eNepal

छोरा छोरी बिदेश गए भन्दैमा ढुक्क नबनौ, उनिहरु प्रती निगरानी पनि राखौ नत्र…..

१२ पड्दा सम्म बिपरीत लिङ्ग माथी ठाडो नजरले हेर्न सक्दैन थियो मोहन।उसको दैनिकी केवल कलेज र घरमा मात्र सिमीत थियो।त्यति सजिलै जो कोहीसँग घुलमिल भैई नहाल्ने मोहनको साथी भन्नुनै किताव र बाबु आमाले किनीदिएको मोबाईल फोन मात्र थियो।पढ्नु देखी बाहेकको समय उसले मोबाईमा समय बिताउँ थियो।खै के गर्थ्यो कोनी,कहिले काँही रात अवेर सम्म पनि मोबाईलमा व्यस्त हुन्थ्यो।बाबु आमा जिगीरे मान्छे, कामबाट थकित मुद्रामा आउँथे। खाना खाएर समयमानै सुत्न जान्थे।छोरोको खासै वास्ता गर्दैन थिए।पढ्दै छ भन्थे।बाबु आमालाई परिक्षामा राम्रो गर्यो भने त्यति खोजी निन्दा पनि गर्दैन थिए ।अभिभावकको मायाँ खड्किएको महसुस चाँही पक्कै गर्थियो। सायद एक्लोपनामा रमाउनुको उपजपनि आफ्नो अभिवावकको बेवास्ता हुन सक्छ। बाबु आमा भन्थे कस्तो साधु जस्तो छोरो पाईयो,एक्लै रमाउने।

शनिबारको दिन थियो। छोरोको १२ कक्षाको अन्तिम परिक्षाको प्रमाण पत्र लिन कलेजतर्फ लाग्यो।आमालाई पनि छोरोको कोठा सफा गर्न मन लाग्यो।छोरोले खासै कोठा सफा नगर्ने भएकोले आमाले नै प्राय सफा गर्दिने गर्नु हुन्थ्यो।त्यो दिन पनि हतारमा भएकोले होला आफ्नो फोन लान बिर्सेछ मोहनले।आमाले ओच्छ्यान सफा गर्ने क्रममा फोन भेटीन्। फोनमा भिडीयो अननै छोडेर गएछ। आमा भिडोयो हेरे पछि छाँगाबाट खसेझैं भईन्। छोरोको भिडोयो ग्यालरीमा त्यस्तै यौन जन्य भिडोयोमात्र देखेर आमा स्तब्ध बनिन्। छोरोको त्यो हर्कत देखेर उकुस्मुकुस हुँदै मोहनका बाबालाई स्वाँस्वा हुँदै दगुर्दै गएर सुनाईन।बुवाले बढेको छोरो, यौवन अवस्था।त्यस्तो अचम्मै पर्नु पर्ने के भयो र।यहि त हो उसको उमेर रमाईलो गर्ने। हामी पनि त लुकी लुकी गाउँमा भेट्थ्यौ, घरमा बाउ आमालाई ढाँटेर मेला जाने भनेर हराएको बिर्सीयौ तिमीले भन्दै ठट्यौली पारामा मोहनकी आमालाई जिस्काउँन थाले।

त्यो कुराले आमाको मन न हो।नानाथरी कुरा सम्झन थालीन्,कतै मेरो छोरो बिग्रिएको पो होईन।साथी बनाउन डराउने छोरो किन यस्तो कुरामा चाँहि अगाडी भएको होला। कतै एक्लोपनाको महसुस गरेको त छैन।कतै हाम्रो मायाँमा कमीको महसुस त भएन।यो कुराले आमाको मननै भारी भएर आयो।यत्तिकै छोरो घर फर्कियो। आमाले थाहा नपाएजस्तो गरि खाजा खान डाकिन्। खाजा खाँदै आमाले भन्न थालीन्। छोरो अव १२ कक्षापनि सकिस्। के गर्ने योजना छ?भविस्यको बारेमा सोचेको छस् कि छैन। हाम्रो पनि त एक्लो छोरो होस्।तेरो भविस्यको बारेमा सार्है चिन्ता लाग्छ।

त्यत्तिकैमा झनक्क झर्किदै आमा अव म बिदेश जान्छु।मलाई नेपालको पढाई पुग्यो।यहाँको डिग्री लिएर आखिरीमा भनेको जस्तो काम पाईने होईन।न त आफुले भनेको जस्तो पैसा कमाईन्छ।
आमा बुवाले नि खोजेको त्यहि थियो।नेपालमा बसेर बिग्रीन्छ।त्यतिकै बेरोजगार भएर नानाथरी हेरेर समय बर्बाद गर्नु भन्दा बोरु बिदेश गए जिन्दगीलाई नजिकबाट चिन्छ।पैसाको महत्व बुझ्छ अनि दु:खलाई अनुभुती गर्छ।छोरोको ईच्छ्यालाई सकारात्मक रुपमा लिदै हुन्छ भनेर टाउको हल्लाउँछन्। घरमा बा आमाको आयश्रोत पनि राम्रै भएकोले पैसाको जोह गर्न कुनै आपत्ती भएन।कागजहरु सबै बनाएर हालेको एक महिनामा भिषा लाग्छ।फुलमाला गरेर आफ्नो सोझो छोरोलाई उच्च शिक्षा हाँसील गर्न परदेश पठाउँछन् गहभरी आँशु पार्दै।

आमालाई त्यहि भिडोयोले सताई राख्छ। मेरो त्यस्तो ज्ञानी छोरो,केटी साथी त परै जावस,घरमा कलेजका साथीहरु पनि नल्याउने छोरोले किन त्यस्ता उच्छृङ्कल भिडीयोहरु हेर्यो होला।कतै मेरो छोरो भित्र भित्रै बिग्रीएको छैन।हामी पनि दिन भरी नहुँदा हामी नभएको समयको फाईदा त लिई रहेको छैन।कतै केटीहरु ल्याउने त गर्दैन।यस्ता नानाभाँतीका कुरा मनमा खेलाउँदै एकदिन छोरोको कोठा सफा गर्ने क्रममा कण्डम भेटीन्।झन त्यसपछि आमाको मनमा सङ्काका बादलहरु मडारिन थाल्यो।सोच्दै नसोचेको कुरा देख्दा आमा छाँगाबाट झर्न पुगीन। आफ्नो छोरो माथि बिस्वास गर्ननै गार्हो भयो।यो कुरा मोहनको बुबालाई नि भनिनन्।केही पनि नदेखे जसो गरि गुपचुप भएर बसिन्।

यस्तैमा छोरो गएको दिन, हप्ता अनि महिना दिन भयो। छोरो त्यति फोन नगर्ने, आफै घरबाट फोन गर्थे। स्काईपमा आईज अनलाईन आईज भन्दा पनि व्यस्त छु, काममा छु, कलेजमा छु भन्दै टार्दै जान्थ्यो।कहिले काँहि बा आमाले सम्झाउन खोज्दा झर्किने मात्र गर्थियो।खाली उनिहरुको दिमागमा सोझो र मेहीनती छोरोको झझल्को मात्र आँउ थियो।

पढाईमा राम्रै छोरोले बिदेशमा पनि राम्रै नतीजा ल्याउने कुरामा ढुक्क थिए।तर त्यसको ठिक उल्टो परिक्षाहरुमा अनुत्रीणा हुने, काम पनि नगर्ने र खाली पैसा माग्ने गर्न थाल्यो।फोनमा झगडा गरेर कलेजको पैसा तिर्ने बहानामा मोटो रकम माग्ने गर्न थाले पछि सङ्का लागेर एकजना साथीको माध्यमबाट छोराको दिन चर्यामाथि निगरानी गर्न लगाए।

