eNepal

नयाँ बर्षसँगै बुनिएका मेरा सपनाहरु

घाँटीमा रङ्गीन बिदेशी खदा अनि केही थुङ्गा फुल आँखा भरि टिल्पिल टिल्पील आँशु, सबै चिनेजानेकाको फोन, तेरो भविस्य उज्वल बनोस् शुभकामनाका बाणी, मन साच्चै भारी भएको थियो। कतिले डलर कमाउन हिड्यो उ फलानोको छोरो भने, कतिले बा आमा र घरको दुख बुझेर हिड्यो परदेश भने। आमा र बा अङ्गालो मारेर तैले आँटेको अनि चिताएको सबै कुरा पुरा होस् भनेर आशिर्बाद दिन थाले। आफुलाई सहन नसक्ने गरि रुन मन लाग्यो। सोचे केटा मान्छे हुँ रुन हुन्न। 

मनलाई दरिलो बनाए र पुन एकचोटी फर्केर निनौरो मुख पारेका बा आमा अनि केही आफन्तर साथी भाईलाई हात हल्लाउदै पिर नमानेस मिल्यो भने फेरी नयाँ बर्षमा भेटौला भन्दै ट्रलीमा ठुलो लगेज अनि एउटा हातले सानो ह्याण्ड क्यारी घचाड्दै अर्को हातमा हरीयो पासपोर्ट र टिकट बोकेर अनगिन्ती सपना बोकेर पशुपतीनाथलाई कोल्टे पार्दै परदेशिए।

मुखको मिठो सहानुभुती, केही परे हामी छौ भन्नेहरु नभएका पनि होईनन्। पर्दा हामी छौ भन्ने आफन्तजननै लौ न पढ्न बिदेश जान पर्यो केही रकम सहयोग गर भन्दा ब्याजलाई अगाडी तेर्साएर सयकडा यति दिने हो भने छ भनेर नातालाई साँवा र ब्याजमा तौलनेको कमी भएन। तँ आईज मात्र न म छु हामी छौ भनेर फेसबुक र स्नापच्याटमा कुरा गर्ने साथीहरु अहिले बोल्न पनि गार्हो मान्छन्। भलै ति साथी केही बर्ष अगाडी बिदेशीए म केही बर्ष पछाडी। 

फेशबुकमा तरुनीका लाईक अनि ईन्स्टामा लभको रियाक्टले कति दिनपो फुरुङ्ग पर्नु। पढ्नमा अव्बल हुँदा नोट सार्न अनि परिक्षामा सिकाई दिन्छ भनेर पछि लागे, प्लस टु पढ्दै गर्दा घुमाउँछ पैसा खर्च भनेर पछि लागे, सँगै बाँचौला अनि सँगै मरौला भनेर कसम खानेहरु पनि अव बिदेश पलाएन हुन्छु भने पछि मरेको लाशबाट जसरि जुम्राले पनि छोडेर जान्छ त्यसरि छोडेर गए। 

जिन्दगी साँच्चै सङ्घर्षको यात्रा हो।जिन्दगीलाई टिकाई राख्न कसैको हौसला र सहानुभुती चाँहिन्छ।तर सबै हौसल्ला र सहानुभुती केबल आडम्बरी हुँदा रहेछन्। फाईदाको लागि दिएका हुँदा रहेछन्। केही पाउनलाई बाँडिएको हुँदो रहेछ। तर पनि यो गजबको समाजमा टिक्न सक्नुनै महान रहेछ। टिक्नको लागि कसैको हौसल्ला चाहिन्छ, मायाँ चाहिन्छ अनि साथ। असली साथ मायाँ र होसल्ला दिन केबल आफ्नै आमा र बा हुँदा रहेछन्। ऋणले चुर्लुम्म डुब्दा समेत तँलाई कस्तो छ। गार्हो भएको छ भने भन्नु कतैबाट जुटाएर पठाई दिन्छु तिनै आमा र बाको मुखबाट सुन्न पाईन्छ। अरु त केबल आशमा बसेका हुन्छन्। एकदिन चिया पिलाएकाहरु पनि केही पठाई दिई पो हाल्छकि भनेर ठुलो आशमा बसेका हुन्छन्।

तर बिदेशको माहौलले मलाई कुनै परिबर्तन गर्दैन। कसैका बुनिएका मिठा र गुलीया कुराले मन कहिलै पोख्त हुँदैन। सङ्घर्ष गर्न आएको योद्धा झिनामसिना अबरोधमा अल्झेर बस्न सक्दैन। 

बिदेश गएको छोरो केटी हेराउनेको वोईरो छ रे। फलानो घरानाकी फलानो पढेकी भनेर आउने लमीको लस्करै छ रे गाउँमा। तिनलाई न मेरो मायाँले तान्यो न मेरो स्वाभिमानले। घर सम्म तान्यो त केबल बिदेशको डलरले।

ह्या गएर के गर्छस्, दुख छ रे। बस्न पनि गार्हो छ रे। कतिले ऋण तिर्न नसकेर आत्महत्या गरे। यस्ता कुरा पनि नसुनेको कहाँ हो र। तर मन काँतर भएन। घरको मिठो मसिनो खाएको ज्यानमा बलको कमी थिएन। काम गर्नेलाई सँसारको जुनै कुनामा गए पनि दुख हुँदैन भन्ने मान्यतामा अडिग थिए। काम गर्नलाई पछाडी नसर्दा कामलाई बढि प्राथमिकता दिईने देशमा काम नपाउने कुरै थिएन। काम गरेपछि थकान लाग्ने अनि निन्द्रा पनि मज्जाले आउने भए पछि धेरै सोच्नै परेन। 

आमालाई हिजै मात्र फोन गरेर आमा अलिकति खर्च हाल्देको छु है भनेको आमा भन्दै थिईन थाहा छ तलाई भोली त नयाँ बर्ष हो। अर्को नयाँ बर्षमा आउँछु भनेर गएको छोरो खै कहिले आउँछस्। आमा म बन्दोबस्त मिलाएर आउँला नि अर्को नयाँ बर्ष। बोरु मनले खाएकी, सुख र दुख बुझेकी कोही भेट्नु भयो भने बुझ्दै गर्नु बुहारी बनाउनलाई। यता त तपाईका टाईपका बुहारी भेटाउन बढो मुस्कील रहेछ। 

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

Manoj Poudyal