अमेरिका, अमेरिकाको वाशिङटन डि.सी निवासी दुर्गा रिजालका कान्छा सुपुत्र २६ बर्षिय राघव रिजालको भर्जिनियामा कार दुर्घटनामा निधन भएको छ ।
पढाई सकेर व्यवसायमा संलग्न रिजाल आज मंगलबार भर्जिनियामा भएको कार दुर्घटनामा निधन भएकोले उनको पार्थिब शरीरलाई अस्पतालमा राखिएको छ । अमेरिकामा कार दुर्घटनामा मर्ने नेपाली घर धादिड जिल्ला नीलकण्ठ नगरपालिकामा ५ जरेबर का हुन ।
मृतकका एक दाई आमा बुबा अमेरिकामा बस्दै आएका छन । आजै मृतककी आमा नेपालबाट अमेरिका आएको पारिवारिक श्रोतले बताएको छ । प्रहरीले कानुनी प्रक्रिया पुरा गरिसकेपछी दाह सँस्कारका बारेमा निर्णय गरिने पारिबारिक श्रोतले बताएको छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिङटन डि.सी. मेट्रो कमिटीका अध्यक्ष रामप्रसाद खनाल र महासचिब भुप नारायण घर्तिमगरले एक शोक बिज्ञप्ती प्रकाशित गर्दै राघबको दुर्घटनामा निधन भएको खबरले आफुहरु स्तब्ध भएको बताएका छन ।
Source: nepaliwave