eNepal

लिभिङ टुगेदरले निम्तायो यस्तो दुःखद परिणाम

बिजय तामाङ्ग विगत २ वर्षदेखि राजधानीमा मजदुरी गर्दै आइरहेका थिए । काठमाडौंको धापासीमा डेरा गरेर बस्दै आएका उनको ७ महिना अगाडि एक युवतीसँग भेट भयो । 

युवती थिइन् स्थायी घर गोरखा भएकी पूर्णिमा बिक । उमेर ३० वर्ष पार गरिसकेकी पूर्णिमा श्रीमान्सँग सम्बन्ध बिग्रिए पछि काठमाडौं आएकी थिइन् । 

घर बनाउने मजदुरका रुपमा काम गर्ने उनीहरुबीच दैनिकजसो भेटघाट हुन थाल्यो । भेटघाट बाल्किएपछि दुवैजनाले सँगै बस्ने निर्णय गरे । 

राति सँगै (लिभिङ टुगेदरमा) बस्ने उनीहरुले दिउँसो काम गर्दा भने फरक फरक ठाउँमा जानु पर्थ्यो । यस्तोमा पूर्णिमाको भेटघाट आफूसँग काम गर्ने अन्य पुरुषसँग पनि हुन थाल्यो । जबदेखि उनले अन्य पुरुष साथीसँग संगत बढाइन्, बिजयको कोठामा आउजाउ कम गर्न थालिन् । 

विवाह नभए पनि बिजय उनीसँग आफ्नो श्रीमतीको जस्तै व्यवहार गर्थे । दुवैजना साँझ सँगै रक्सी पिउँथे । पूर्णिमाले कोठामा नआएको दिन झगडा हुन्थ्यो । साँझ रक्सी पिएपछि झगडा गर्ने उनीहरु विहान हुँदा मिलिसकेका हुन्थे । 

तर नयाँ वर्षको दोस्रो दिन (वैशाख २ गते) भने पूर्णिमाका लागि अन्तिम भयो ।  दिउँसाभरि काम गरेर साँझ घर फर्किने बेला पूर्णिमा र बिजयले झापासी नजिकैको एक भट्टीमा रक्सी पिए । रक्सी पिएपछि झगडा हुने उनीहरुको क्रम त्यो दिन पनि दोहोरियो ।

रक्सी पिएर पूर्णिमा आफ्ना अन्य साथीसँगै जान खोज्दै थिइन् भने बिजयले जसरी पनि कोठामा लैजान उनलाई डोर्याउँदै थिए । धापासी हाइटमा पुग्दा भने बिजयले पूर्णिमामाथि ढुङ्गाले हिर्काए । 

रिसको झोकमा पूर्णिमालाई ढुङ्गाले हिर्काएपछि बिजय आफ्नो कोठातर्फ लागे । कोठामा गएर खाना पकाइ खाएर सुते । तर उनले हानेको ढुङ्गो लागेर ढलेकी पूर्णिमाको भने आधा घण्टामै मृत्यु भइसकेको थियो । 

आइतवार राति ९ः३० बजेतिर पूर्णिमा मृत अवस्थामा फेला परेकी थिइन् ।  

प्रहरीले पूर्णिमाको हत्यामा संलग्न बिजयलाई सोमवार विहान उनकै कोठाबाट पक्राउ गरेको छ । 

लिभिङ टुगेदरको दुःखद परिणाम

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज पोखरेल यो घटनालाई लिभिङ टुगेदरको दुःखद परिणाम ठान्छन् । 

‘एक–अर्काबारे राम्ररी नजानेका, नबुझेका पुरुष–महिला ७ महिनादेखि सँगै बसिरहेका थिए । उनीहरुको यस्तो बसाइ नै अपराधको कारक हो,’ एसएसपी पोखरेल भन्छन् । 

पछिल्लो समय काठमाडौंमा भएका हत्या तथा बलात्कारका घटनामा पनि लिभिङ टुगेदरको परम्परा कारकको रुपमा देखिएको उनको भनाइ छ । 

‘केही समय मिलेर सँगै बस्ने । कुरा बिग्रिन थाल्यो भने एक–अर्कामाथि हिंसा गर्ने समस्या बिकराल बन्दै गएको छ,’ एसएसपी पोखरेल भन्छन्, ‘पछिल्लो काठमाडौंमा बलात्कार र हत्याका घटना बढ्दै जानुमा लिभिङ टुगेदर पनि एक जटिल कारणका रुपमा देखिएको छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349