मेल्बोर्नको मुटुमा रहेको मेल्बोर्न सेन्ट्रलमा एक लोकप्रीय ठाउँ छ जहाँ अक्सर नेपाली पुगेका हुन्छन् खाजा खान होस् या नेपाली खानानै खान किन नहोस्। चिल्ली एभरेस्टको नामबाट चिनीने सो ठाउँमा म हिजो खाजा खान जाने क्रममा केही युवाहरुको जत्था देखे। यसो हेर्दा लाग्थ्यो कोही अस्ट्रेलीया आएको बर्ष दिन भएका जस्ता कोही महिना दिन भए जस्ता देखिन्थे।
म पनि ती भाईहरुको छेउको टेबलमा गएर बसे। ति भाईहरुको गफ यति मिठो थियो कि लाग्थ्यो भाईहरुले अस्ट्रेलीया खाई सके। एउटा भाई भन्दै थिए कलेजले लास्ट ल्याङ हानेर चिट्ठी पठाई सक्यो यार। फि कहाँबाट तिर्ने । मुला कामको पैसापनि सुक्को बच्दैन। हप्ताको चारसय आउँछ त्यो पनि यता र उता टाल्दा सकिन्छ। साथीसँग मागेर तिरेको कलेजको फी पनि पुरै दिई सकेको छैन।
अर्को साथी झोलाबाट एउटा प्याकेट निकाल्दै सुर्ती बेर्दै थियो। अब त यस्तै पारा हो भने यो रोलीज पनि खान सकिदैन होला यार। चुरोट किन्न नसकेर रोलीजमा झरियो। पैसा आएको दिन सकसक लागेर ईकोएनक्स छिर्नै मन लाग्ने। साथीसँग गयो पिउन बसे पछि त्यहि हो पारा झ्याप नभईन्जेल उठ्नै मन लाग्दैन। त्यहि बिचमा एउटा भाईले झोलाबाट ईलेक्ट्रोनिक्स सिगरेट निकाल्यो र कुईरोमण्डल हुने गरि धुवाँको बादल बनाएर तान्यो र भन्यो बल्ल बिदेश आए जस्तो भएको छ।
के ल्याङ कुरा गरेको यार। तिर्न सकेन भने नेपालबाट पैसा मगाउने अनि कलेजको फि तिर्ने नि। कति गनगन गरिरा को हौ। रमाईलो गर्न पो बिदेश आएको त। खान पढ्न त नेपालमै पर्याप्त थियो नि। यहि कसैको कर हुँदैन, डर हुँदैन, स्वतन्त्र भईएन। सँधै सुड्डोको डर किचकिच नसुन्न परोस भनेर त अस्ट्रेलीया आएको।
लाग्यो भाई चाँही हुने खानेकै छोरो हो।पैसाले सार्है उम्लिएको रहेछ। यस्तालाई बिगार्ने मत्ताउने भनेको अभिबाबकनै हुन्। जे भनेको त्यहि पुर्याएर पनि छोरा छोरीलाई भुईमा न भाँडामा बनाएर राख्न हुँदैन। कैची लगाउन अभिवावकले बेलैमा जानेनन् भने ठुलो हँदा सम्म दुःख दिन्छन्। यसैको ज्वलन्त उदाहरण थिए ति भाई। उसलाई काम गर्ने पैसा जोगाउने भन्ने कुनै तनाबनै थिएन। उ स्वतन्त्र खुल्ला पन्छी जस्तो देखिन्थ्यो। अरुले रोलिज बनाई रहँदा उ भने भ्यापमा मस्त फुस फुस धुँवा उडाउदै बडो धमास दिदै थियो। मनमनै सोचे फुच्चेको ताई न तुईको स्वाङ्।