन्जनले हामीलाई समाजको सबै जनाको हौसला र मायाँको खाँचो रहेको बताउनु भयो।यस म्याजिक क्रियुमा सुशान्त योन्जन, मनिषा श्रेस्ठ, सपना मुड्बरी, शीला कुँवर, अश्मीना तिमील्सीना, सागर कुँवर, निशा गीरि, सुशन गुरुङ र पबित्रा खनाल रहेका छन्। ईनेपालको तर्फवाट आगामी दिनको सफलताको शुभकामना।