छ महिना अघि श्रीमति पढाउन अष्ट्रेलिया उत्रिएका समिर शाहलाई यति छिट्टै जिवन र मरणको दोषाधमा पुग्छु भन्ने लागेको थिएन । तर समयको खेल गत फेब्रुवरी १२ तारिख साझ काम गरिरहेकै बेला अचानक उनको काेखा दुख्न थाल्याे । त्यहि कोखाको दुखाईलाई सामान्य सम्झिदा २८ वर्षका समिरको तीन पटक अप्रेसन गर्नुपर्यो ।
पेट भित्रै कसरी फुट्यो एपेन्डिक्स ?
फेब्रुवरी १२ मा कोखा दुख्न थालेपनि कामको सामान्य दुखाई ठानेर समिर अस्पताल गएनन् । भाेली पल्ट स्ट्राटफिल्डको एक जनरल फिजिसियनलाई देखाए । चिकित्सकले एपेन्डिक्स्साईटिसको लक्षण हुनसक्छ त भने तर अौषधिले दुखाई कम भए केही गर्नु नपर्ने बताए । अौषधिले दुखाई हराएपछि समिर ढुक्कले बसे । तर दुई दिनपछि फेरि उस्तै दुखाई हुनथालेपछि अर्वन अस्पताल पुगेर जाच गर्दा एपेन्डिक्सभित्रै फुटिसकेकाे पाईयाे । त्यसपछि समिरको खास दुख सुरु भयाे ।
ईन्फेक्सन भएपछि ३ पटक अप्रेसन ।
अस्पताल आउनु अघि एपेन्डिक्स फुटिसकेकाले एसिड पेटभित्र फैलिएर अरु अंगमा पनि असर गरिसेकेको थियो । चिकित्सकले एसिड सफा गरेर अप्रेसन त गरे तर ९ दिनपछि अप्रेसनको घाउ ईन्फेक्सनका पाक्न थाल्याे ।
ईन्फेक्सन भएपछि सिलाएको अप्रेसन फेरि खोलेर सफा गरि २८ वटा टाका लगाईयो । अब त केही हुदैन होला भन्ने आशा थियो । तर १२ दिन पछि फेरि ईन्फेक्सन दोहोरिएपछि तेस्राे चोटी अप्रेसन गरिएको छ । ईन्फेक्सनकाे खतरा बढेपछि चिकित्सकले अप्रेसनको आधा घाउ खुल्लै राखेर पाईप जडान गरिदएका छन् ।
पैसाको खोलो अब कसरी तिर्ने ?
समिरकी श्रीमति सन्ध्या खनाल सिड्नीमा डिप्लाेमा पढ्छिन् ।दुबै जनासग स्थाई जागिर छैन । कलेजको फि तिर्नै सघर्ष गरिरहेका यो जाेडीलाई उपचार खर्च जुटाउनै धौ धौ परेको छ । अहिलेसम्म उपचारका लागि ७० हजार डलर खर्च भईसकेको छ । ईन्स्याेरेन्सले केही रकम तिर्ने बाचा गरेपनि सबै खर्च बेहाेर्न आनाकानी गरिरहेको सन्ध्याले जानकारी दिनुभयो ।
घर अस्पताल गर्दा गर्दा दुई महिना यो जाेडीले काम समेत गर्न सकेका छैनन् । कोठा भाडा नतिरेकाे एक महिना भईसक्यो । कलेज फि तिर्न नसकेर सन्ध्याले कलेजमा फि तिर्ने समय सिमा बढाईदिन निवेदन हाल्नु भएको छ ।
यसरी गर्नुस् सहयोग
सन्ध्या र समिर अवस्था देखेपछि गैर आवासिय नेपाली संघले सहयोग रकम उठाउन थालेकाे छ । संघको राहत काेषमा पनि सन्ध्याले सहयाेगको याचना गर्नुभएको छ । उपाध्यक्ष्य नन्द गुरुङको सक्रियतामा रकम संकलन भईरहेकाे छ । हालसम्म केही हजार डलर संकलन भईसकेको छ ।
नेपाली विद्यार्थीको दुखमा सहयोग गर्न गैरआवासिय नेपाली संघले अष्ट्रेलियामा बस्ने सबै नेपालीलाइ अनरोध गरेको छ ।
सहयोग रकम निम्न खातामा पठाउन सक्नुहुन्छ ।
Account name:Samir shah
BSB no: 062256
Account no: 11224035
Bank name: Commonwealth bank
सरल गुरुङको फेसबुकबाट साभार