eNepal

डीआईजी रमेश खरेलले प्रहरी सेवाबाट अलग्गीएको घोषणा

डीआईजी रमेश खरेलले प्रहरी सेवाबाट अलग्गीएको घोषणा गरेका छन् । सामाजिक संजाल फेशबुक मार्फत खनालले नव नियुक्त आईजीपी सर्वेन्द्र खनाललाई बधाई दिँदै आफू प्रहरी सेवाबाट अलग्गीएको घोषणा गरेका हुन् ।

सरकारले मंगलबार साँझ पहिलो नम्बरमा डिआइजी सर्वेन्द्र खनाललाई आइजिपीमा बढुवा गर्ने निर्णय गरेसँगै खरेल रुष्ट भएका थिए । खनाल नौ महिना अघि डिआइजीमा बढुवा हुँदा पहिलो नम्बरमा थिए । त्यसअघि प्रहरी निरीक्षकबाट वरिष्ठ प्रहरी उपरीक्षक हुँदासम्म उनी लगातार दोस्रो नम्बरमा थिए । प्रहरी प्रमुखका लागि खनालसँगै खरेल र पुष्कर कार्की प्रतिष्पर्धामा थिए ।

उनले फेसबुकमा लेखेका छन्, ‘नवनियुक्त प्रहरी महानिरीक्षक ज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्दै २९ बर्षको सेवा अवधीबाट अलगिने निर्णय गर्दछु साथै नेपाल प्रहरी संगठन तथा सम्पूर्ण प्रहरी परिवार र नेपाली दाजुभाई तथा दिदिबहिनी प्रति आभार व्यक्त गर्न चाहन्छु । जयनेपाल !’

प्रहरी निरीक्षकबाट वरिष्ठ प्रहरी उपरीक्षकमा हुँदासम्म लगातार पहिलो नम्बरमा रहेका रमेश खरेल डिआइजी बढुवामा भने दोस्रो नम्बरमा रहेका थिए ।

Related posts

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal