नयाँ भाई बहिनी जो भर्खरै मात्रै अस्ट्रेलीया आएका छन् सबैले बुझ्नु पर्यो कि यो पहिलो कुरा बिदेश हो। बिदेशका घरमा कोही घरवाला र कोठावाला हुँदैनन्। घर कसैको नाममा लिन पर्छ र तिन कोठाको घर कुनै जोडीले एक्लै बस्ने आँट गर्दैनन्।कोहीलाई कोठामा राख्नै पर्छ आर्थीक बोझ कम गर्नेलाई पनि। आएको हप्ता दिन भएको छैन कम्प्लेन गर्ने, अझ नयाँ छन् भनेर केही दिन आफैले खुवायो, सबै कुरा देखाई दियो। अर्थाई दियो। अलिक दिनको बसाई पछि आफै जान्ने र बुझ्ने जस्तो गरेर फुई लगाउँने। अस्ट्रेलीयानै खाई सके मैले भनेर धमास दिने पनि मज्जैले भेटीन्छन्।
कोठा छोड्न परे म त भोली सर्दैछु भनेर नियम मिच्ने। मानौ कि ससुरालीलाई दङ्गाए जस्तो। त्यो कोठा छोड्दा कसलाई असर पर्छ नबुझी कन आजको भोली कोठा छोडेर घरको भाडा परै तिर्न बाध्य छन् धेरै घर लिएर बसेका दाजुभाई अनि दिदी बहिनीहरु।
अझ नेपालमा अलिक हुनेखाने बर्गका भाई बहिनीहरुमा त अचम्मको घमण्ड हुन्छ। नेपालमा त यस्तो यहाँ त यस्तो। यो बिल कसरी आयो, किन आयो। चलाउने बेला रात भरी हिटर र एसी चलाउने अनि बिल तिर्ने बेला नानाभातीका कुरा।
नेपालको पैसाको रवाफ दिदै कोठा देखी घर फोहोर गर्ने। अवेर सम्म नसुती अरु कोठालाई डिस्टर्ब गर्ने अनि नेपालबाट ल्याएको पैसा सकिए पछि टमले तारा देखे जसरी नेपालबाट मगाउने फाईफुट्टी लगाउने तर के थाहा हजार डलर मगाउन नेपालमा लाख रुपयाँ चाहिन्छ जो सधै पठाउन असम्भव छ।
घरमा सामान जोड्न कति सकस हुन्छ थाहा हुँदैन। चलाउने सामानको हिफाजत नगरी चलाउने। बिग्री हाले बिग्रीयो भन्दे भई हाल्यो। कत्ति न विवाहामा ससुरालीले उपहार दिए जसरी सिङ्गै कुकरनि हाल्ने, राईकुकरनि कोच्ने अनि फ्रिज बिग्रे को जिम्बेवारी।
बेल्ट, खल्तीमा भएका कलम केही नहेरी लुगा वासिङ् मेसीनमा हाल्दिने, कट्टु र एउटा पेन्ट पनि वासिङ् मेसीनमा हाल्ने अनि मेसीन चलाई दिने। जबकी जम्मा गरेर धोए नि हुन्छ। आपका ना बापका जस्तो गरेर सामान चलाउने। भोली सर्दा एउटा लगेज त लिएर आएको बालै भएन जसरी बस्ने।
छोड्ने बेला कोठामा भित्तामा फोटा फ्रेम हालेर प्वाल बनाई दिने, बिभीन्न पोस्टर टाँसेर वालको पेन्टीङनै उप्काई दिने अझ कोठा फोहोरी अवस्थामा छोड्ने अनि बोन्ड दिएको पैसा चाँही धुरन्धर गरेर माग्ने। के रियल स्टेटले त्यहि अवस्थामा घर छोड्यो भने बोन्ड फिर्ता दिन्छ।
गल्ती यहाँ नयाँ आएका भाई बहिनीहरुको पनि छ। खाली यसो गरे उसो गरे भनेर पुराना घर लिएर बसेकालाई मात्र गाली नगरौ। कसैले पनि पैसा बोटबाट टिपेको हुँदैन। सबैले मेहीनेत र पसीना चुहाएर कमाएको हुन्छ। आफ्नो सानो गल्तीले घर लिएर बसेकालाई असर पर्छ भन्ने सम्झनु पर्छ। मेरो नाममा छैन क्यारे, मलाई मन लागेन भने भोली सर्दि हाल्छु जस्तो आचरण नराखौ। तपाईको सानो गल्तीले घर जसले लिएको हो भोली उसको हिस्ट्री रियल स्टेटसँग नराम्रो हुन सक्छ। अनि अर्को घर लिदा होस् वा घर किन्दा त्यस्ता साना कुराले ठुलो भुमीका खेल्छ। बिचार गरौ। सबै मिलेर बसौ।