eNepal

पुर्ख्यौली जग्गा बेचेर अस्पतालका बेवारिसे शवलाई स-सम्मान दाहसंस्कार गर्दै समाजसेवी बिनयजङ्ग बस्नेत

शव’ शब्द सुन्ने बित्तिकै प्राय मानिसको मन डराएर आउने गर्छ। अझ अस्पतालमा रहेका ‘बेवारिसे शब’ हेर्ने हो भने जोसुकैको पनि आङ नै सिरिंग भएर आउछ। राजधानी लगायत देशैभरका अस्पतालहरुमा उचित व्यवस्थापन हुन नसक्दा बेवारिसे लाशहरु थुप्रँदै गएका छन। महिनौंदेखि बेवारिसे अवस्थामा रहेका थुप्रै लाशहरुको जिम्मेवारी लिने कोही नहुँदा अस्पतालकै शव गृहमा कुहिएर बसेका छन् ।

समाजमा फरक-फरक पात्रहरुको अस्तित्व रहेको हुन्छ। बेवारिसेहरुको कुरा गर्ने हो भने मृत्युवरण गर्नु अघि पनि बेवारिसेहरु समाजमा हेलाको पात्र बनेका छन। जीवन जिउन्जेल संघर्षमा विताएका गरीब, असहाय र बेवारिसे लाशहरु समाजमा तिरस्कार खेपेर पनि सद्गत हुन नपाउनु मानव सभ्यतालाई नै एक प्रकारको चुनौती हो। बेवारिसे अवस्थामा पुर्याउने , बेवारिसे भएपछि मृत्युवरणको मुखसम्म धकेल्ने मानव समाजमा मानबताको गम्भीर सवाल खडा भएको छ।

सबैले बेवारिसेहरुलाई तल्लो स्तरमा तिरस्कार गरेको अवस्थामा टिकाथलीका एक समाजसेवी बिनयजंग बस्नेत भने अस्पतालमा रहेका बेवारिसे शबहरुलाई घाटमा लागि आफ्नै हातले दागबत्ती दिएर ससम्मान दाहसंस्कार गर्ने गर्दछन। ‘एक्सन फर सोसल चेन्ज’ को सहयोगमा बिगत लामो समयदेखि उनी बेवारिसेहरुको संरक्षण र बेवारिसे शबहरुको दाहसंस्कार गर्दै आएका छन। अहिलेसम्म उनले ९७ शबलाई आफ्नै हातले दागबत्ती दिएर दाहसंस्कार गरिसकेका छन ।

बिगतमा बेवारिसे शब सद्गत गर्न आफ्नो मोटरसाइकल बेचेका बस्नेतले अहिले आफ्नो पुर्ख्यौली जग्गाजमिन धितो राखेर भएपनि बेवारिसेहरुको संरक्षण र बेवारिसेहरुको शब व्यवस्थापन गर्दै आएका छन। आर्थिक रुपमा जोहो गर्न निकै गाह्रो पर्ने अवस्थामा सिमित व्यक्तिको सहयोग बाहेक सरकार पक्ष र अन्य सम्बन्धित ठाउँबाट सहयोग नभएको उनको गुनासो रहेको छ। पछिल्लो समय उनले भक्तपुर अस्पतालमा रहेको बेवारिसे शबलाई अस्पताल प्रशासन, प्रहरी र भक्तपुर नगरपालिकाको समन्वयमा ससम्मान दाहसंस्कार गरेका छन।

‘एक्सन फर सोसल चेन्ज’ ले ७५ वटै जिल्लामा बेवारिसेहरुको व्यवस्थापनमा काम गर्ने अनुमति नेपाल सरकारबाट मान्यता पाइसकेको छ। संस्थाले १७ जिल्लामा साधारण समूह बनाएर शाखा स्थापना गरिसकेको छ। ९७ बेवारिसे शबलाई आफ्नै हातले दागबत्ती दिएर ससम्मान दाहसंस्कार गरिसकेका बस्नेतले आगामी दिनमा झन् सशक्त ढंगले निस्वार्थ सेवा गर्ने बताएका छन। बस्नेतले सरकार पक्षबाट कुनै साथ र सहयोग नभए अझै पुर्ख्यौली सम्पत्ती बेचेर वा बन्दकी राखेरै भएपनि बेवारिसेहरुको सेवा गर्ने निर्णय गरेका छन ।

अब चाडै नै ११७ वटा भूकम्प देखि अलपत्र परेका बेवारिसे शब्हरु एकैसाथ सामुहिक दाहसंस्कार गर्ने तयारी भैरहेको उनले जानकारी गराए। सामुहिक दाहसंस्कारको लागि बैशाख महिना भित्रै कानुनी र कागजी प्रक्रिया सम्पन्न हुने उनले बताए ।

सभ्य र आधुनिक समाजका प्रतिनिधि ठान्ने हाम्रो समाजमा मानवीय संवेदनाको फितलो बन्दै गैरहेको अवस्थामा बस्नेतले देखाएको मनबता पक्कै पनि उदाहरणीय छ । यस्ता बेवारिसे लाश र वृद्धाश्रमहरुमा बढ्दै गएका असहाय, निरास र जीवनबाट उपेक्षित वृद्ध–वृद्धाहरुको भीड कम गर्न बिनय बस्नेत जस्तै अरु पात्रहरु पनि समाजमा सकृय हुनु जरुरी प्राय भैसकेको छ ।

समाजसेवाको नौलो आयाम अन्तर्गत बेवारिसे शबहरुको दाहसंस्कार गर्ने कार्यमा सरकार पक्षबाट पनि साथ र सहयोगको खाचो रहेको छ । साथै सम्बन्धित निकाय पनि यसतर्फ गम्भीर हुनु जरुरी छ । समाजसेवी बिनयजंग बस्नेतको यो प्रयास र कदमको निरन्तरताको लागि सबैको साथ्, सहयोग र प्रोत्साहनको आवश्यकता रहेको छ ।हेर्नुहोस बिनयजंग बस्नेतसंग गरिएको कुराकानी: 

 

Related posts

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

Manoj Poudyal

नायक पल शाहविरुद्ध नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा जाहेरी दर्ता

Manoj Poudyal

चर्चित लोकगायक तथा कलाकार जयनन्द लामाको निधन

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349