जसलाई पनि अव के गर्छौ भनेर सोध्यो भने उसको जवाफ हुन्छ बिदेश जाने। अझ धेरैको रोजाईमा त अव अस्ट्रेलेया जाने अनि टन्न पैसा कमाउने भन्नेनै हुन्छ। किन अस्ट्रेलीया जाने त भन्यो भने पैसा मज्जाले कमाईन्छ रे। महिनामा दुईलाख त सजिलै हुन्छ रे।
हो यहि रे के पछि लागेरनै हो हामीले दुख पाएको।बास्तबिकता बुझ्नलाई त गएर छोरा छोरीलाई अस्ट्रेलीया पठाएका बा आमालाई गएर सोध्नु होस् कि गएको दुई बर्षमा कति पैसा पठाए छोरा छोरीले जो पढ्न भनेर गए। ति बा आमाले नढाँटी भन्छन्। अव फाईफुट्टी लाउने बा आमा छन् भने त दिएलान् गफ ए पठाई सके दश पन्द्र लाख। हैन भने नेपालमा बसेर गफ सुन्या भरमा चाँहि झट्ट पत्ताई नहाले हुन्छ।
फेरी पैसा कमाईदै कमाईदैन भन्ने चाँहि होईन। शुरुका केही बर्ष चाँहि खान बस्न कलेजको फी सम्म तिर्न सक्नु भयो भने नि आफुलाई भाग्यमानी ठान्नु होस् कि तपाईले कलेजको फि भनेर नेपालबाट फेरी लाखौ झिकाउन परेन।
एकजना दाई पोखरामा ट्राभल एण्ड टुर्स चलाएर बस्थे। उसको आम्दानी पर्यटकिय सिजनमा घरको भात खाएर अनि घुमेर कुनै ठुलो कसरत बिना सजिले गरि डेढ दुईलाख सम्म हुन्थ्यो। एक्लो ज्यान खर्च गर्न डराउँदैन थिए। साँझ साथीहरुसँग बसेर रमाईलो गर्ने पर्थ्यो। त्यहि पैसा अस्ट्रेलीया आउनेले जस्तो बचत गरेका थिए भने उनी सायद करोडपती हुन्थे होला। एकाएक उमेर छिप्पीदै गए पछि बिहे गरे। भर्खर बार्ह सकेर बसेकी कन्यालाई बिहे गरे। अव अहिलेका युवा घरमा बुहारी भएर सासु ससुराको अन्डरमा बस्न खासै चाहँदैनन्। पैसा पनि मनग्य थियो। खर्च गर्न कुनै रोकटोक थिएन।
तर बुहारीका साथीहरु प्राय अस्ट्रेलीया रहेछन्। फुर्सदमा तिनै साथीहरुसँग गफिएर बस्थिन्। साथीहरुले नि उचाल्दा हुन् वोई भेनालाई भनेर त पनि अस्ट्रेलीया आईज। रमाईलो हुन्छ। उसलाई अस्ट्रेलीया जाने भुतले पहिला देखिनै नछोएको भने थिएन। आफ्नो श्रीमानको राम्रो व्यबसाय अनि आयश्रोत पनि राम्रो हुँदा हुँदै श्रीमानलाई अस्ट्रेलीया जान करकाप लगाउन थालिन्। स्वास्निको करकापको अगाडी उसको के लाग्थ्यो र। फस्टाउँदै गएको व्यबसायलाई अरुकै हातमा थमाउँदै अन्तत: बुढा बढी उढे अस्ट्रेलीया।
देख्दा भव्य देखेर केही दिनको ओहोले चल्दैन बिदेशमा। काम गर्नै पर्यो। अव काम के गर्ने। शिपमुलक काम गर्नलाई हातमा शिप छैन। नेपालमा रजगज गरेर खाएका दाईले क्लिनिङ गर्न थाले। सधै काम प्रती खिन्नताबोध हुँदै गर्नुको बिकल्प थिएन। दिनमा एउटा क्याफेको काम, हतार हतारमा टुसक्क बस्ने फुर्सद नपाई अर्को काममा जानु दैनिक जस्तै भएको थियो। दुई हप्तामा बैंकको खातामा पैसा आई पुग्दा तिर्ने बिलहरुको ताँती लाग्थ्यो। जति काम गरे पनि पैसा बचाउन हम्मे हम्मे पर्थ्यो। नेपालमा बाईकमा घुमेर खल्तीमा हरबखत चालिस पतास हजार हालेर घुमेको ज्यान अहिले टुसक्क बस्न पनि नपाई घोटिनु पर्दा बेकारमा आएको गुनासो गर्छन्। नेपालमै घरको भात खाएर परिवारसँग बसेर सजिलै डेढ दुई लाख कमाउँथे। मैले त नजाउँ बिदेशको जिन्दगी नेपालमा बसेर सोच्या जस्तो हुँदैन भनेको नि।के गर्नु उसले मानिनन्। उसलाई जान पर्ने भयो। अहिले दिन रात नभनि काम गर्यो यता उता टाल्दा टाल्दा पचास हजार रुपयाँ बचत गर्न नि फलामकै चिउरा चपाउन पर्छ। उनी त भन्छन् नेपालमा पचास हजार कमाउनेले जित्छन् अस्ट्रेलीयामा दुईलाख कमाउने भन्दा। के गर्नु यति लाख उती लाख कमाउँछु भनेर बचत हुने उहि हो हातमा लाग्यो सुन्य।