बिदेशको ठाउँ झन् पिँजडाबाट स्वतन्त्र भएको पन्छीजस्तो भएको मोहनलाई विदेशमा झन् कसले रोक्ने।उ पुर्ण रुपमा स्वतन्त्र थियो।पैसा चाहिएमा घरमा थर्काएर माग्थ्यो।डरले बा आमालाई पठाउन कर लाग्थियो।डिस्को र क्लब कुनै नौलो भएन। कहिले काँहि कोठामा आउँदैन भन्ने खबरले घरका बा आमालाई तनाब दिई रहेको थियो।त्यो दिन भेटेको कन्डमले कतै छोरो यौनकर्मीहरुसँग सल्केको त छैन।फेरो छोरो गएको देशमा कानुनी तवरले खुलेका रेडलाईटका अखडाहरु गल्ली पिच्छे हुन्छ भन्ने सुनेका थिए। कसैले रोकटोक नगर्ने, निस्फिक्री आफुलाई मन लागेको यौनकर्मीसँग रमाउन पाईने ती ठाउँमा पक्कै पनि सल्केको छ भनेर आमाले मनमनै सङ्का उपसङ्काहरुको जालो बुन्न थालीन्।

यत्तिकैमा छोरोलाई सुधार्न सकिन्छकी भनेर बोरु बिहे गर्दिनु पर्यो भनेर केटीहरु खोज्ने काम गर्न थालिन आमाले।छोरोको बास्तबिक चरित्रलाई ढाकछोप गर्दै बिदेशमा बसेर पढेको,ज्ञानी र मेहिनेती अनि आफ्नो कुमार केटाको लागि योग्य बधु खोजी दिनु भनेर आफ्ना छिमेकी,ईस्टमित्रहरुलाई भन्दै हिड्न थालीन्।

अचम्मको समाज त्यहि घरकी चेली बिदेश गई उच्च शिक्षाका लागि अनि एउटा परिधीमा बसेर पढि। कुनै लप्पन छप्पन नगरि आफ्नो भविस्य प्रती चिन्तीत भएर पढि र उसलाई बिहे गर्ने कुरो आयो भने अहिलेका शिक्षीत भनौदाहरु मुखामुख गर्छन् र मनमनै आफैले आफैलाई प्रश्न गर्छन्- के ज्ञ्यारेन्टी छ र यस केटीमा यो अहिले पनि कुमारी छे भनेर??

तर स्वयम् आफ्नो आँखाले छोरोको त्यो हर्कत अनि बानी र व्यबहार देख्दा पनि बिना हिच्किचाहट योग्य, कुशल, मेहीनेती र आफ्नो कुमार छोरोको लागि भरिसक कुमारी केटी पाए हुन्थ्यो भनेर ढोल पिट्दै बुहारी खोज्न लागि पर्छन्।कस्तो अजिबको समाज।

यसरी मोहनको लागि केटी तदारुक्ताका साथ खोजी हुँदै गर्छ। घरमा फोन त्यति नगर्ने छोरोको एक्कासी फोन आउँछ।बा आमा त्रसीत हुन्छन्।अत्तालीदै फोन उठाउछन्।फोनमा आवाज छोरोको हुँदैन।अरुनै कोहीको हुन्छ।उसले भन्छ मोहन केही दिन देखी एकदम तनाबमा थियो, कोठामा पनि आएको थिएन।कहाँ जान्थ्यो, के गर्थ्यो अतोपत्तो हुँदैन थियो।हिजो राती आएको जस्तो लागेको थियो।कामबाट थाकेर आएको भएर मैले पनि वास्ता गरिन।भुसुक्क निदाए छु।बिहान अबेर सम्म पनि ढोका खुलेन।सङ्का लाग्यो र प्रहरीलाई फोन गरे।भित्र हेर्दा त झुन्डीएको रहेछ।मैलै चाहेर पनि सुधार्न सकिन।बचाउन सकिन आमा।मोहनको साथीको हैसीयतले मलाई माफ गरिदीनु होला।

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

लकडाउनको कारण डेन्टल नर्सको जागीर गए पछि जन्मियो “लुमन्ती”

Manoj Poudyal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Manoj Poudyal