eNepal

कुस्मा नगरपालिकाकी उपमेयर चेढेको बोलेरो दुर्घटना

काठमाण्डुबाट पोखरा आउँदै गरेकी कुस्मा नगरपालिकाकी उपमेयर सिता काफ्ले लामिछाने सवार बोलेरो जिपलाई पोखराबाट दुलेगौडा जाँदै गरेको ट्रकले ठक्कर दिँदा लामिछँने घाइते भएकी छन् ।

पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ३२ तल्लो गगनगौडास्थित पृथ्वीराजमार्गमा ना २ ख ९७८९ नम्बरको ट्रक र बिपरित दिशा तर्फबाट आँउदै गरेको ना ४ च ५०५४ नम्बरको बोलेरो जिप ठोकिएका हुन् । ठक्कर पछि जिप पल्टिएको थियो । जिपमा सवार उपमेयर सहित उनकी छोरी, चालक विनोद क्षेत्री र शिब क्षेत्री घाइते भएका छन् ।

उनीमध्ये दुई जनाको गण्डकी मेडिकल कलेज र ३ जनाको मणिपाल अस्पतालमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले जिप, ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349