मनिषा बास्तोला
हामी बिधार्थी कोही मेल्बोर्न त कोही सिड्नी
महङ्गो छ कलेज फि, कतै तिर्न बेच्न पर्ने पो होकी किड्नी
न भोक न निन्द्रा गर्न पर्ने यहाँ सबैले काम
यति नगरे भोलीदेखी कस्ले देला माम
कलेज पनि जानु छ कलेज फि पनि तिर्नु छ
भोलीको पि आर सम्झेर यो दुःख गर्नु छ
फुर्सद छैन यहाँ कसैलाई, सबै जना व्यस्त छन्
कोही फेसबुक त कोही ईभेन्ट गर्नमा मस्त छन्
आखिरी परदेशी जिन्दगी जानु छ धेरै टाढा
नचिनेकाहरुसँग बनाई सम्बन्ध धेरै गाढा
कामनै रहेछ ठुलो रहेछ साथी, नगरी सुखै छैन
हप्तामा कति छाप्छस् भन्नेको यहाँ कमी छैन
आफ्नो ब्यथा आफैसँग,कसैलाई सुनाएर फाईदा छैन
खुट्टा तान्ने धेरै छन् हजुर आगाडी बढ्न दिने कोही छैनन्