पछिल्लो समय कलाकारितामा भन्दा पनि समाजसेवामा बढी चिनिएका जोडी हुन् धुर्मुस सुन्तली।नेपाल सरकार देखि करोडौ नेपाली जनताको मनमा बसेका यी जोडीले पछिल्लो समय धुर्मुस सुन्तली फाउन्डेशनबाट निर्माण गर्ने भनिएको अन्तर्राष्ट्रिय क्रिकेट मैदान काठमाडौंमै बन्ने पक्का भएको छ ।
बिभिन्न जिल्लाहरुमा मैदानको लागि जग्गाहरु हेर्न पुगेका टिमले काठमाडौंमै उचित स्थान देखेको भन्दै मैदान काठमाण्डौमै बनाउने पक्का भएको हो ।
यसबारेमा धुर्मुस सुन्तली फाउन्डेशनका सीताराम कट्टेल धुर्मुसले पनि स्युइकारे।
संगै धुर्मुसले भने‘हामीले उपत्यका बाहिर पनि जग्गा हेरिएको तर सुविधा सम्पन्न स्थान काठमाडौं उपत्यका नै भएकाले यहीं नै बनाउने स्थिति बनेको छ ।’
सोहि क्रममा चर्चित लोक तथा दोहोरी गायक बद्री पंगेनी पनि धुर्मुसको अभियानलाई समर्थन गर्न पुगेका छन।धुर्मुस सुन्तली संगै चर्चित खेलाडी पारस खड्का लगाएतका खेलाडी टिमहरु संग बसेर अन्तरक्रिया गरेको गायक बद्री पंगेनीले लालीगुराँस डटकमलाइ जानकारी दिए
सरकारको आधिकारिक धारणा के छ त्यो बारेमा म जानकार छैन तर, अन्तर्राष्ट्रिय स्तरको क्रीकेट स्टेडियम निर्माण गर्ने कुरामा धुर्मुस सुन्तली र खेल प्रेमी नेपाली प्रतिबद्ध छन। हामी विभिन्न चरण को छलफल र भेटघाट मा सहभागी छौ।यसै क्रममा आज भएको छलफल कार्यक्रममा राष्ट्रिय क्रीकेट खेलाडी साथीहरू संग हामी।”
काठमाडौं उपत्यका भनिए पनि कुन ठाउँ भनेर अहिलेसम्म खुलाइएको छैन । भक्तपुर, गोदावरी, जोरपाटी र चपलीमा जग्गा हेरिएको र त्यसमध्ये एक ठाउँमा यसै साताभित्र सहमति बन्ने बताइएको छ ।
चितवनमा पनि जग्गा दिने पुष्पकमल दाहाल प्रचण्डले बताएका थिए । तर अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमै भएकाले यहीं बनाउने खाका तयार भएको छ
क्रिकेट मैदान बनाउन झण्डै तीन अर्व रुपैयाँ लाग्ने अनुमान गरिएको छ । नेपालले एक दिवसीय मान्यता पाएपछि धुर्मुसले क्रिकेट मैदान बनाउने निर्णय गरेका थिए । यसअघि उनी आवास गृह बनाउन सफल भइसकेका छन् । धुर्मुसलाई सरकारले सघाउँदैछ ।